तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ।
तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले स्थानीय हार्डवेयरबाट आगलागी सुरु भएको बताए। उनका अनुसार आगो निभाउन अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि सहज भएको छैन।
‘हार्डवेयरबाट आगलागी सुरु भएको हो तर, कसको पसलबाट सुरु भएको भन्ने यकिन छैन। हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास गरेपनि नसकिएको उनले बताए। ‘धुँवाले सबैतिर ढाकेको छ। आगो निभाउन सकस छ,’ उनले भने। आगलागीबाट जोगाउन आसपासका घरका सामान पनि निकालिएको छ। अहिले सेना, प्रहरी सहित स्थानीयबासि आगलागी नियन्त्रणका लागि खटिएका छन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा ६ प्रदेश सहभागी हुने भएका छन्। शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी आज दमौली आइपुगेका छन्।
महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ। ६ जना खेल्ने खेलमा ६ वटा प्रदेश र ३ जना खेल्ने खेलमा ६ प्रदेशसहित ८ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। ३ जना खेल्ने खेलमा ६ वटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ। शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ। झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ। तनहुँले पहिचानसहितको कार्यक्रम गर्ने बताउँदै अध्यक्ष पाण्डेले भने, 'नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्छौं।'
खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको छ। खेलमैदानमा रङरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ। यहाँ रहेको दुई वटा मैदानमा खेल सञ्चालन हुनेछ। 'खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ', पाण्डेले भने, 'स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्यरुपमा सम्पन्न गराउन आतुर छन्।' खेलमैदान नजिक चेञ्जिङ रुम र शौचालय तयार गरिएको छ। असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आइपुगेका छन्। आवासको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ।
खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग बैठक बसिएको छ। 'शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको छ', उनले भने। रासस
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...