सर्वोच्चमा विवादको असर जिल्ला न्यायाधीशको नतिजासम्म
२३ माघ २०७८
•
४ मिनेट पाठ
सर्वोच्चमा विवादको असर जिल्ला न्यायाधीशको नतिजासम्म
सर्वोच्च अदालतमा कात्तिकदेखि सुरु भएको विवाद अझै सल्टिन नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशनमा समेत असर परेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागिएपछि सुरु भएको विवादले न्यायसेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजासमेत प्रकाशन गर्न नसकिएको हो। 




सर्वोच्च अदालतकै न्यायाधीशले प्रधानन्यायाधीश जबराको राजीनामा मागेपछि विवाद सुरु भएको हो। त्यसपछि नेपाल बार एसोसिएसनले पनि राजीनामा माग्दै आन्दोलन थाल्यो। बार आन्दोलनबाट थाकिसकेको छ तर विवादको निकास निस्किएको छैन।

कात्तिक पहिलो साता सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरेका थिए। करिब डेढ महिनापछि मुद्दाको दैनिक पेसीका लागि गोला प्रक्रिया सुरु भएपछि न्यायाधीशहरू इजलास फर्केका थिए। न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै कानुन व्यवसायीको छाता संगठन बारले पनि आन्दोलन थालेको थियो।

इजलासमा फर्किएका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग इजलासमा नबस्ने र बैठक पनि नबस्ने सहमति गरेका थिए। बारले आन्दोलनसँगै प्रधानन्यायाधीश जबरासँग इजलासमा नबस्न र उनी अध्यक्ष रहेको न्यायसेवा आयोग र न्याय परिषद्को बैठकमा पनि सहभागी नहुन सरोकारवालालाई लिखित आग्रह गरेको थियो। यसैको असर न्यायसेवा आयोग र न्याय परिषद्मा देखिएको हो।

संविधानमा प्रधानन्यायाधीश न्यायसेवा आयोग र न्याय परिषद् दुवैको अध्यक्ष हुने व्यवस्था छ। प्रधानन्यायायधीशले आयोग र परिषद्को अध्यक्षको हैसियतले बैठक बोलाउँदा अन्य सदस्य उपस्थित नहुँदा नतिजा प्रकाशनलगायतका निर्णय गर्न समस्या भएको छ। लोकसेवा आयोगद्वारा जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षाको नतिजा न्यायसेवा आयोगले स्वीकृत गरी प्रकाशित गर्नुपर्ने व्यवस्था छ। लोकसेवाले मंसिरमा नै न्यायसेवा आयोगलाई नतिजा पठाएको थियो। न्यायसेवा आयोगको बैठक बस्न नसक्दा नतिजा प्रकाशित गर्न सकिएको छैन।

पुस ९ मा न्यायसेवा आयोगको बैठक बोलाइएको थियो। न्यायसेवाका सदस्यहरू उपस्थित नहुँदा त्यस दिन बैठक बस्न सकेन। प्रधानन्यायाधीशको अध्यक्षता हुने न्यायसेवा आयोगमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता सदस्य हुने संवैधानिक व्यवस्था छ।

माघ १४ मा बोलाइएको न्यायसेवा आयोगको बैठकमा न्यायसेवाका कर्मचारीको पदपूर्ति, पदस्थापन, कार्यक्षमता मूल्यांकनलगायतका विषयमा निर्णय भएको थियो। निर्णय भए पनि अध्यक्ष जबरा र अन्य सदस्य एकैसाथ बैठकमा बसेनन्। माइन्युटमा निर्णय लेखिएपछि अध्यक्ष र सदस्यले आफूअनुकूल हस्ताक्षर गरेका थिए।

जिल्ला न्यायाधीशको नतिजा स्वीकृत गरी प्रकाशनका लागि आइतबार न्यायसेवा आयोगको बैठक बोलाइएको सचिवालयले जनाएको छ। आयोगको बैठक बिहीबार पनि बोलाइएको थियो। बैठकमा प्रधानन्यायाधीश जबराबाहेक अरू कोही पनि उपस्थित भएनन्। गणपूरक संख्या नपुगेकाले बैठक नबसेको सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताए। 

कार्कीका अनुसार आइतबारका लागि न्ययासेवा आयोगको बैठक बोलाइएको छ। आइतबार बोलाइएको बैठक पनि बस्नेनबस्ने टुंगो छैन। आयोगका सदस्य कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि उपस्थित हुनेनहुने निश्चित नभएको स्रोतले जनाएको छ।

न्याय परिषद्को बैठक पनि सोमबारका लागि बोलाइएको जानकारी प्रवक्ता कार्कीले दिए। न्याय परिषद् बैठक वैशाखयता बस्न सकेको छैन। प्रधानन्यायाधीशको अध्यक्षतामा हुने न्याय परिषद् सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री बडु, रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ छन्। परिषद्को बैठकमा न्यायाधीश नियुक्तिदेखि सरुवासम्मका अजेन्डा राखिएका छन्। परिषद्को पनि बैठक बस्नेनबस्ने टुंगो छैन। 

परिषद् बैठक नबस्दा सर्वोच्च अदालतमा रिक्त एक न्यायाधीशको पदपूर्ति हुन सकेको छैन। त्यसैगरी विभिन्न उच्च अदालतमा चार मुख्य न्यायाधीश र ११ न्यायाधीशको पद रिक्त छ। सर्वोच्च अदालतमा उत्पन्न विवादले निकास नपाउँदा यसको असर मुद्दा सुनुवाइमा मात्रै नभएर न्याय परिषद्, न्यायसेवा आयोगको काममा पनि परेको छ।

लोकसेवा आयोगले जिल्ला न्यायाधीशका लागि असोज १२ देखि १६ सम्म परीक्षा सञ्चालन गरेको थियो। न्यायसेवा आयोगले लिँदै आएको यो परीक्षा सञ्चालन गर्ने जिम्मेवारी गत सालदेखि लोकसेवा आयोगलाई दिइएको हो। लोकसेवाले परीक्षा सञ्चालन गरी नतिजा न्यायसेवाबाट निर्णय गरी सार्वजनिक हुने गरेको छ। जिल्ला न्यायाधीशका लागि आन्तरिक खुला नौ, खुला पाँच, महिला दुई, आदिवासी जनजाति एक र मधेसी समूहबाट एकजनासमेत गरी १८ जना न्यायाधीशका लागि परीक्षा भएको थियो।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस