काठमाडौँमा तीन व्यक्ति मृत्त फेला
०८ माघ २०७८
•
१ मिनेट पाठ
काठमाडौँमा तीन व्यक्ति मृत्त फेला
काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।




यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
अर्को समाचार
बुढानीलकण्ठमा कांग्रेस–एमाले टक्कर
२६ वैशाख २०७९
•
५ मिनेट पाठ
बुढानीलकण्ठमा कांग्रेस–एमाले टक्कर
स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्। राजधानीको बुढानीलकण्ठ नगरपालिकामा दुई मुख्य प्रतिस्पर्धीहरू नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले घरदैलोदेखि प्रचारप्रसारसम्मलाई निरन्तरता दिइरहेका छन्।




बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले निर्वाचन आफ्नो पोल्टामा पर्नेभन्दा मत काट्ने सम्भावना अत्यधिक देखिन्छ। सत्तारूढ राजनीतिक दलहरूबीच सहमति नजुटेपछि बुढानीलकण्ठ नगरपालिका मेयरमा नेपाली कांग्रेसबाट विनोद चालिसे, नेकपा एमालेबाट मिठाराम अधिकारी, नेकपा समाजवादीबाट बालकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी र स्वतन्त्र उम्मेदवार सुमित खरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रमा राई, नेकपा एमालेबाट अनिता लामा, नेकपा एकीकृत समाजवादीबाट प्रमिला सापकोटा र माओवादी केन्द्रबाट कमला गौतमले प्रतिस्पर्धा गर्दैछन्। १३ वडा रहेको बुढानीलकण्ठ नगरपालिकामा यसपटक विभिन्न पदमा गरी ३ सय ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये मेयरमा १५, उपमेयरमा ६, वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बुढानीलकण्ठ नगरपालिका मेयरमा १३ हजार २ सय ४६ मतसहित नेकपा एमालेका उद्धव खरेल र उपमेयरमा १३ हजार १ सय ८८ मतसहित एमालेकी रमादेवी राई विजयी भएका थिए। कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्। २०७४ स्थानीय तह निर्वाचनमा वडा नं. ४ र ६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।

यसपटक वडा नं. १० र १३ मा कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन्। धेरै मतदाता रहेको वडा नं. १० मा कांग्रेसले वडाध्यक्ष, २ सदस्य र नेकपा एकीकृत समाजवादीले २ उठाएर तालमेल गरिएको छ। त्यस्तै वडा नं. १३ नम्बरमा गठबन्धनले कांग्रेसको वडाध्यक्षसहित २ सदस्य र नेकपा माओवादी केन्द्रले दुई जना सदस्य उठाएका छन्। बुढानीलकण्ठ नगरपालिकाका एमाले नेता पुरुषोत्तम नेपालले वडा नं. १२ मा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। बुढानीलकण्ठ नगरपालिका वडा नं. २, ३, ११ र १२ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको प्रभाव देखिए पनि स्वतन्त्र उम्मेदवार सुमित खरेलको भूमिका निर्णायक हुने भएको छ।

वडा सदस्यमा तालमेल गरेर नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले मेयर र उपमेयरमा नेपाली कांग्रेसलाई मतदान गर्ने सहमतिका कारण नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको हो। यद्यपि मुख्य राजनीतिक दलले मेयर र उपमेयरमा आ–आफ्नो उम्मेदवार उठाएका छन्। नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार बालकृष्ण श्रेष्ठले तुलनात्मक रूपमा धेरै मत काट्ने सम्भावना देखिएको छ।

२०५४ सालमा विष्णु–बुढानीलकण्ठ गाविसको अध्यक्षसमेत भइसकेका उनले यसअघिको निर्वाचनमा वडा नं. ३ मा वडाध्यक्ष जितिसकेका छन्। ‘बुढानीलकण्ठ नगरपालिकाको सामाजिक, आर्थिक र राजनीतिक विकासको लागि मैले मेयरमा उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘मेरो अनुभवले प्रशासकीयदेखि पूर्वाधार निर्माणसम्ममा जनताको पहुँच हुनुपर्छ। यस क्षेत्रमा तुलनात्मक रूपमा विकास भए पनि जनताले सहज रूपमा त्यसको उपभोग गर्न पाएका छैनन्। यस प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मलाई लाग्छ।’

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले सरल जनप्रतिनिधि, जनता हाम्रो निधि, हिंसामुक्त समाज, परिवर्तनका आवाज, विपद्मा राहत, गरिबीविरुद्ध संघर्ष, पर्यटन बजार, सुलभ स्वास्थ्य, शान्ति सु–व्यवस्था, उद्यमशीलता र रोजगार, कृषि तथा सहकारी आधार, शिक्षाको घाम, पर्यावरण जोगाम्, लैंगिक समानता, विभेदलाई निषेध, युवाहरू विशेष, स्थानीय कला, संस्कृति, सभ्यता हाम्रो पुँजी र सौन्दर्यता, अनलाइन वेस,पेपरलेस, सहज सेवा प्रभावकारिता र  

सुशासनमा जोड भ्रष्टाचार निर्मूल गरी १० बुँदे प्रतिबद्धता गरेका छन्। उनले सुन्दर बुढानीलकण्ठ नगरपालिकाको परिकल्पना गर्दै कपन ह्यान्डबल बहुउद्देश्यीय खेल पूर्वाधार, बुढानिलकण्ठ–चक्रपथ योजना पूरा गरेर यातायात सञ्चालन, नगर अस्पताल संचालन र नागरिक स्वास्थ बीमा, बुढानीलकण्ठ संग्रहालय तथा सिर्जनाग्राम निर्माण, पर्यटकीय पैदल तथा साइकल मार्ग निर्माण, खुला पार्क निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रम, उज्यालो र सुरक्षित बुढानीलकण्ठ परियोजना, बुढानीलकण्ठ मन्दिर गुरुयोजना कार्यान्वयन, प्रविधिमैत्री तथा सुसाशनयुक्त सेवा, एक घर एक पानीसहितको धारा, प्राविधिक, व्यवहारिक र जीवनोपयोगी शिक्षा र फोहोरमैला व्यवस्थापन तथा वातावरण दिगो संरक्षणको घोषणा गरेका छन्।  

कांग्रेसका मेयर उम्मेदवार विनोद चालिसे प्रतिबद्धता पत्रमा सेवाप्रवाहमा सुधार र सुशासनमुक्त नगर प्रशासनको लागि गुरूयोजना बनाएर विकास निर्माणको काम अघि बढाउने, करको दर घटाउने र दायरा बढाउने, अनलाइन पद्धतिबाट सेवा दिने, बस्न लायक सहर घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण कार्य अघि बढाउने, सबै वडालाई सडक सञ्जालसँग जोड्दै सुचारु यातायात सेवा र पैदलयात्रुमैत्री संचनाको विकास गर्ने, स्थानीय मौलिक धार्मिक तथा सांस्कृतिक धरोहर, मन्दिर, जात्रा, पर्व, कला, संस्कृति, भाषाको सम्वद्र्धन र संरक्षणको लागि पहल गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुविधाहरू वृद्धि गर्ने, स्वास्थ्य चौकीको स्तरोन्नतिका साथै विशेषज्ञ सुविधासहित नगर अस्पताललाई सञ्चालन गर्ने, फोहोरमैला व्यवस्थापन गर्न संरचना बनाउने, वातावरण संरक्षण, पर्यापर्यटन र अध्ययन अनुसन्धान केन्द्रको विकास गर्ने, वातावरणमैत्री सूचना प्रविधिजन्य, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने, स्वरोजगारका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्ने, भूमिगत पानीको दोहनलाई निरुत्साहित गर्ने, खेल मैदानको निर्माण र प्रविधियुक्त व्यवस्थित नगर बनाउनेलगायत योजना सार्वजनिक गरेका छन्।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस