'धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ'
१५ पौष २०७८
•
१ मिनेट पाठ
'धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ'
गुरूङ समुदायको चाड तो ल्हो ल्होसार/ल्होछार (बाघ वर्ग)को आगमनको अवसरमा आयोजित कार्यक्रममा आफ्नो जातीय पहिरनमा सजिएका महिला। तस्बिरः चुमन/नागरिक
गुरुङ समुदायहरुको चाड तो ल्हो ल्होसार/ल्होछार (बाघ वर्ग)को आगमनको अवसरमा बिहीबार विराटनगरमा विविध कार्यक्रम गरी मनाएका छन्।




तमु ह्यूला छोज धीं महानगर कमिटीले विराटनगरले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा भाषा, धर्म, संस्कृतिको जर्गेना र संरक्षण गरिनुपर्ने सहभागीहरुले बताए। कार्यक्रममा शुभकामना दिँदै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले धर्म संस्कृतिको रक्षा गर्दै यस्ता साँस्कृतिक पर्वले समाजमा भाइचारा कायम गर्ने बताए।

उनले भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै सबै धर्मको सम्मान गरेर पर्वहरु मनाउनु पर्नेमा जोड दिए। ‘नेपालमा सबै जातजातिको बसोबास रहेको छ। यो हाम्रो देशको विशेषता हो,’ पराजुलीले भने, ‘आफ्नो संस्कृति बिर्सनु हुँदैन। सबै जातजातिले आफ्नो संस्कृतिहरु पुस्ता हस्तान्तरण गर्दै संरक्षण गरे मात्र हाम्रो पहिचान रहन्छ।’ गुरूङ सामुदायको गुम्बा निर्माणका लागि महानगरपालिकाले जग्गा पनि उपलब्ध गराउने बताए।

कार्यक्रममा तमु ह्यूला छोज धीं महानगरका सचिव राजेश गुरूङले विराटनगर क्षेत्रमा २०६५ सालदेखि गुरूङ समुदायहरु एकीकृत भएर आफ्नो भाषा, धर्म संस्कृतिको संरक्षणमा लाग्दै आएको बताए। धर्म, संस्कृतिको संरक्षणमा स्थानीय र प्रदेश सरकारले भूमिका खलिदिनुपर्ने उनले बताए। कार्यक्रममा तमु ह्यूला छोज धीं विराटनगरको अध्यक्ष अमित गुरूङ, उपाध्यक्ष तारा घले गुरुङलगायतको उपस्थित रहेको थियो।
अर्को समाचार
दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल
०२ वैशाख २०८०
•
५ मिनेट पाठ
दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल
राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्।




वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन्। यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन्। देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन्। यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन्।

तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन्।

गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए। उनका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन्। ‘नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो‘, उनले भने। महेश गुरुकुलमा शास्त्री र आचार्य ९स्नातक र स्नातकोत्तर०, परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको उनले बताए।
वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताए। शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको उनको भनाइ थियो।

‘सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवासीयसहित वटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ’, व्यवस्थापक गिरीले भने, ‘आर्थिक व्यवस्थापन गर्न समस्या छ, दानदाताको भरमा यहाँका आश्रम तथा गुरुकुल सञ्चालित छन्।’ उनका अनुसार यहाँका सबै गुरुकुल मुठ्ठीदानको भरमा सञ्चालित छन्।

गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ। नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ।

‘दातालाई फरक तवरबाट व्यवस्थित गरिएको छ, अन्नदाता, शिक्षाका लागि दान गर्न चाहने व्यक्तिलाई एक वर्षमा एक जना वटुकका निम्ति सहयोग गर्न अपिल गर्ने तथा अन्य सहयोग सङ्कलन गर्ने अभियानमार्फत गुरुकुल सञ्चालन गरेका छौँ’, गिरीले भने। विभिन्न स्थानमा गएर गुरुकुलको प्रचार–प्रसार गरी अन्नदाता र शैक्षिकदाता सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै आएको उनको  भनाइ थियो।
शैक्षिकदातासँग वार्षिकरूपमा प्रतिवटुकलाई लाग्ने रू १२ हजार वार्षिक तिथि, जन्मदिनको अवसरलगायतमा सहयोग गर्न आग्रह गर्ने गरिएको उनले बताए।   विश्वविद्यालयबाट महेश संस्कृत गुरुकुलका लागि तीन जना गुरु प्राध्यापनमा आउनुभएको व्यवस्थापक गिरीले जानकारी दिए।

