टिपर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक यात्रुको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
शुक्रबार साँझ ५ः०० बजे जलजलेबाट गाईघाट आउँदै गरेको स १ ख ७२१ नम्बरको टिपरसँग जलजलेतर्फ जाँदै गरेको प्र २–०१–००३ प ८४९१ नम्बरको मोटरसाइकलसँग ठोक्किदा मोटरसाइकल पछाडि सवार दिलिप दुलालको निधन भएको हो।
३१ वर्षीय दुलाल त्रियुगा नगरपालिका ५ देउरीको भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालक प्रभुनारायण चौधरी र पछाडि सवार दुलाल गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएकोमा उपचारकै क्रममा दुलालको राति ९ः०० बजे निधन भएको प्रहरीले जनाएको छ। चौधरीको उपचार भइरहेको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।
टिपर र टिफर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ वर्षीय मेखबहादुर राउतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ। मृतकको शव पोष्टमार्टम भइरहेको छ भने घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।