पृथ्वी राजमार्ग विस्तारः स्थानीयलाई रक क्लाइम्बिङ हुने चुनपहरोको चिन्ता
११ पौष २०७८
•
४ मिनेट पाठ
पृथ्वी राजमार्ग विस्तारः स्थानीयलाई रक क्लाइम्बिङ हुने चुनपहरोको चिन्ता
तनहुँको बन्दीपुर–४ बिमलनगरको चुनपहरोमा रक क्लाइम्बिङ गरिँदै। तस्बिरः नागरिक
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पर्छ चुनपहरा। चुनपहराको फेंदबाट करिब २५ मिटर टाढा पृथ्वी राजमार्ग जोडिन्छ। राजमार्गको नजिकैबाट मर्स्याङ्दी नदी पनि बगिरहन्छ। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तारको काम सुरु भएको छ। राजमार्ग कम्तीमा चार लेनको बन्दैछ।




राजमार्ग विस्तारको क्रममा चुनपहरो केही खण्ड पनि भत्काउनुपर्ने अवस्था आउने र त्यसले पहरोमा भइरहेको रक क्लाइम्बिङलाई असर पर्ने भन्दै स्थानीयले पहरो जोगाउने पहल थालेका छन्। पहरोमा २०६४ देखि रक क्लाइम्बिङ सुरु भएको हो। रक क्लाइम्बिङको प्रशिक्षणस्थलसमेत रहेको पहरो भत्काइएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने स्थानीयको चिन्ता छ।

स्थानीयले कुनै पनि हालतमा चुनपहरो भत्काउन नहुने बताइरहेका छन्। हिमाल आरोहणका स्वदेशी र विदेशी आरोहीले त्यही चुनपहरोमा अभ्यास गर्ने भएकोले कुनै पनि हालतमा पहरो भत्काउन नहुने स्थानीयले बताएका छन्। राजमार्गको नजिकै भएर बग्ने मर्स्याङ्दी नदीको धार परिवर्तन गरेर भए पनि पहरो बचाउनुपर्ने उनीहरूको भनाइ छ। विकल्प हुँदाहुँदै पनि पहरो भत्काउने प्रयास भएको स्थानीयको चिन्ता छ। पहरोबाट ठूलो परिमाणमा ढुंगा निस्कने भएकाले पनि त्यसैमा आँखा लागेको हुनसक्ने उनीहरूको आशंका छ।

पहरो बचाऊ अभियानका संयोजक लालकुमार श्रेष्ठका अनुसार पृथ्वी राजमार्ग फराकिलो बनाउने काम अघि बढेपछि आफूहरू खुसी भए पनि चुनपहरा कटान आफूहरूका लागि चिन्ताको विषय भएको बताए। गाउँलेले चुनपहरा कुनै पनि हालतमा बचाउनुपर्ने चाहना राखेको उनले बताए। ‘चुनपहरा हाम्रो गहना हो। यो पहरा काटियो भने यसले पर्यटनमा समेत असर पर्छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा पहराको ढुंगा कटान भन्ने देखिन सक्छ। तर यसले पर्यटनमा दिएको योगदान कम्तीको छैन।’ पहरो बचाउनकै लागि केन्द्रसम्म ध्यानाकर्षण गराएको उनले बताए।

‘चुनपहरामा रक क्लाइम्बिङ हुन थालेको धेरै वर्ष भयो। साहसिक पर्यटकीय गतिविधिका लागि यो पहरोको ठूलो महत्व रहेको छ,’ उनले भने, ‘राजमार्ग बिस्तारको क्रममा पहरो नै विस्फोट गरेर फुटाइयो भने यहाँका गतिविधि रोकिनेछन्। त्यसले पर्वतारोहीलाई समेत असर पार्नेछ। किनकी पर्वतारोही प्रशिक्षणका लागि यही पहरोमा आउँछन्।’ हिमाल आरोहीले यही पहरोमा प्रशिक्षण लिने भएकाले पनि पहरोको महत्व रहेको उनले बताए।

अन्नपूर्ण क्षेत्र प्रवेशको नाकामा पर्ने भएकोले पनि यो पहरोले पर्यटनमा विशेष अर्थ राख्ने उनले बताए। ‘सबैको पहुँचमा यो पहरो रहेको छ। राजमार्गबाट नजिक पर्ने र आउजाउका लागि सहज भएकोले पनि यहाँ साहसिक गतिविधि गर्न उपयुक्त छ। पोखरा आउजाउकै क्रममा यहाँ रक क्लाइम्बिङ हुने गरेको छ,’ उनले भने, ‘पहरो नै फुटाइयो भने पर्यटनको साहसिक गतिविधिमा मार पर्नेछ। यसले नेपालको पर्यटन क्षेत्रमै असर पार्छ।’ उनका अनुसार रक क्लाइम्बिङका लागि उपयुक्त पहरा अन्यत्र पनि छन, तर चुनपहरो जत्तिको सहज र पहुँचयुक्त पहरो अन्यत्र छैनन। त्यसले गर्दा पनि यो पहरो जोगाउनुपर्ने आवश्यक छ। यही पहरोनजिक सिद्ध गुफा पनि छ। त्यसबाहेक पर्यटकीय केन्द्र बन्दीपुर पनि यसैको सिरानमा पर्छ।

