सरकारले संरक्षणमा विशेष जोड दिइरहँदा पनि चार वर्षको अवधिमा ८ वटा पाटेबाघ मारिएको छ। बाँके राष्ट्रिय निकुञ्जदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म सन् २०१८ यता ८ वटा बाघलाई चोरी सिकारी, प्रतिशोध र अवैध ब्यापारका कारणले मारिएको सम्बन्ध अधिकारीले बताएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसी)का डा. रविन कडरियाका अनुसार मारिएका बाघ मध्ये बाँकेमा ३, बर्दियामा २, कैलालीमा १ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २ वटा बाघ मारिएको हो। ‘सन् २०१८ देखि हालसम्म बाँकेदेखि शुक्लाफाँटासम्म ८ वटा बाघको मृत्यु भएको रेकर्ड छ, यो प्राकृतिक होइन कि चोरी सिकारी, प्रतिशोध वा अवैध ब्यापारका कारणले मारिएको हो,’ उनले भने।
बाघ संरक्षणमा जति सफलता प्राप्त भएको छ, त्यतिकै चुनौती पनि रहेको डा. कडरिया बताउँछन्। मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती देखिएको उनको भनाई छ। बाँके र बर्दियामा बाघको घनत्व प्रति सय स्क्वाएर किलोमिटर बराबर झण्डै ६ वटा बाघ रहेको उनले बताए। ‘जहाँ कि भारतका राष्ट्रिय निकुञ्जमा एक सय स्क्वायर किमीमा झण्डै १४ वटा सम्म पनि बाघ छन्, हाम्रो यहाँ बाघको संख्या कम छ, तरपनि मानवसँग द्वन्द्व हुने गरेको छ,’ उनले थपे। बाँके र बर्दियामा बाघ र मानवबीच द्वन्द्व भइरहेको बताए।
बाँकेदेखि कैलालीसम्म २८ जनाको मृत्यु
सन् २०१९ देखि हालसम्म बाँकेदेखि कैलालीसम्म बाघको आक्रमणबाट २८ जनाको मृत्यु भइसकेको कोषले जनाएको छ। त्यसमध्ये बाँकेका मात्रै ६ जनाको मृत्यु भइसकेको छ। तर कुनैपनि मृत्यु अहिलेसम्म गाउँमा नभएको डा. कडरिया बताउँछन्।
‘सबै मृत्यु जंगलमा भएको छ र कुनैपनि मृत्यु रातको समयमा भएको छैन, दिउँसो कै समयमा भएको छ, जंगलभित्र च्याउ टिप्न घाँस र दाउरा काट्न गएको अवस्थामा मात्रै मृत्यु भएको छ,’ उनले भने। बाघको बारेमा समाजमा नकारात्मक सन्देश गएको भन्दै हरेक समुदायले सजगता अपनाउन सकेमा बाघ र मानवबीच द्वन्द्व कम गर्न सकिने उनको बुझाई छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह निकुञ्जमा बाघको घनत्व कम रहेकाले अटाउन सक्ने क्षमता रहेको बताउँछन्। ‘हाम्रो निकुञ्जको क्षेत्रफल अनुसार बाघ अटाउन सक्ने क्षमता छ, तर यहाँ छाडा पशु चौपाया जंगलमा छाड्ने चलन छ, यस कारण बाघले जंगली जनावरलाई शिकार गर्न छाडेर पशु चौपायालाई मार्ने र मान्छेप्रति पनि आक्रमक भएको हुन सक्छ,’ उनले भने।
भारतीय निकुञ्जमा प्रति सय स्क्वाएर किमीमा १४ वटा बाघ रहँदा पनि त्यहाँ भयावह र त्रासको अवस्था नभएको बताए। डिभिजन वन कार्यालयका प्रमुख ददिलाल कँडेलले मानव र वन्यजन्तुबीचको द्वन्द्वले बाँकेमा तरंग ल्याएको बताए। ‘कृषि पेशामा लागेका ब्यक्तिलाई जंगलमा नगएर गुजारा चल्दैन, तर सधैभरी जंगलमै आश्रित हुने ढिपी पनि गर्नु हुदैन,’ उनले भने।
निकुञ्जले संरक्षण कार्य अगाडि बढाइरहँदा मानव र वन्यजन्तुबीच सह–अस्तित्व कायम गरिनुपर्ने स्थानीय सरोकारवाला बताउँछन्। राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री बाँकेमा केही समययता मानव र वन्यजन्तुबीचको द्वन्द्वले खतराको स्थिती आएको बताईन्। उनले भनिन्, ‘मान्छेलाई मारेर बाघलाई मात्रै बचाउने कुरा हुँदैन, बाघलाई मारेर मान्छेलाई मात्र बचाउने कुरा पनि हुँदैन,’ उनले भनिन्, ‘दुबैको अस्तित्व बचाउने काममा निकुञ्जले ध्यान दिनुपर्छ।’
बाघ गणनामा प्रयोग भएका १७ क्यामेरा चोरी
बाघ गणना कार्यका लागि बिछ्याइएका १७ वटा क्यामेरा चोरी भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मंसिर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो। विभागले बर्दियामा पहिलो र दोस्रो ब्लकको गणना सम्पन्न गरिसकेको छ, भने बाँकेमा तेस्रो र चौथो ब्लकको गणना कार्य जारी छ।
बाघ गणनामा प्रयोग गर्ने क्रममा पहिलो ब्लकबाट ९ वटा, दोस्रो र तेस्रो ब्लकबाट ४/४ वटा क्यामेरा चोरी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. कडरियाले जानकारी दिए। उनका अनुसार ६ वटा क्यामेरालाई हात्तीले कुल्चिएर क्षति पुर्याइदिएका छन्। ‘एउटा क्यामेराको मूल्य ४० हजार पर्छ, क्यामेरा चोरी हुँदा बाघ गणना कार्य केही दिनसम्म प्रभावित पनि हुन्छ,’ उनले भने।
बाघ गणना गर्दा एक स्थानमा करिव १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ।