मालारानी गाउँपालिकाका एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।
पीडक र पीडित भनिएका दुवै जनाको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।