यस वर्ष उदयपुरको उच्च पहाडी भेगमा भारी हिमपात भएको छ। जिल्लाका पहाडी गाउँपालिकाहरु लिमचुङबुङ, रौतामाई र ताप्लीका उच्च भेगमा शुक्रबार दिउँसोदेखि शनिबार रातभर हिउँ परेको हो।
हिमपातका कारण चिसो बढ्दा जनजीवन भने प्रभावित बनेको छ। जिल्लाकै अग्लो ठाउँहरु लिमचुङबुङ गाउँपालिका ३ को चित्रेथाम, बाराहा, नगरे र दोबाटे आसपास बाक्लो हिमपात भएको छ। हिउँका कारण सडक, बाटो र खेतबारी सेताम्मे भएको छ। त्यस्तै छिमेकी गाउँपालिका रौतामाई १ को माझखर्क, रचने वरिपरी पनि हिउँ परेको छ भने ताप्ली गाउँपालिका ३ को इनामे र कमेरेलगायत उच्च भेगमा पनि उत्तिकै हिमपात भएको स्थानीयले बताएका छन्।
शुक्रबार विहानदेखि वर्षासँगै हिउँ परेर स्थानीयका घर गोठका छाना सेताम्मे भएका छन् भने आँगन, सडक र बारीभरी हिउँ जमेर हिँड्डुल गर्न अप्ठेरो भएको छ। सडक र गोरेटा बाटो हिउँले पुरिएका छन् भने होचो ठाउँमा ३ फिटसम्म हिउँ जमेको स्थानीय रुपक मगरले बताए। हिमपातका कारण चिसो अत्यधिक बढेर जनजीवन प्रभावितव भएको छ।
चिसोका कारण खासगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको लिमचुङबुङ गाउँपालिकाकी कर्मचारी रुपा राईले बताईन्। उनका अनुसार दिउँसोको दाँजोमा विहान, बेलुका र राति निकै चिसो बढेको छ। शुक्रबार दिनभरजस्तो वर्षासँगै हिउँ परेको थियो भने शनिबार पनि दिनभर घाम नझुल्केपछि वातावरण थप चिसिएको राईले बताईन्।
लिमचुङब्ङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईलाई उद्धृत गर्दै प्रेस सल्लाहकार दिनेश चामलिङले बताए अनुसार धेरै वर्षपछि गाउँमा हिउँ परेको हो। विगत दुई दशकयता पहिलोपटक भारी हिउँ परेको हो। चामलिङका अनुसार गत वर्ष पनि हिउँ परेको तर, सामान्य फुसफुसाएको मात्र थियो। तर, यस वर्ष भने बाक्लो हिमवर्षा नै भएको अध्यक्ष राईलाई उदृत गर्दै उनले बताए। हिमपातले जनजीवन प्रभावित पारे पनि वातावरणलाई भने सकारात्मक असर पार्ने गाउँपालिकाका वृद्धवृद्धाले बताएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुल हिउँ पर्नुले वातावरणका लागि सकारात्मक प्रभाव पार्ने र यसले ‘वाटर बैंकिङ’ हुने भएकाले प्राकृतिक सन्तुलनमा सहयोग पुग्ने बताए। चिसो मौसमका बाबजुद जमेको हिउँ हेर्न स्थानीय कर्मचारी, विद्यार्थी र युवायुवतीजस्ता आन्तरिक पर्यटकहरु डाँडा पाखातिर निस्केको उनले बताए। लिमचुङबुङ ३ स्थित निर्माणाधीन एभरेष्ट भ्यूटावर क्षेत्रमा जमेको बाक्लो हिउँमा शनिबार दिनभर आन्तरिक पर्यटक भेला भएर रमाएको उनले बताए।
गाउँपालिकाका अर्का कर्मचारी ज्ञानेन्द्र राईले लिमचुङबुङ गाउँपालिका भौगोलिक रुपमा उदयपुरको सबैभन्दा अग्लो ठाउँ रहेको हुनलो वर्षेनि चिसो बढ्ने गरेको बताए। हिउँ नपर्दा पनि चिसो अत्यधिक हुने गरेको यो भेगमा यस वर्ष मज्जाले हिउँ परेपछि थप चिसो बढेको राईले बताए।