सशस्त्र प्रहरी डिएसपी भण्डारीमाथि रासन अनियमितताको आरोप
१८ फागुन २०७८
•
५ मिनेट पाठ
सशस्त्र प्रहरी डिएसपी भण्डारीमाथि रासन अनियमितताको आरोप
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर सिमकोट, हुम्लामा कर्मचारीको राशनभत्तामा अनियमितता गरेको आरोप लागेको छ। गुल्मका प्रमुख (डिएसपी) गेहेन्द्र भण्डारीले कर्मचारीको राशनमा अनियमितता गरेको आरोप बाहिर आएको हो।




उक्त गुल्ममा भण्डारी विगत १४ महिनादेखि कार्यरत छन्। उनले सशस्त्र प्रहरीका कनिष्ठ कर्मचारीलाई धमाधम घर बिदा पठाउँदै उनीहरूको राशनबापत आउने रकम आफूले बुझ्ने गरेको आरोप लागेको हो। त्यसरी घर बिदामा बस्ने कर्मचारीले अनिवार्यरूपमा कार्यालयकै कर्मचारी(कोट मास्टर)को खातामा रकम जम्मा गरिदिने र ती कर्मचारीले डिएसपीलाई बुझाउने गरेको पीडितले बताएका छन्।

स्रोतका अनुसार उक्त गुल्ममा ९८ जना सशस्त्र प्रहरी कार्यरत छन्। तीमध्ये एक महिनामा करिव ६० जनाका दरले कर्मचारीलाई डिएसपी भण्डारीले बिदामा घर छाड्ने गरेका छन्। त्यसरी बिदामा छाड्दा मात्रै कर्मचारीबाट उनले मासिकरूपमा ८ लाख ४० हजार बराबर रकम असुल्ने गरेका छन्। डिएसपी भण्डारीले कर्मचारीको राशनभत्तामा मात्रै १४ महिनाभित्र एक करोड बराबर अनियमितता गरेको कर्मचारी बताउँछन्।

बिदामा छाडेर कर्मचारीबाट राशन भत्ता असुल्ने मात्र होइन, ब्यारेकभित्र सञ्चालित मेसमा पनि लाखौं रूपैयाँ बराबर अनियमितता गरेको आरोप लागेको छ। कागजीरूपमा कर्मचारीलाई कार्यालयमा हाजिर भएको देखाउने, तर उनीहरूलाई घर बिदामा पठाउने गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रायः कर्मचारीलाई भण्डारीले एक महिनादेखि ३/४ महिनासम्म घर बिदामा बस्न बाध्य गराउँछन्।

घर बिदामा बस्ने कर्मचारीले प्रतिव्यक्ति मासिक १४ हजार रूपैयाँ कोट मास्टरमार्फत डिएसपी भण्डारीलाई बुझाउने गरेका छन्। ‘कागजीरूपमा कर्मचारीलाई कार्यालयमै रहेको देखाउने, तर उनीहरूलाई घर बिदामा पठाउने गर्नुहुन्छ,’ स्रोतले भन्यो, ‘कोही कर्मचारी घर बिदामा जान मानेन भने उसलाई कार्यालयभित्र बढी काममा लगाउने, बिहान बढी समयसम्म रनिङ गराउने तथा धेरै दुःख दिने काम गर्नुहुन्छ, त्यसपछि बाध्य भएर घर बिदामा जानुपर्छ।’

गुल्मभित्र यस्तो अत्याचार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी नायव निरीक्षक(सई) बाहेक तल्लो तहका कर्मचारीमाथि भइरहेको पीडितको गुनासो छ। सरकारी नियमअनुसार हुम्लामा कार्यरत सशस्त्र प्रहरीले हाल मासिक २१ हजार रूपैयाँ राशनबापतको भत्ता पाउने गरेका छन्।

त्यसमध्ये ‘कागजी’ घर बिदामा बस्ने कर्मचारीले मासिकरूपमा १४ हजार रूपैयाँ अनिवार्य बुझाउनु परेको छ। यसअघि कर्मचारीको मासिक १८ हजार राशनभत्ता रहेकोमा सरकारले गत साउनबाट बढाएर २१ हजार रूपैयाँ पुर्‍याएको हो। कर्मचारीको राशनभत्ता १८ हजार हुँदा उनीहरूले डिएसपी भण्डारीलाई मासिकरूपमा १२ हजारका दरले बुझाउने गरेका थिए। पीडित कर्मचारीले कोट मास्टरमार्फत डिएसपी भण्डारीलाई बुझाएको रकमको आवश्यक प्रमाण नागरिक दैनिकले प्राप्त गरेको छ।

‘तलब र राशनभत्ता हाम्रै खातामा त आउँछ, तर बिदामा बसेपछि राशनभत्तामध्ये १४ हजार नबोलेरै डिएसपी साबलाई बुझाउनुपर्छ, कोट मास्टरको खातामा हामीले पैसा जम्मा गर्दिन्छौं, कोट मास्टरमार्फत डिएसपी साबले लिनुहुन्छ, यो काम एक वर्षदेखि चल्दै आएको छ,’ अर्का पीडितले भने।

डिएसपी भण्डारीले एक वर्षदेखि बिदामा घर जाने कर्मचारीसँग पैसाको सर्त राखेर छाड्ने गरेको उनले बताए। भण्डारीले गुल्मको नेतृत्व सम्हालेपछि ‘कोट मास्टर’का रूपमा सहायक हबल्दार नवराज केसी, वरिष्ठ हबल्दार सुनिल रेग्मी, हबल्दार गणेश थापाले काम गरेका थिए। पीडित कर्मचारीले यिनै कोट मास्टरको बैंकमार्फत र नगद बुझाउने गरका हुन्। गुल्ममा अहिले भर्खरै कोट मास्टर फेरिएका छन्।

