ओखलढुङगा पात्लेकी माया शेर्पाले संसारकै सबैभन्दा अग्लो सगरमाथा ३ पटक चढिसकिन्। माउन्ट केटु, कचनजङघा, मनास्लु, अन्नपूर्णलगायतका हिमालका चुचुरामा पनि उनी सजिलै पुगिन्। तर उनलाई त्योभन्दा पनि बढ्दा अग्लो र कठिन लाग्छ हिमाली महिलाको पीडा।
‘अझैपनि हिमाली महिलाले विभेदका उतारचढाव व्यहोर्दे आएका छन्,’ शेर्पाले नागरिकसँग भनिन्, ‘सहर र सगरमाथामा आएको सुविधाले हिमालको उकालो कहिल्यै चढेन।’ अशिक्षाको अँध्यारोमा रहँदै आएका उनीहरुमा स्वास्थ्य सम्बन्धी समस्या पनि उत्तिकै भएको उनले सुनाइन्।
‘गर्भवती महिला घन्टौसम्म उकालो ओरालो गर्दे उपचार गर्नुपर्ने बाध्यतामा छन्’, उनले भनिन्, ‘यस्तोमा कतिपयले जीवन समेत गुमाएका छन्।’ हिमाललाई संसारले चिनेपनि हिमाली महिलाको समस्यालाई कसैले चिन्न नसकेको माया शेर्पाको गुनासो छ।
जलवायु परिवर्तनको असरले त उनीहरुको दैनिकी झनै कठिन भएको उनले सुनाइन्। ‘पहिलो कुरो त पर्याप्त अन्न उत्पादन हुँदैन जुन केही वर्षसम्म हुन्थ्यो’, उनी भन्छिन्, ‘त्यही भएको पनि कहिले असिनाले त कहिले सुख्खाले खाइदिन्छ।’ हिमालमा पर्याप्त हिउँ नहुँदा बारीका पाटा सुक्दै गएको उनले सुनाइन्। ‘समयमा केही हुँदैन, जे हुन्छ दुर्घटनाजस्तो अकस्मात हुन्छ’, उनले दुखेसो पोखिन्।
यसैबीच मंगलबार मात्र सरकारका केही निकाय, गैर सरकारी संघसंस्था मिलेर भर्खरै सगरमाथाको आधारशिविर कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले १० बुँदे घोषणापत्र जारी गरे। त्यो पनि ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसका दिन।
यसमा हिमाली जनता विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने धारणा समेत राखिएको छ।
हिमाली र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने घोषणपत्रमा उल्लेख छ। हिमालयलाई प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्न पहल गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न कमजोर समुदाय विशेष गरी महिलालाई जागरूकता उत्पन्न गर्न र सक्षम बनाउन प्रतिबद्धता व्यक्त गरिएको छ।
बलिउडकी वरिष्ठ अभिनेत्री मनिषा कोइरालाले जलवायु परिवर्तनका असरबाट महिला बढी पीडित भएकाले यसको समाधानका लागि पहल गर्न महिला एकजुटको आवश्यकता रहेको बताएकी छिन्।
संयुक्त राष्ट्र संघको महिलामाथिका सबै विभेद अन्त्य गर्ने महासन्धिका सदस्य बन्दना राणाले पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा पेचिलो बन्दै गएको र हाम्रै पुस्ताले विभिन्न विपद् भोग्न बाध्य भएको बताउँदै यसको समाधानका लागि विश्व नै एकजुट भएर लाग्नुुपर्ने आवश्यक्ता रहेकोमा जोड दिइन्।
वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. राधा वाग्ले जलवायु परिर्वतनका असर नियन्त्रण गर्न सरकारले अनुकूलन न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।
तर स्थानीय भने यस्ता घोषणापत्र जारी गरेर मात्र महिलाका समस्या समाधान नहुने बताउँछन्। नारा र घोषणामा मात्र सीमित कार्यक्रमभन्दा पनि कार्यान्वयन गर्न सकिने व्यवहारिक कार्यक्रम तत्काल लागू गर्नुपर्ने उनले बताए। ‘विगतमा पनि यस क्षेत्रका महिलाको उत्थानको लागि थुपै्र कुरा भए’, नाम्चेबजारकी नवाङ शेर्पाले भनिन्, ‘तर समस्याको निराकरण अझै भएको छैन।’ धेरै कुरा गर्नुभन्दा पनि थोरै काम गरे हिमाली महिलाको समस्यामा केही कमी आउने उनको विश्वास छ।

हिमाललाई संसारले चिने पनि हिमाली महिलाको समस्यालाई कसैले चिन्न सकेनन् भन्छिन् पर्वतारोही माया शेर्पा।त्यसै पनि समस्यासँग जुधिरहेका हिमाली भेगमा महिलालाई जलवायु परिवर्तनबाट सिर्जित समस्याले अझै पिरोलेको अनुभव शेर्पाको छ।