खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक चालकको ज्यान गएको छ। एकजना गम्भीर घाईते भएका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ गोर्दाखामा सोमबार बिहान १०ः३० बजे भएको स १ त ७७३३ नंं. को ट्याक्टर दुर्घटनामा १४ वर्षीय बालकको निधन भएको हो।
हलेसीबाट सुनकोसीतर्फ बालुवा लिन गईरहेको ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७५ मिटर तल खस्दा ट्याक्टर चलाउँदै गरेका हलेसी चुतावचुङ नगरपालिका १० अर्खौले नौलापुरका शेखर मगरको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर सागर साहका अनुसार दुर्घटनामा परी ट्याक्टर धनी हलेसी तुवाचुङ नगरपालिका १० का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाईते भएका छन्।
इप्रका हलेसी र स्थानीयले घाईतेको उद्धार गरी हलेसीस्थित हेल्थकेयर मेडिकलमा उपचारका लागि भर्ना गरेकोमा अवस्था गम्भीर भएपछि दिउसो २ बजे हेलिकोप्टरमार्फत थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ। मृतकको शव सर्जमिन मुचुल्का गरी पोष्टर्माटममा लागि जिल्ला अस्पतला दिक्तेलमा राखिएको इन्सपेक्टर साहले बताए।
१४ वर्षको उमेरमा ट्याक्टर चलाउँदा दुर्घटना हुनुले ग्रामिण भेगमा बिना सवारी अनुमतिपत्र सवारी चलाउने गरेको तथ्य बाहिरिएको छ। गाउँघर र दुर्गम क्षेत्र भएकाले ट्राफिक व्यवस्था नहुनाले पनि १४ वर्षकै बालकले ट्याक्टर चलाएको हुनसक्ने अनुमान प्रहरीको छ।