विराटनगरको मेनरोडस्थित महानगरपालिकाको कार्यालय नजिक रहेको एक पान पसल अगाडि उद्योगीमाथि आक्रमण भएको छ।
शनिबार बिहान ११ बजेतिर पान खान गएका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवं उद्योगी श्रवण अग्रवाललाई एक युवकले आक्रमण गरेको हो। आक्रमणबाट घाइते अग्रवालको मुखभित्र ८ वटा टाँका (सिलाइ)लागेको छ। टाउ र मुखमा चोट लागेका कारण खानलाई समस्या भएको र तत्काल विराट नर्सिङ होममा उपचारपछि घर फर्किएका छन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उद्योगी श्रवण अग्रवाललाई एक जना युवकले रड, हात खुट्टालगायतले आक्रमण गरेका कारण घाइते भएका हुन्। घाइते अग्रवालका परिवारले आक्रमण गर्ने व्यक्तिको खोजी गरी कारबाही गरी पाउँ भनेर प्रहरीमा निवेदन दिएको र आक्रमणमा संलग्न युवक फरार भएकाले खोजी कार्य तथा घटनाको थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए।
एक उद्योगीका अनुसार विराटनगर–२ का अन्दाजी ४० वर्षीय पवन शर्मा ‘पुरोहित’ले अग्रवाललाई पान खाएर मोटरसाइकल चढ्ने क्रममा आक्रमण गरेका हुन्। पान पसल अगाडि रहेका अग्रवाललाई त्यहाँ आएका शर्माले अश्लील शब्द र तथानाम गाली गरेका थिए। गाली गर्न थालेपछि अग्रवालले गालीगलौज नगर्न सम्झाए। शर्मा हातपातमा उत्रन लागेपछि अर्का एक व्यक्तिले उनलाई लिएर गए।
मोटरसाइकल चढेर हिँड्न लाग्दा पुनः शर्मा आएर रड र सिमेन्टको मोटो डन्डीले हिर्काउँदा अग्रवाल घाइते भएका थिए। घाइते अग्रवाल तेल, चिउरालगायतको उद्योगी व्यवसायी हुन्। आक्रमणमा संलग्न शर्माले केही दिन अघि अग्रवालसँग नयाँ मोबायल खरिद गरिदिन भनेको थिए। त्यही निहुँमा अग्रवाललाई गाली गलौज गर्दै शर्मालले कुटपिट गरिएको एक उद्योगीले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले विज्ञप्ति जारी गर्दै उद्योगी अग्रवालमाथि भएको आक्रमणको निन्दा गरेको छ। महासंघका अध्यक्ष टीकाराज ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघका कार्य समिति सदस्य अग्रवाललाई दिउँसै बजार क्षेत्रमा गरिएको सांघातिक हमलाको घोर भत्र्सना गर्दै आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ।