मोरङको छुट्टा-छुट्टै ३ स्थानमा शुक्रबार मात्रै प्रहरीले एक बालिकासहित ३ जनाको शव फेला पारेको छ।
लेटाङमा १२ वर्षीया बालिकाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको छ भने पथरीशनिश्चरेको भुटानी शरणार्थी शिवरको एक घरबाट एक जना पुरुष र सुनवर्षीको एक पोखरीमा मृत अवस्थामा एक जना पुरुषको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।
लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र सोही वडाको ज्यामिरे टोलकी १२ वर्षीया बालिका करुणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको थियो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङका अनुसार राईको शव वनभित्र खाल्डो खनेर नांगै गाडेको अवस्थामा भेटिएको हो।
घटनास्थल बालिकाको घरबाट करिब ३ किलोमिटर दक्षिण र अध्ययनरत विद्यालयबाट करिब २ किलोमिटर पश्चिममा रहेको छ। प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा फागुन ११ गते बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन्।
बालिका जाँते माध्यमिक विद्यालयको कक्षा–६ मा पढ्दै गरेकी हुन्। बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारले प्रहरीलाई भनेका थिए। खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
दुई दिनअघि विद्यालयबाट घर फर्किने क्रममा वेपत्ता भएकी बालिकाको शव खाल्डोभित्र भेटिएको र घटनाको सुक्ष्म तरिकाले अनुसन्धान अघि बढाइसकेको डिएसपी मुकारुङले बताए। ‘खाल्डोभित्र निवस्त्र भेटिएकी बालिकाको शरीरका विभिन्न भागमा चोट देखिएको छ,’ डिएसपी मुकारुङले भने, ‘घटना ठ्याक्कै यही हो भन्ने सक्ने अवस्थामा छैन। विभिन्न कोणमा अनुसन्धान अघि बढाएका छौं। थप कुरा पोस्टमार्टम रिपोर्ट आएपछि यकिन हुनेछ।’
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा २ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। ६४ र ४७ वर्षका २ जना पुरुषको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नियन्त्रण्मा रहेका दुवै जनाको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा पर्छ। बालिकाको शव भेटिएपछि जम्मा भएका स्थानीयले दोषी पत्ता लगाई कारबाहीको माग गर्दै प्रदर्शन गरे।
पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा शव लगिएको छ। त्यस्तै, सुनवर्षी नगरपालिका–७ बरडंगाका ६० वर्षीय गंगाप्रसाद ताँतीको शव शुक्रबार पोखरीमा डुबेको अवस्थामा भेटिएको हो। ताँतीको घरबाट पोखरी करिब १५ मिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ।
डिएसपी मुकारुङका अनुसार इनरलाल सिंहको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा देखेपछि आफन्त र परिवारका सदस्यले शव निकालेर घरमा ल्याएको पाइएको छ। घटनाको अनुसन्धान थालेको र शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो।
थप अनुसन्धानका लागि शवका केही भागहरु काठमाडौंस्थित विधि विज्ञान तथा प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ। त्यसैगरी, शुक्रबारै पथरीशनिश्चरेस्थित भुटानी शरणार्थीको घरभित्रै किरा परेको अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सी ९२० का ४० वर्षीय दलबहादुर मगरको शव कुहिएर किरा परी दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको डिएसपी मुकारुङले जानकारी दिए। स्थानीयले घरभित्र सडेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घरभित्र सुतिरहेको र किरा परेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको र मगरको मृत्युको कारण खुलेको छैन। डिएसपी मुकारुङका अनुसार शवको प्रकृति हेर्दा धेरै दिनको भएको जस्तो देखिए पनि कहिले मृत्यु भएको हो भन्ने यकिन हुन सकेको छैन।
शवको पोस्टमार्टम उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा गरिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण थाहा हुने र मृतक घरमा केही समयदेखि एक्कले बस्दै आएको खुलेको छ। मगरका परिवार अमेरिकामा रहेको उनीहरुसँग सम्पर्क गर्न खोजी रहेको प्रहरीले जनाएको छ।