मोरङको सुन्दरहैँचा नगरपालिका–४ स्थित बलियामा रहेको एक होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बलियाको श्रेष्ठ होटल एण्ड फेमेली होटलको एउटा कोठामा होटल सञ्चालकसहित अन्य २ जना मिलेर बेलबारीकी ३५ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ।
सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी पक्राउ परेका छन्। श्रेष्ठद्वय माघ ८ गते शनिबार घटना सार्वजनिक भएको दिनमै पक्राउ परेका थिए भने दर्जी फरार भएका थिए।
फरार भएका दर्जीलाई इलामको सूर्योदय नगरपालिका–१२ स्थित तीनघरेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरुले गत माघ ७ गते बेलुका साढे ५ बजे महिला इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याइ दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पु¥याएर जबरजस्ती करणी गरेको खुल्न आएको छ।
पक्राउ परेका ३ जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।