सार्थक नाम सरस्वती
२३ माघ २०७८
•
३ मिनेट पाठ
सार्थक नाम सरस्वती
डा.सरस्वती ढुंगाना। सरस्वती खड्का। सरस्वती श्रेष्ठ।
मुलुकमा अझै थुप्रै निरक्षर सरस्वती भेटिन्छन्। आमाबुबाले नाम त सरस्वती राखिदिए तर विद्यालय पठाएनन्। यही समाजमा उज्यालो पक्ष पनि भेटिन्छ। जसले मातापिताले राखिदिएको नामलाई सार्थकता दिए। उनीहरू साक्षात् सरस्वती जस्तै लाग्छन्।  




तिनैमध्ये एक हुन्, मानसिक रोग विशेषज्ञ डा. सरस्वती ढुंगाना। कास्कीको निरक्षर परिवारमा जन्मेकी सरस्वती मानसिक रोग विशेषज्ञ बनेर हजारौंको उपचारमा खटिएकी छिन्। ‘आमाबुबाले नपढे पनि पढाइको महŒव बुझ्नुभएको थियो,’ उनले भनिन्, ‘छोराछोरीलाई विभेद नगरी पढाउँदा आज हामी सफल भयांै।’  

सरस्वतीले बाल्यकालको शिक्षा दाजुभाइसँगै गाउँकै निजी विद्यालयमा पूरा भयो। तीन छोरी र दुई छोराका बुबा रुद्रमणिले सन्तानको शिक्षामा कुनै विभेद गरेनन्। ‘त्यतिबेला सम्भवतः हाम्रो टोलमा छोरासँगै छोरी पनि बोर्डिङ जाने हाम्रो मात्रै घर थियो,’ उनले भनिन्, ‘परिवारमा विभेद नहुँदा आज हामी सक्षम भएका छौं।’  

महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट सन् २००८ मा एमबिबिएस गरेकी सरस्वतीले त्यसै कलेजबाट सन् २०१३ मा एमडी हासिल गरिन्। मानसिक स्वास्थ्यकी यी चिकित्सक समाजमा अझै विभेद रहेको स्विकार्छिन्। ‘पितृसत्तात्मक सोचको अवशेष अझै बाँकी छ, ‘उनले भनिन्, ‘त्यही सोचको सिकार भई थुप्रै सरस्वतीले पढ्ने अवसर पाएका छैनन्।  

सरस्वती पूजाको दिन बाल्यकालमा पोखराको विन्ध्यवासिनीमा भित्तामा क, ख लेखेको उनलाई अझै याद छ। विद्यालय तहमा सधैं प्रथम हुने गरेका कारण साथीहरूले ‘सरस्वती माते’ भनेर जिस्काएको उनले अझै भुलेकी छैनन्। समाजमा विद्यमान विभेदका सूक्ष्म अवशेष अझै नहट्दा केही अपुरो जस्तो लागेको उनी सुनाउँछिन्। यस्तो हुुनुमा कोही एक व्यक्तिको मात्र नभएर परिवारको हैसियत र मुलुकको आर्थिक अवस्था पनि दोषी रहेको उनको ठम्याइ छ।  

‘मैले त थोरै भए पनि नामको सार्थकता राख्न सफल भएकी छु,’ उनले भनिन्, ‘सरस्वती नाम गरेका मात्र होइनन्, सबै छोरीले पढ्न पाऊन् भन्ने कामना छ।’ कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का त महिलालाई शिक्षित बनाउने अभियानमा दिनरात जुटेकी छिन्। ‘सिप र शिक्षाबिना महिला कहिल्यै अघि बढ्न सक्दैनन्,’ उनले भनिन्, ‘त्यसैले छोरीहरूको शिक्षामा विशेष ध्यान दिँदै छु।’

रसुवा कालिकामा जन्मेकी सरस्वतीका आमाबुबा पनि शिक्षित होइनन् तर उनीहरूले पढाइको महŒव भने बुझेको उनी बताउँछिन्। ‘गाउँमा एसएलसी पास गर्ने दिदी र म मात्र थियौं,’ उनले भनिन्, ‘अहिले स्नातक गरेकी छु।’ दाजुभाइसँगै हामीलाई पनि परिवारले पढाएको कारण सफल हुन सकेको उनले बताइन्।  

विद्यालय तहको अध्ययन सकिएपछि काठमाडौंको रत्न राज्यलक्ष्मी कलेज पढिन्। एसएलसी दिएकै वर्ष जतिखेर उनी १७ वर्षकी थिइन्, त्यतिबेलै उनको विवाह भयो। तर उनको पढाइ रोकिएन। ‘कीर्तिपुरबाट एकदमै थोरै छोरी पढ्न कलेज जाने गर्दथे,’ उनले भनिन्, ‘म बुहारी भएर पढ्न जान्थें। मलाई आमाबुबाले मात्र होइन ससुुरा बालेसमेत पढाइमा सहयोग पु¥याउनुभयो।’ ‘मेरो शिक्षामा घरमाइती दुवैको उत्तिकै योगदान छ,’ उपमेयर खड्काले भनिन्, ‘त्यसैले आफूलाई भाग्यमानी सरस्वती मान्दछु।’

यस्तै अर्की भाग्यमानी हुन्, सरस्वती श्रेष्ठ सरु। लमजुङ सोटी पसलमा परिवारमा जेठी छोरीको रूपमा जन्मेकी सरस्वतीको शिक्षामा उनका आमाबुबाले कुनै कमी हुन नदिएको सुनाउँछिन्। ‘मेरो नाम चर्खा कात्ने हजुरआमाले राखिदिनुभएको हो,’ उनले भनिन्, ‘आमाको हौसलाले पढाइलाई निरन्तरता दिएँ।’

आमाले विद्यालय जान नपाए पनि घरमै बसेर पढेको उनले सुनाइन्। ‘आफू विद्यालय जान नपाएको पीडा हामीलाई पढाएर निको बनाउनुभयो,’ उनले भनिन्, ‘हाम्रो सफलतामा सबैभन्दा धेरै खुसी आमा नै भएको पाएँ।’

कक्षा १० सम्म गाउँमै पढेकी सरस्वतीले व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन्। शिक्षण पेसाको माध्यमबाट समाजमा उज्यालो छरिरहेकी सरस्वतीको साहित्यमा उत्तिकै लगाव छ। उनका कथा, कविता र गीतसंग्रह पनि छापिएका छन्। शिक्षाको उज्यालोले नै समाजमा रहेको विभेदको अँध्यारो मेटाउने उनको विश्वास छ। ‘समाजमा छोरा र छोरीको विभेदमा कमी भएको महसुस गरेकी छु,’ उनले भनिन्, ‘सरस्वती माताको कृपाले बाँकी रहेको विभेद पनि हराउँदै जाने छ भन्ने आशा गर्छु।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस