भारतको जोगवनी स्थित मिरगञ्ज पुल भासिएर मालबाहक सवारीसाधन आवतजावत ठप्प भएपछि मोरङका उद्योगी व्यवसायीले निर्माणाधीन पुलबाट आँशिक भए पनि सवारीसाधन सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छन्। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा गएको उद्योगी व्यवसायीको टोलीले मिरगञ्ज पुलको विकल्पमा अन्य कुनै पुल नभएकाले निर्माणाधीन नयाँ पुलबाटै आंशिक रुपमा सवारीसाधन सञ्चालन गर्न दिन भारतीय पक्षसँग माग गरेको हो।
भारत अररीया जिल्लाका डिजिएम प्रशान्तकुमार सिएच्सँग भेट गरी मोरङ व्यापार संघका अध्यक्ष रिजाल नेतृत्वको टोलिले स्थलगत अनुगमन पनि गरेको छ। स्थलगत रुपमा मिरगञ्जपुलको विकल्पमा नजिकै अन्य पुल र नभएकाले निर्माणाधीन पुललाई नै आँशिक रुपमा सञ्चालन गरेर तत्कालका लागि समस्या समाधान गर्न मोरङ व्यापार संघको टोलिले भारतीय पक्षलाई आग्रह गरेको छ। पुरानो पुलको नजिकै निर्माणाधीन पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।
पुलसँगै सडक र फ्लाइओभर पनि निर्माणको क्रममा रहेको छ। मिरगञ्ज खोलामा निर्माण भइरहेको पुल चार लेनको छ। चार लेनको पृुल मध्ये दुई लेनको पुलको निर्माण सम्पन्न हुनेचरणमा रहेको छ। उक्त पुलको दुई लेनभाग एक/दुई हप्ता भित्रै निर्माण सम्पन्न हुने भएकाले उक्त पुलबाट मालबाहक सवारी आवतजावत गर्न दिन नेपाली उद्योगी व्यवसयीले भारतीय पक्षसँग माग गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।
उनले भारतीय पक्ष पनि नयाँ पुल आँशिक रुपमा सञ्चालनमा ल्याउन सकारात्मक देखिएको बताए। ‘निर्माणाधीन पुलको पूर्व तर्फको दुई लेन पुलसञ्चालन गरेर अवरुद्ध यातायात सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छौं’ रिजालले भने, ‘भारतीय पक्ष पनि दुई लेन पुल आँशिक रुपमा सञ्चालनमा ल्याउने विषयमा सकारात्मक देखिएको छ।’
निर्माणाधीन पुलबाट आंशिक रुपमा भए पनि मालबाहक सवारीसाधन सञ्चालनका लागि भारतीय पक्षसँग स्थलगत निरीक्षण गर्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललगायत। रिजालले तत्कालका लागि निजी जग्गाबाट लिंक रोड निर्माण गर्ने र नयाँ पुलदेखि विराटनगर स्थित आइसीपी जोड्ने सडक र फ्लाइओभर निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्न भारतीय पक्षलाई आग्रह गरेको जानकारी दिए। उनले तत्कालका लागि नेपालबाट खाली गाडी नयाँ पुलका बाटो हुँदै जान दिने र २० टन सम्मका मालबाहक सवारीसाधन नेपाल तर्फ आउन दिने विषयमा भारतीय पक्ष सकारात्मकदेखिएको बताए।
स्ट्रिल्स स्ट्रक्चरको मिरगञ्ज पुल भासिएपछि विगत दुई महिनादेखि सुनसरीको भीमनगर-भाण्टावारी नाकाबाट मालबाहक ट्रकहरू आवतजावत गरिरहेका छन्। भीमनगर–भाण्टावारीबाट मालबाहक सवारी विराटनगर ल्याउँदा प्रति ट्रक २० देखि ३० हजार रुपैयाँसम्म ढूवानीलागत बढ्ने व्यवसायीहरू बताउँछन्। स्ट्रिल स्टक्चरको मिरगञ्ज पुलको विकल्पका रुपमा रहेको नयाँ पुल चाँडो सम्पन्न गर्न विराटनगरका उद्योगी व्यवसायीहरूले वर्षौंदेखि माग गरिरहे पनि करिब १० वर्ष पहिलेदेखि निर्माण सुरू भएको पुल अझै सम्पन्न हुन सकेको छैन।
मिरगञ्ज खोलाको पुल चाँडो निर्माण सम्पन्न गर्नका लागि कूटनीतिक पहल गर्न विराटनगरका उद्योगी व्यवसायीले नेपाल सरकारलाईसमेत दबाब दिँदै आएका छन्। नयाँ पुल निर्माणमा ढिकलाई हुँदा सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले आयात–निर्यातमा झमेला मात्रै नभई आर्थिक नोक्सानी समेत बेहोरिरहेका छन्। जोगवनी नाका हुँदै दैनिक ४ सय वटा मालबाहक सवारीसाधन भारत तथा तेस्रो मुलुकबाट नेपाल तर्फ आउने गरेका छन्।
विराटनगर भन्सार कार्यालयका अनुसार विराटनगर नाकामा दैनिक १४ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।
मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।
पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।
एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।
थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।
बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।
आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।
उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।
महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।
एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...