सदरमुकाम गाईघाटस्थित एक व्यक्तिको नीजि स्करपियो र मोटरसाईकल आगलागीबाट ध्वस्त भएको छ। बिहीबार विहान अन्दाजी साढे १२ बजे त्रियुगा नगरपालिका ११, गाईघाटका कालीदास राई (किसन)को ग्यारेजमा राखिएका स्करपियो र मोटरसाईकल आगोले नष्ट भएका हुन्।
आगोले राईको प्रदेश १–०२–००२ च ४३८५ नम्बरको स्करपियो र स ३ प २२८३ नम्बरको एभेन्जर मोटरसाईकल पूर्णरुपमा जलेर नष्ट भएका छन्। साढे ३ तले घरको दक्षिणपटि ग्यारेजमा राखिएका दुवै साधनमा एकैचोटी आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। गाडीधनी राईले विहान झण्डै १ बजे मस्त निन्द्रामा रहेका बेला चर्को आवाज सुनेपछि व्युँझिएर हेर्दा धुँवाको मुस्लो देखेको बताए।
हतार हतार भुईमा झरेर हेर्दा ग्यारेजमा राखिएका दुवै साधनमा दनदनी आगो बलिरहेको पाएपछि छिमेकी र प्रहरीलाई खवर गर्नुका साथै दमकल बोलाएको उनले बताए। छिमेकी र प्रहरी घट्नास्थल आउँदासम्म दुवै साधन आगोले ध्वस्त भईसकेको उनले बताए। त्रियुगा नगरपालिकाबाट आएको दमकलले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिए पनि दुवै साधन कामै नलाग्नेगरी ध्वस्त भएका छन्।
आगोले टिनले छाएको ग्यारेजको छानोको बला र सरा पनि डढेर नष्ट भएका छन् भने छेउमै रहेको चिरान काठहरुसमेत जलेका छन्। पीडित राईले आगजनीबाट ६० लाख हाराहारी क्षति भएको बताए। झण्डै एकवर्षअघि किनेको ५५ लाखको स्कारपियो जीप र ४ वर्षअघि किनेको साढे ३ लाखको एभेन्जर मोटरसाईकल, ग्यारेज र काठ जलेर क्षति पुगेको उनको भनाई छ।
घरकै ग्यारेजमा पार्किङ गरि राखिएका साधनमा आगो लाग्नुको कारण थाहा नभएको तर, विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान छ। राईले आगजनी गर्ने गरी आफ्नो कसैसँग दुस्मनी नभएको पनि बताएका छन्। घट्नाबारे अहिलेसम्म यकिन हुन नसकेकाले प्रहरीले अनुन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले आगो कुनै आपराधिक मानसिक्ताका व्यक्तिले लगाएर वा विद्युत सर्ट भएर हो भन्नेबारे अनुसन्धान भईरहेको बताए। घट्नामा संलग्न भएको आशंकामा एक युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पनि उनले बताएका छन्।