भौतिक विकासका लागि भूमि दान महाअभियान सञ्चालन गरिएको छ। दानदातासँग सहयोगको अपिल गरेर नै भौतिक विकास अगाडि बढिरहेको गुरुकुलले जनाएको छ। दानदाताको भरमा गुरुकुल सञ्चालन भइरहेको  वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए।  त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको  भनाइ थियो। देवघाटधाममा आउने भक्तजनले संस्कृत गुरुकुललाई बढी सहयोग गर्ने नन्दप्रसादको भनाइ थियो।

महेश संस्कृत गुरुकुलमा कक्षा ९ मा अध्ययनरत वटुक समीर न्यौपाने नुवाकोटबाट संस्कृत विद्या हासिल गरी हिन्दू धर्म, संस्कार र संस्कृतिलाई जीवन्त राख्न प्रेरित भएको बताए। ‘विद्यालयमा अध्ययनकै क्रममा काठमाडौँ भ्रमण जाँदा गुरुकुलमा पुगेपछि संस्कृत अध्ययनतर्फ आकर्षित भएको हुँ, परिवारबाट पनि संस्कृत अध्ययन गर्न प्रेरित गरिरहनुभएको थियो, यहाँ आएपछि थप आकर्षित भएँ र अध्ययनका लागि आएको हुँ’, न्यौपानेले भने।

बर्दियाबाट आएर महेश संस्कृत गुरुकुलमा कक्षा १२ मा अध्ययनरत वटुक प्रभात रिजालले संस्कृत भन्नेबित्तिकै अपनत्व लागेर अध्ययन गरिरहेको बताए। ‘संस्कृत विषय आफ्नो विषय जस्तो लाग्छ, संस्कृतले धर्म, संस्कार र संस्कृतिसँग जोडेको पाएँ, अध्ययनकै क्रममा संस्कृत विषय अझ बृहत् रहेछ भनेर बुझेँ, अनुसन्धानात्मक रूपमा अध्ययनरत छु’, उनले भने।

महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले भने, ‘न्याय हराए गोर्खा जानु, विद्या हराए कासी जानु भन्ने गर्दथ्र्यौँ, अहिले त्यो कथन फेरिएको छ, विद्या हराए देवघाट जानु भन्ने प्रचलन बढेको छ।’ अहिले वार्षिक एक जना बटुक भारतबाट संस्कृत अध्ययनका लागि यहाँ आउने गरेका उनले बताए।  ‘विद्या चाहिए देवघाट आउनु भन्ने गरेका छौँ, कासी, बनारस, भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकका बालबालिका यहाँ संस्कृत अध्ययनका लागि आउने गरेका छन्’, उनको भनाइ थियो। देवघाटधाममा सञ्चालित गुरुकुल पवित्रस्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट वटुक संस्कृत शिक्षा लिन आउने गरेका हुन्।
महेश संस्कृत गुरुकुलबाट विद्यावारिधि गरेका प्राचार्य नेपालका त्रिविवि, शिक्षण पेसामा आबद्ध छन् भने भारतलगायत विभिन्न देशमा संस्कृत तथा नेपाल भाषा अध्यापनमा सम्बद्ध रहेका गुरुकुलले जनाएको छ।

गुरुकुललाई मुलधारको शिक्षा होइन कि भन्ने वटुकमा नकारात्मक सन्देश प्रवाह नहोस् भनेर महेश संस्कृत गुरुकुलले कक्षागतरूपमा अध्यापन गरिरहेको व्यवस्थापक गिरीले बताए। ‘धार्मिक शिक्षाका लागि प्रदेश सरकारबाट हुने सहयोग भने लिइरहेका छौँ”, उनले भने।

संस्कृत शिक्षालाई परिस्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा वटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ। संस्कृत विषयको छुट्टै नभई मूलधारकै विषय भएको महसुस गराउन आवश्यक रहेको प्रधानाचार्य पौडेलले बताए। आधुनिक शिक्षासँगै संस्कृत शिक्षामा रुचि राख्ने बालबालिकालाई अध्ययनका लागि सरकारबाटै उचित व्यवस्थापन भए गुरुकुलमा बसेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। रासस 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस