बेपत्ता भएको १२ दिनपछि मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ।
आइतबार दिउँसो चारकोसे जंगलमा ढलेको रुखको जराभित्र २६ वर्षीय बाबुराम भट्टराईको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ। उनी १२ दिनदेखि बेपत्ता भएको र सडेर दुर्गन्धित बनेको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए। उनका अनुसार शव सडेको हुँदा स्पष्ट पहिचान नखुलेपछि आफन्त र परिवारका सदस्यमार्फत पहिचान गरिएको हो। भट्टराईका परिवारले उनको हत्या गरी शव रुखको जराभित्र लुकाइएको हुँदा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
पुस २७ गते मच्छिन्द्र मेला हेर्न भनेर घरबाट हिँडेका भट्टराईको १२ दिनपछि जंगलमा शव भेटिनुले घटना शंकास्पद देखिन्छ, एसपी जिसीले भने, ‘शरीरका सबै भाग सडेर दुर्गन्धित बनेको अवस्थामा शव भेटिएको र अनुहार पनि नचिनिने गरी कुहिएका कारण सुरुमा प्रहरीले यकिन गर्न नसकेपछि परिवारका सदस्यले शवको पहिचान गरेका हुन्।’
घटनाको थप विवरण शव पोस्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानबाट खुल्ने भएकाले हामीले घटनाको सुक्ष्म अनुसन्धान थालिसकेका छौं, एसपी जिसीले भने। शवको पोस्टमार्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। मृतक भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे।
खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि करिब २ किलोमिटर पूर्व र देवीझोडा जानेभित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएको हो। प्रहरीका अनुसार गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शव देखेपछि खबर गरेका थिए। मेला जाने भनेर घरबाट हिँडेका भट्टराई सम्पर्कविहीन भएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजी गरी दिन निवेदन दिएका थिए। खोजतलासमा प्रहरीले चासो नदिएको र सडेर दुर्गन्धित भइसकेपछि शव भेटिएको आफन्तले गुनासो गरेका छन्।
प्रहरीका अनुसार पुस २८ गतेसम्म मेलामा स्थानीयले भट्टराईलाई देखेको र त्यहाँ केही युवासँग विवादसमेत भएको बताएका छन्। त्यस क्रममा उनको हत्या गरेर शव जंगलमा लुकाइएको हुनसक्ने प्रहरीले शंका गरेको छ। लामो समयदेखि बेपत्ता भएका युवकको खोजी कार्यमा प्रहरीले चासो नदिएको र पटक पटक गुनासो गर्दा समेत कुनै सुनुवाइ नगरेको भन्दै स्थानीयले शव उठाउन केहीबेर अवरोध गरे। प्रहरीले घटनाका बारेमा अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य विवरण बाहिर ल्याउने प्रतिबद्धता जनाएपछि शव उठाउन दिएका थिए।