पछिल्लो वर्षयता उदयपुरका पहाडी भेग र अनकन्टार बिकट गाउँबस्तीमा विद्युत सेवा बिस्तार हुँदै गएको छ। लोकतान्त्रिधक गणतन्त्र र संघीयता स्थापनापछि ‘गाउँगाउँमा सिंहदरवार’को नारासहित पुनर्संरचित स्थानीयतहहरु गाउँपालका र नगरपालिका कार्यान्वयन भएसँगै गाउँबस्तीको रुप–रंग बद्लिदै आएको हो।
यसै क्रममा जिल्लाको बिकट पहाडी गाउँपालिका ताप्लीका सबै वडाहरुमा भर्खरै विद्युत सेवा विस्तार भएको छ। गाउँपालिकाले पछिल्लो पटक १ नं. वडाको मादलेका उपभोक्तालाई विद्युत सेवा पुर्याएको छ। बिकटैबिकट गाउँबस्तीले भरिएको ताप्लीको १ नंं. मा विद्युत पुगेसँगै ५ वटै वडाबासीले विजुली बाल्न पाउने भएका छन्। लामो समयदेखि जनताको माग अनुसार जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै सुरु भएको विद्युतीकरण कार्य अहिले आएर सम्पन्न हुने अवस्थामा पुगेको हो।
गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले आफु निर्वाचित भएर आएलगत्तै २०७४/०७५ देखि सुरु गरेको विद्युतीकरणले यसवर्ष बत्ती बाल्न सफल भएको बताए। राष्ट्रिय प्रशारण लाईनसँग जोडेर बिस्तार गरिएको विद्युतीकरणले सबै वडाबासी जनतालाई केही समयभित्रै उज्यालो दिने थापाले बताए। अध्यक्ष थापाका अनुसार ५ वटै वडामा विद्युतीकरण गर्न लगभग १० करोड बजेट खर्च भईसकेको छ।
जसमा बहुवर्षीय योजना अन्तर्गत गाउँपालिकाले ५ करोड लगानी गरेको छ भने प्रतिनिधिसभा क्षेत्र नं. २ का संघीय सांसद सुरेशकुमार राई (हिमाल) ले गत आर्थिक वर्ष स्थानीय पूर्वाधार विकास कार्यक्रम (संसदीय विकास कोष) बाट ५० लाख र प्रदेश सांसद कला घलेको संसदीय विकास कोषबाट ३५ लाख दिएकी छिन्। बाँकी रकम नेपाल विद्युत प्राधिकरणले लगानी गरेको थापाले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार ५ वटै वडाबासी जनतालाई विद्युत सेवा पुर्याउने गरी भईरहेको काम अन्तिम चरणमा पुगेको छ। लामाका अनुसार गाउँपालिकाका सबै वडाका २ हजार ७ सय घरधुरी परिवारलाई पुग्नेगरी विद्युतीकरणको कार्य भईरहेको छ। विद्युतीकरणले ५५ वटा सार्वजनिक तथा सरकारी कार्यालयहरु पनि लाभान्वित हुने अधिकृत लामाले बताए। वडाबासीको घरघरमा नियमित विद्युत पुर्याउन सहज होस भनेर ५ वटा वडामा ६ वटा ट्रान्समिटर जडान गर्ने कार्य भईसकेको तथा हाईटेन्सन लाईन सबै वडासम्म पुगिसकेको छ।
जनताका घरघरमा उज्यालो पुर्याउने योजना लिएर गाउँपालिकाले वार्षिक रुपमा बजेट बिनियोजन गर्दै विद्युतीकरण कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष कमलामाया राईले बताईन्। ताप्लीमा अहिलेसम्म विद्युत नपुग्दा गाउँलेहरु टुकी र दियालोको भरमा बस्न बाध्य थिए भने विद्यार्थीहरु अध्यारोमा पढ्न पाईरहेका थिएनन्। गाउँपालिका केन्द्र रहेको वडा नं. ५ रुपाटारमा भने माईक्रो हाईड्रोपावरमार्फत उज्यालो बालिएको छ। स्थानीय खारी खोलाबाट उत्पादित हाईड्रोपावरको विद्युतले गाउँपालिका कार्यालय, बैंक, स्वास्थ्यचौकी, विद्यालय, प्रहरी चौकीलगायत कार्यालयहरुमा काम चलाइदै आएको छ।
वडा नं. १ मा पुगेको विद्युत सेवाको मंगलबार अध्यक्ष थापा र उपाध्यक्ष राईले संयुक्त रुपमा उदुघाटन गरे। उद्घाटन क्रममा अध्यक्ष थापालो गाउँपालिकाका ५ वटै वडा अव उज्व्यालो हुने क्रममा रहेको र त्यसको सुरुवात वडा नं. १ बाट गरिएको बताए। केही समयपछि सिंगो गाउँपालिका अध्याँरोमुक्त हुने भन्दै उनले बिकट गाउँघर र दुरदराजका बस्तीहरुमा पनि छिट्टै विवुली बाल्ने गरी लाईन बिस्तारको क्रम अन्तिम चरणमा पुगेको जनकारी दिए।
उदुघाटन कार्यक्रममा एमाले जिल्ला सदस्य बाबुराम राई, नेपाली काँग्रेसका वडा सभापति निरज राई, नेपाल आदिवासी जनजाति महासंघ गाउँपालिका अध्यक्ष फडिन्द्र राईलगायतले संघीयताले गाउँबस्तीसम्म विकासको लहर ल्याएको बताए। संघीयताले गर्दा गाउँगाउँमा स्थानीय सरकार गठन भएको र तिब्रगतिमा विकास निर्माणका काम गरेर जनताको मुहार उज्यालो बनाउँदै लगेको उनीहरुको भनाई थियो। गाउँबस्तीका सोझा निमुखा जनताहरुका लागि संघीयता भएकाले भन्दै त्यसको फल चखाउन प्रतिबद्ध भएर लाग्न स्थानीय जनप्रतिनिधिहरुलाई सुझाएका थिए।