ब्यारेकभित्र ‘महँगो मेस’

उक्त गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू ब्यारेकभित्र सञ्चालित मेसमा पनि महंगो रकम तिर्नुपरेको गुनासो गर्छन्। जबकी हुम्लामै कार्यरत नेपाल प्रहरीले चलाउने मेसमा खाना खाएबापत जनपद प्रहरीले मासिक ४ हजार ८ सय रूपैयाँ तिर्ने गरेकोमा आफूहरूले मासिक १४ हजार बुझाउने गरेको पीडित सशस्त्र प्रहरी बताउँछन्।

‘हामीलाई अहिले सरकारले मासिक २१ हजार रूपैयाँ राशनभत्ता दिइरहेको छ, तर हामीले ब्यारेकभित्रको मेसमा खाना खाए पनि/नखाए पनि १४ हजार रूपैयाँ अनिवार्य दिनुपर्छ, जबकी हुम्लामै नेपाल प्रहरीले मासिक ४ हजार ८ सय रूपैयाँ मात्र बुझाउँछन्,’ पीडितले भने, ‘हाम्रो राशन भत्तामा हाकिमको रजाइँ चलिरहेको छ, हामीले आफ्नो पीडा कस्लाई सुनाउने?’ ती कर्मचारीले थपे, ‘सरकारले हामीलाई दैनिक ६ सय ९० रूपैयाँका दरले राशनभत्ता दिन्छ, तर हामीसँग कार्यालयले प्रतिदिनको ४ सय ३६ रूपैयाँ लिइरहेको छ, जबकी एउटै जिल्लाभित्र पनि नेपाल प्रहरीको मेसमा खाने कर्मचारीले दैनिक १ सय ६० रूपैयाँ तिर्ने गरेका छन्।’

यस विषयमा प्रतिक्रिया लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर सिमकोट हुम्लाका प्रमुख(डिएसपी) भण्डारीलाई सम्पर्क गर्दा उनले सबै कुरा बताउन चाहेनन्। ‘हाम्रो कार्यालयमा कति जना कर्मचारी कार्यरत छन्, कति जना विदामा बसेका छन्, त्यो कुरा भन्न मिल्दैन, यत्ती बुझ्नुस् सबै कर्मचारी कार्यालयमै छन्,’ उनले नागरिकसँग टेलिफोनमा भने, ‘कुनै पनि कर्मचारीसँग राशनको पैसा उठाएका छैनौं, कर्मचारीको तलब र राशनभत्ता उनीहरूको आफ्नै खातामा जान्छ।’

ब्यारेकको मेसमा खाना खाने कर्मचारीसँग मोटो रकम लिएको आरोपबारे पनि भण्डारीले बताउन चाहेनन्। कर्मचारीका लागि सरकारले दैनिक हिसाबले राशनभत्ता उपलब्ध गराउने गरेको र बिदामा बसेका कर्मचारीले राशनको रकम नबुझाएको जिकिर गरे। तर, सशस्त्र प्रहरीको मेस नेपाली सेना र नेपाल प्रहरीको भन्दा धेरै फरक रहेको र कर्मचारीलाई खानपिनमा धेरै सुविधा दिइएको उनको दाबी छ। ‘नेपाल प्रहरीको मेसमा महिनाको एकपटक मात्र मासु खुवाउँछन्, तर हाम्रो मेसमा कर्मचारीलाई मासिक १७ पटक मासु खुवाउँछौं,’ उनले थपे।

सुरक्षाकर्मीको राशनभत्तामा अनियमितता हुन थालेपछि सरकारले करिब तीन वर्षदेखि सम्बन्धित कर्मचारीकै खातामा तलब र राशनभत्ता पठाउन थालेको हो। सरकारले जति कडाइ गर्दा पनि अनियमिता भने रोकिएको छैन। सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको तलब र राशनभत्ता सम्बन्धित कर्मचारीकै खातामा पठाउने गरिएकोे जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) कमलप्रसाद तिमिल्सिनाले कर्मचारीको खातामा राशन भत्ता पठाउने गरिएपनि सशस्त्रको ब्यारेकभित्र सामूहिक मेस भने सञ्चालन हुने गरेको बताए। तर, बिदामा छाडिएका कर्मचारीले मेसमा नखाएको राशनको पैसा त्यसरी बुझाउन नपर्ने प्रवक्ता तिमिल्सिनाले प्रष्ट्याए। ‘सशस्त्र प्रहरी ब्यारेक सिस्टमको फौज हो, ब्यारेकभित्र मेसमा खाएको पैसा त बुझाउनुपर्ने नै हुन्छ, तर मेसमा खाना नखाए पनि पैसा चाही बुझाउनुपर्दैन,’ उनले भने।

कसैले कर्मचारीलाई कागजीरूपमा विदामा गएको देखाएर राशनबापतको रकम असुल्ने र ब्यारेकभित्रको मेसमा अनियमितता गरेको पाइएमा संगठनले सम्बन्धित ब्यक्तिलाई कारबाही गर्ने बताए। ‘त्यस्तो गलत काम कतै भएको छ र त्यस्तो गुनासो आएपछि संगठनले सम्बन्धित व्यक्तिमाथि छानबिन गर्छ, दोषीलाई कारबाही गर्छ,’ उनले भने।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस