हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
०८ फागुन २०७८
•
१ मिनेट पाठ
हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
मोरङको केराबारीका एक युवकको हत्या आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। केराबारी गाउँपालिका–३ रामपुरका ३५ वर्षीय कमल लिम्बूले हत्या गरेको आरोपमा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। लिम्बूले केराबारी–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  




भट्टराई केराबारी–रामपुर चल्ने बसका सहचालक भएको खुलेको छ। मादक पदार्थ सेवन गरेका बेला विवाद उत्पन्न भएपछि लिम्बूले भट्टराईलाई रडले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। डिएसपी मुकारुङका अनुसार घटनास्थलबाट काँधमा शव बोकेर २ ठाउँ बिसाउँदै १ घण्टा पर जंगलमा लगी एउटा रुखको जराभित्र लुकाएरको खुलेको हो।  

रक्सी खाने क्रममा विवाद हुँदा लिम्बूले रड प्रहार गर्दा भट्टराई घटनास्थलमै लडेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या उनी एक्लैले गरेको खुले पनि अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका लिम्बू पनि अर्को बसका सहचालक रहेको प्रहरीले जनाएको छ।

पुस २७ गते घरबाट मच्छिन्द्र मेला जान भनेर हिँडेका भट्टराईको शव माघ ९ गते चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भेटिएको थियो। मेलामा भट्टराईलाई पुस २८ गते स्थानीय देखेको बताइएको छ। त्यसपछि उनको शव माघ ९ गते कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको थियो। पुस २३ गतेदेखि २९ गतेसम्म मेला लागेको थियो। मेला हेर्न गएका परिवारका सदस्यले नफर्किएपछि प्रहरीलाई खोजतलास गरिदिन निवेदनसमेत दिएका थिए।

लिम्बूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।
अर्को समाचार
भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा थप एक जना सुनसरीबाट पक्राउ
०६ मंसिर २०७८
•
१ मिनेट पाठ
भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा थप एक जना सुनसरीबाट पक्राउ
दुई साताअघि कैलालीको लम्कीचुहाका एक युवाको हत्यामा संलग्न भएको आरोपमा एक जना युवक पक्राउ परेका छन्। लम्कीचुहा वडा नं. १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका १९ वर्षे मदन भन्ने साहिल साही पक्राउ परेका हुन्। साहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरान वडा नं. ४ किरात चोकबाट पक्राउ गरेको हो।  




इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले कैलाली प्रहरीले साही इटहरीमा बस्दै आएको सूचना दिएपछि उनलाई पिछा गर्ने क्रममा धरानबाट पक्राउ गर्न सफल भएको बताए। ‘कैलालीमा भूपेन्द्र बडुवालको हत्या प्रकरणपछि मदन इटहरीमा गर्लफ्रेन्डसँग आएर बसेको पक्राउ पछि अनुसन्धान गर्दा पत्ता लाग्यो,’ डिएसपी खड्काले भने, ‘अब बाँकी अनुसन्धान त कैलाली प्रहरीले नै गर्छ।’ 

आइतबार पक्राउ परेर साहीलाई सोमबार कैलाली प्रहरी समक्ष पठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। कैलालीमा बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो। हत्या गरेको आरोपमा १६ जना रुद्द किटानी जाहेरी परेकोमा अहिलेसम्म १० जना पक्राउ परि सकेका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस