कास्कीमा थपिए ५७ हजार मतदाता
०२ फागुन २०७८
•
२ मिनेट पाठ
कास्कीमा थपिए ५७ हजार मतदाता
प्रदेश निर्वाचन कार्यालय, पोखराले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि संकलत गरेको नामावलीमा ५७ हजार नयाँ मतदाता थपिएका छन्। फोटोसहितको मतदाता नामावली संकलन गरेको निर्वाचन कार्यालयले २०७८ माघ २४ गतेसम्मको तयार गरिएको अन्तिम नामावली सार्वजनिक गरेको हो।  




संकलित नामावलीको दावी विरोधको समयमा मृत्यु भएमा अथवा नामावली दोहोरिएको अवस्थामा तथ्यांकमा फरक पर्ने उल्लेख गरेको छ। अन्तिम दावी विरोधको समय भने कार्यालयले फागुनको १९ देखि २६ गतेको समायावधि तोकेको छ। दावी विरोधपछि निर्वाचन कार्यालय पोखराले चैत १३ गते प्रकाशित गर्ने छ।  

तथ्यांक अनुसार कास्कीको चारवटा गाँउपालिका र एउटा महानगरपालिकामा ५७ हजार १ सय २९ मतदाता थपिएका छन। २०७४ को स्थानीय चुनावमा कास्कीमा २ लाख २४ हजार ८ सय ११ मतदाता थिए। पाँच वर्ष अवधिमा ५७ हजार नयाँ मतदाता थपिएका हुन्। २०७८ माघ २४ सम्म संकलित नामावली अनुसार २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। ‘मतदाता नामावली संकलन सकियो । अब फोटोसहितको नामावली संकलन हुदैन्,’ उनको भनाई थियो ।  

२०७४ पछिको स्थानीय चुनावमा कास्कीको अन्नपूर्ण गाँउपालिकामा ४ हजार ७ सय ९५ जना थपिएका छन्। २०७४ मा १५ हजार ५ सय ६९ रहेको तथ्यांक थियो। हाल २० हजार ३ सय ६४ मतदाता रहेको निर्वाचन कार्यालयले उल्लेख गरेको छ। २०७४ कै प्रतिनिधि सभाको निर्वाचन भन्दा अब हुने प्रतिनिधि तथा प्रदेशको चुनावको लागि २ हजार ६ सय ९७ जना नयाँ मतदाता थपिएका छन्। प्रतिनिधि सभामा पाँचवर्ष अघि १७ हजार ६६७ मतदाता रहेको थियो।  

पोखरा महानगरपालिकामा ३३ वटा वडा छन्। ३३ वडाको मतादाता नामावली अनुसार यो पाँचवर्षको अवधिमा ३९ हजार ६ सय ३८ मतदाता थपिएका छ् । २०७४ को स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मतदाता संख्या १ लाख ६८ हजार ६७ रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराको तथ्यांकले प्रष्टयाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि समेत मतदाता संख्या बढेका छन्। प्रदेश एवं प्रतिनिधि सभाको निर्वाचनको लागि मतदाता अझ बढ्ने सम्भावना रहन्छ।  

कास्कीको माछापुच्छ«े गाँउपालिकाको मतादाता नामावली तथ्यांक हेर्दा ४ हजार १ सय ६७ जना थप भएका छन्। सूचना अधिकारी न्यौपानेका अनुसार २०७४ को स्थानीय चुनावमा १६ हजार ३ सय १ मतदाता रहेकोमा पाँचवर्षपछि संकलित तथ्यांक अनुुसार २० हजार ४ सय ६८ मतदाता पुगेका छन्। अघिल्लो स्थानीय चुनावको तुलनामा मादी गाउँपालिकामा पनि ५ हजार २ सय मतदाता थपिएका छन्। १३ हजार ५ सय ५९ रहेको तथ्यांक २०७८ मा आईपुग्दा बढेर १८ हजार ७ सय ५९ रहेको तथ्यांकले देखाएको छ।  

रुपा गाँउपालिकामा भने केवल २ हजार ३ सय २९ मतदाता थपिएका छन्। २०७४ को स्थानीय चुनावमा ११ हजार ३ सय १५ मतदाता रहेका थिए। माघ २४ गतेसम्म संकलित तथ्यांक अनुसार १४ हजार ६ सय ४४ पुगेका छन्। २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनामा २ लाख ५५ हजार४ सय ५२ मतदाता रहेको थिए। २०७८ को माघ २४ सम्म संकलित नामावली अनुसार २६ हजार ४ सय ८८ नयाँ मतदाता थपिएका छन्। 
अर्को समाचार
कास्कीमा १७ हजार बढी मतदाता थपिए
११ पौष २०८२
•
१ मिनेट पाठ
कास्कीमा १७ हजार बढी मतदाता थपिए
आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन्। यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन्।




जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। 

नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उनले शीघ्र अन्तिम नामावली प्रकाशन गरिने बताए। जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए। 

उनका अनुसार अन्तिम मतदाता नामावली तय भएपछि मात्रै मतदान केन्द्रबारे टुंगो लाग्नेछ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस