पाेखरामा बर्डफ्लु संक्रमणः ४ सय कुखुरा नष्ट
१९ फागुन २०७८
•
१ मिनेट पाठ
पाेखरामा बर्डफ्लु संक्रमणः ४ सय कुखुरा नष्ट
पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ। बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो।




संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ। वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ।

यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ। कक्षका सन्चार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो। कास्कीको मादी गाउँपालिका स्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो।

२०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो। पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको हो। पोखरा १५ का खुशीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो। नजिकका फार्महरुको निगरानी र परीक्षण समेत गर्न थालिएको न्यौपानेले बताए।
अर्को समाचार
काठमाडौंमा बर्डफ्लु
१८ माघ २०७७
•
४ मिनेट पाठ
काठमाडौंमा बर्डफ्लु
मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।  




काठमाडौं तारकेश्वर नगरपालिका वडा–७, सांङ्लेखोला फुटुङका बासिन्दाले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु रोग (एच५एन८ भाइरस) भेटिएको विभागका प्रवक्ता चन्द्र ढकालले बताए । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । ‘जनस्वास्थ्यका दृष्टिकोणले पनि जोखिम रहेको बर्डफ्लु पन्छीमा भेटिएको छ,’ ढकालले भने, ‘बर्डफ्लु भेटिएका ठाउँका कुखुरालगायत पन्छी नष्ट गरेका छौं ।’

पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्ध, सतर्कता अपनाउन आग्रह
विगतमा नेपालमा देखिएको एच५एन१ भाइरसभन्दा अहिलेको भाइरस केही फरक प्रकृतिको रहेको विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएका क्षेत्रका एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्की र तिनका अण्डा तथा दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरिएको विभागले जनाएको छ ।

भारतका विभिन्न प्रदेशमा देखिएको यो रोग नेपालमा कसरी भित्रियो भन्ने अनुसन्धान भैरहेको विभागले जनाएको छ । ‘बर्डफ्लु पन्छीबाट मानवमा सर्ने भएकाले उच्च सर्तकता अपनाएका छौं,’ ढकालले भने, ‘रोग नियन्त्रणका लागि सरकारी संयन्त्र परिचलान भएको छ ।’ यो रोगको नेपालमा जोखिम बढेको विभागले जनाएको छ । जोखिमलाई ध्यानमा राखेर रोगको रोकथाम तथा नियन्त्रण गर्न सबै निकायलाई सतर्क हुन सरकारले आग्रह गरेको छ ।

भारतबाट रोग सार्न सक्ने पन्छीजन्य वस्तुको आयातमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ । ‘यहाँ देखएिको बर्डफ्लु भारतमा देखिएको भाइरससँग मिल्छ,’ ढकालले भने, ‘भारतबाट रोग भित्रिन नपाओस् भनेर पन्छीजन्य वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएका छौं ।’

यो रोगको सघन निगरानी गरिएको पनि विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्ध्ति निकायलाई परिचलान गर्ने निर्णय सरकारले गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र लिन निर्देशन दिइएको छ । किसानका फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन, फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा सूचना दिन पनि सरकारले भनेको छ ।  

बर्डफ्लु छिमेकी मुलुक भारतको मध्य प्रदेश, राजस्थान केरला, र हिमाञ्चल प्रदेशमा देखिएको छ । नेपाल–भारत खुला सीमाका कारण भारतबाट यो रोग भित्रिएको अनुमान गरिएको छ । नेपाल कुखुराको मासु, अन्डालगायतमा आत्मनिर्भर भए पनि चल्ला र दाना विदेशबाट आयात हुन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रण गर्न उच्च सतर्कता अपनाउँदै माताहतका पशु क्वारेन्टाइन कार्यालयलाई यसअघि नै निर्देशन दिएको भए पनि रोग देखिएको छ । काँकडभिट्टा, विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज, गड्डाचौकीलगायत पशु क्वारेन्टाइन नाकामा सतर्कता अपनाउन अघिल्लो महिना नै सरकारले निर्देशन दिएको थियो ।

बर्डफ्लु नियन्त्रण आदेश, २०६४ अनुसार विदेशबाट आयात गरिएका पन्छीमा संक्रमण देखिए नष्ट गर्ने व्यवस्था छ । जोखिम देखिए सरकारी अधिकारीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ११ को अधिकार प्रयोग गरेर पन्छीजन्य तथा मासुजन्य वस्तुको आयातमा रोक लगाउन सक्छन् । दुई वर्षअघि पनि मुलुकका विभिन्न ठाउँमा बर्डफ्लु देखिएको थियो ।

बर्डफ्लु के हो ?

बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । अहिले देखिएको बर्डफ्लु भाइरस एच५एन८ हो । विगतमा नेपालमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एच५एन१ भेटिएको थियो ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गीलगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो जतिबेला जहाँ पनि फैलिन सक्ने विज्ञ बताउँछन् । यो रोग मानिसमा पनि सर्न सक्छ । खोकीको संक्रमण जस्तै हो बर्डफ्लु । जसले कुखुरा तथा पन्छीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने विज्ञ बताउँछन् । अत्यन्त द्रुत गतिमा फैलिने र ज्यान लिनसक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोगका रुपमा लिइन्छ । कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाए भाइरस नष्ट हुने चिकित्सक बताउँछन् ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस