राप्ती सोनारीको बैंक खाता रोक्का, आर्थिक गतिविधि ठप्प
०५ फागुन २०७८
•
५ मिनेट पाठ
राप्ती सोनारीको बैंक खाता रोक्का, आर्थिक गतिविधि ठप्प
बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय। तस्बिर: नागरिक
चालु वर्षका योजना तथा कार्यक्रमका लागि भुक्तानी लिन आउने सेवाग्राहीको दिनहुँ भिडभाड हुन्छ। तर, गाउँपालिकाले अहिले कुनैपनि आर्थिक काम, कारबाही गर्न सकेको छैन। विगत १७ दिनदेखी बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैक खाता नै रोक्का भएको छ। दिनहुँ रित्तो हात घर फर्किनु पर्दा गाउँपालिकामा आउने सेवाग्राही आक्रोशित छन्।




गाउँपालिकाको नाममा हिमालयन बैंक लिमिटेड सम्शेरगन्जमा रहेका विभिन्न १० वटा खातालाई कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जले रोक्का गरिदिएको हो। गत माघ १८ गतेदेखी रोक्का भएका उक्त खाता पुनः सञ्चालन गरिदिन गाउँपालिकाले गरेको आग्रहलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले बेवास्ता गरिरहेको छ। बैंक खाता रोक्का हुँदा एकातिर गाउँपालिकामा भुक्तानी लिन आउने सेवाग्राहीले दिनहुँ सास्ती खेपिरहेका छन्, भने गाउँपालिकाले पनि कर्मचारीलाई तलब खुवाउन र अत्यावश्यक काम गर्न सकेको छैन।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २ गते मनिराम खराललाई राप्ती सोनारीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न र पुस ३ गते गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई उनको दरबन्दी रहेको शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा काज फिर्ता गरिदिएको थियो।  

बाँकेकै खजुरा गाउँपालिकामा कार्यरत रहँदा खराल ‘यौन काण्ड’ मा मुछिएर विवादित बनेका थिए। गाउँपालिकाकै स्वास्थ्यकर्मीमाथी यौन दुब्र्यवहार गरेको आरोप खेपेका उनी खजुरामा धेरै दिनसम्म टिक्न सकेनन्। यिनै खरालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत राप्ती सोनारी गाउँपालिकामा आफ्नो सरुवा गराए। राप्ती सोनारीमा उनी सरुवा भएको जानकारी पाएका यहाँका जनप्रतिनिधीले भने हाजिर गराउन मानेनन्।  

जनप्रतिनिधीको असहमतीका बीच पनि खराल बलजफ्ती गरेर हाजिर हुन खोजे। कर्मचारीका अनुसार गत माघ १६ गते गाउँपालिकाको लेटरप्याड प्रयोग गरी हाजिर भएको भनि नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई ‘अवैध पत्र’ उनले बुझाए। खरालले त्यति मात्र गरेनन्, कोष तथा लेखा नियन्त्रण कार्यालयलाई माघ १७ गते (भोलीपल्ट)को मिति राखेर नयाँ खाता सञ्चालन नहुँदासम्म हाललाई गाउँपालिकाको खाता रोक्का गरिदिन अनुरोध सहितको पत्र बुझाए।  

खरालले ‘कोलेनिका’ लाई लेखेको पत्रमा राप्ती सोनारीमा प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र पुर्वनिमित्त प्रमुख प्रशासकीय अधिकृतको काज फिर्ता समेत भइसकेको उल्लेख छ। खरालको पत्रकै आधारमा कोलेनिका नेपालगन्जले गाउँपालिकासँग समन्वय नै नगरेर एकतर्फी रुपले ‘नयाँ प्रमाणित दस्तखत नमुना’ कार्ड प्राप्त नभएसम्म २०७८ माघ १८ गतेदेखी जारी चेक भुक्तानी नगर्न हिमालयन बैंक लिमिटेड सम्शेरगन्जलाई बोद्धार्थ दिएर पत्र पठायोे र खाता रोक्का भयो। राप्ती सोनारी गाउँपालिकामा ‘बबण्डर’ मच्चाएका खराललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २६ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेशमा कामकाज गर्ने गरी खटाइसकेको छ।  

खराल मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेशमा गएपछि गाउँपालिकाले माघ २७ गते कोलेनिकालाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत खरालको सरुवा भएको र काज फिर्ता भएका तथा रमाना नलिएका शाही तथा लेखा प्रमुख गौरवकुमार लामिछानेको संयुक्त दस्तखतबाट सञ्चालन भएका खाताहरु सञ्चालनका लागि फुकुवा गरिदिन आग्रह गरेको थियो। तर, गाउँपालिकाको उक्त आग्रहलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले वास्ता नगरेर स्थानीय सरकारमाथी एकोहोरो ज्यादती गरिरहेको यहाँका जनप्रतिनिधी तथा कर्मचारी बताउँछन्।  

गाउँपालिका अध्यक्ष लाहुराम थारुले खाता रोक्का हुँदा सेवाग्राहीलाई सास्ती हुनुका साथै कार्यालयको कामकाज प्रभावित हुन पुगेको बताए। यसको सबै दोष कोष तथा लेखा नियन्त्रण कार्यालयले लिनुपर्ने उनको गुनासो छ। ‘प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालको अन्यत्रै सरुवा भइसकेको छ, त्यसकारण पुर्ववत अवस्थामा सञ्चालनमा रहेका खाताहरु पुनः सञ्चालन गरिदिन कोलेनिकालाई आग्रह गर्दापनि सहयोग भएन,’ अध्यक्ष थारुले भने ‘जनताको आक्रोश हामी माथी छ, कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको ज्यादतीको छानविन होस्।’ 

गाउँपालिकाको बोर्ड बैठकले गरेको निर्णयलाई समेत कोलेनिकाले नमानेको बताए। ‘कोलेनिकाले स्थानीय सरकारमाथी ज्यादती गरिरहेको छ, यसलाई नियमन गर्ने निकाय माथी छ भने अनुसन्धान गरेर कारबाही गरियोस्,’ उनले भने।  कोष तथा लेखा नियन्त्रण कार्यालयले संघीयताको मर्म विपरित अनावश्यक रुपमा गाउँपालिकाको खाता रोक्का गरेर ‘अख्तियारको दुरुपयोग’ गरेको जनप्रतिनिधी तथा कर्मचारी बताउँछन्।  

गाउँपालिकामा कार्यरत नै रहेका प्रमुख प्रशासकीय अधिकृत शाहीले खाता रोक्का हुँदा समस्या सिर्जना भइरहेको बताए। ‘म नियम अनुसार फिर्ता हुने क्रममै थिए, बरबुझारत र रमाना लिने मन्सायमा रहँदा रहदै गाउँपालिकाले विवादित ब्यक्ति खराललाई हाजिर गराउदैनौं, तपाई नै काम गरिदिनुपर्यो भन्ने अुरोधका आधारमा मात्रै म नियमित रुपमा हाजिर भई काम गरिरहेको छु, तर कोलेनिकाले खाता रोक्का गरिदिदाँ समस्या भइरहेकोछ,’ उनले भने।

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका (प्रमुख कोष नियन्त्रक) खडानन्द अधिकारीले गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शाहीको काज फिर्ता भएको, नयाँ प्रमुख प्रशासकीय अधिकृत खराल हाजिर भएको र उनकै पत्र अनुसार खाता रोक्का गर्नु परेको तर्क गर्छन्। ‘हामीले नियम अनुसार प्रक्रिया पुरा गरेका हौं,’ उनले भने ‘खाता पुनः सञ्चालन गर्नमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले नै निकास दिनुपर्छ।’ गाउँपालिकाको खाता रोक्का गरिएको सम्बन्धमा सबै कुरा लेखेर केन्द्रमा पठाइसकेको अधिकारीले सुनाए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस