नेपाली रुपैयाँ ६ लाखसहित सशस्त्र प्रहरीले दुई जना महिलालाई विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ की ३५ वर्षीया गीता साह र विराटनगर–१५ की ३७ वर्षीया मुन्नी साह रहेका छन्।
उनीहरुले गुप्ताङ्गमा लुकाएर भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।
दुवै जनाले गुप्ताङ्गमा लुकाएर ३–३ लाख नेपाली रुपैयाँ बरामद भएको छ। लागुऔषध वा अन्य कुनै अवैध वस्तु लिएर नेपालतिर आउँदै गरेको गोप्य सूचनाका सीमा क्षेत्रमा रोकेर शरीर खानतलासी गर्दा महिलाहरुको साथबाट रकम बरामद भएको हो।
बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको रकमको स्रोत नखुलेको र पक्राउ परेका महिलाले पनि केही नखुलाएको हुँदा उक्त रकम अवैध हुन्डी कारोबारको हुन सक्ने अनुमान सशस्त्र प्रहरीले गरेको छ।