२०६४ का रक क्लाइम्बिङ सुरु भएको यो पहरोमा १६० वटा फलामे नटबोल्ट गाडिएका छन। त्यही नटबोल्टमा झुण्डिएर पर्यटक र आरोहीले रक क्लाइम्बिङ गर्छन। ७० मिटर उचाईको पहरोमा अहिले २७ वटा रुटमार्फत रक क्लाइम्बिङ गर्न मिल्छ। कोरोना संक्रमण सुरु हुनुअघि वर्षमा करिब ५ सय जना विदेशी पर्यटक रक क्लाइम्बिङ गर्नकै लागि आउँथे। केही स्वदेशी पनि हुने गर्दथे। ‘पहरो फुटाएर ढुंगा निकाल्न सक्ने हो भने पृथ्वी राजमार्गका लागि आवश्यक ढुंगा यही पहरोबाट पुर्‍याउन सकिने भएकोले पनि आँखा लागेको हुनसक्छ। हामी त्यो हुन दिन्नाैं,’ उनले भने।

स्थानीय पहरोको विकल्प पनि दिएका छन्। पारि गोरखा जिल्ला पर्ने र छोटो दूरीमा मर्स्याङ्दी नदीमाथि दुईवटा पक्की पुल भएकाले अहिलेकै खण्डलाई एकतर्फी बनाउँदै अर्काे सडक गोरखा हुँदै जोड्न सकिन्छ। त्यसो गर्दा पहरो कटान गर्नुपर्दैन। गोरखा र तनहुँलाई मर्स्याङ्दी नदीले छुट्याएकोले गोरखाखण्डमा नदीको धार परिवर्तन गर्न सके तनहुँ खण्डमा पर्ने पहरो भत्काउनु आवश्यक पर्दैन। किनकी खोलाको धार अलिकति मात्र गोरखातिर लैजान सकेमा तनहुँ खण्डमा ठाउँ पर्याप्त हुने र त्यहाँ तलबाटै ढुंगाको पर्खाल उठाएर राजमार्ग विस्तार गर्न सकिन्छ। ‘हामीले पर्याप्त विकल्प पनि दिएका छौ। पहरो फुठाउनु आवश्यक छैन,’ उनले भने। यो पहरोको लम्बाइ झन्डै एक सय मिटरसम्म छ। अहिले पहरोकै कारण केही खण्ड साँघुरो पनि छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा पहरो उपयोगविहीन तरिकाले बचाउनका लागि मात्र नभई साहसिक पर्यटनका लागि महत्व रहेको बताए। ‘चुन पहरोको रक क्लाइम्बिङ कुनैपनि हालतमा बचाउन जरुरी छ, किनकी यो पहरो प्रकृतिले दिएको उपहार हो,’ अध्यक्ष थापाले भने, ‘पहरोमा साहसिक पर्यटकीय गतिविधि गरेर नेपालकै पर्यटन क्षेत्रले लाभ लिएको छ। यो स्थानीयको लाभको विषय मात्र होइन।’

अध्यक्ष थापाका अनुसार नेपालमा हिमाल आरोहणको अभ्यासमा जाने विदेशी र स्वदेशी आरोहीले चुचुरोमा डोरीमा झुन्डिएर कसरी आरोहण पुरा गर्ने भन्ने सिक्नका लागि यही पहरोमा आउँछन। ‘राष्ट्रिय रूपामा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि यो पहरोको महत्व छ। राजमार्ग र पहरोको दुरी टाढा छैन,’ उनले भने, ‘तर, इच्छाशक्ति भए जोगाउन सकिन्छ। राजमार्ग फराकिलो बनाउन पर्याप्त विकल्प छन। पहरो विस्फोटलाई मात्र ध्यान दिनु भएन, विकल्प पनि हेर्नुपर्छ।’ पहरो भत्काउनेको साटो मर्स्याङ्दीलाई धार परिवर्तन गराउने, टनेल बनाएर सडक विस्तार गर्नेलगायतका धेरै विकल्प रहेको उनले बताए।
अर्को समाचार
पृथ्वी राजमार्ग बिस्तारः रक क्लाईम्बिङ हुने चुनपहरोको स्थानीयलाई चिन्ता
१० पौष २०७८
•
४ मिनेट पाठ
पृथ्वी राजमार्ग बिस्तारः रक क्लाईम्बिङ हुने चुनपहरोको स्थानीयलाई चिन्ता
तनहुँको बन्दीपुर–४ बिमलनगरको चुनपहरोमा रक क्लाइम्बिङ गरिँदै। तस्बिरः नागरिक
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा पर्छ चुनपहरा। चुनपहराको फेँदबाट करिब २५ मिटर टाढा पृथ्वी राजमार्ग जोडिन्छ। राजमार्गको नजिकैबाट मस्र्याङदी नदी पनि बगिरहन्छ। अहिले पोखरा–मुग्लिन राजमार्ग बिस्तारको काम सुरु भएको छ। राजमार्ग कम्तिमा चारलेनको बन्दैछ।




राजमार्ग बिस्तारको क्रममा चुनपहरो केही खण्ड पनि भत्काउनुपर्ने अवस्था आउने र त्यसले पहरोमा भईरहेको रकक्लाइम्बिङलाई असर पर्ने भन्दै स्थानीयले पहरो जोगाउने पहल थालेका छन्। पहरोमा २०६४ देखि रक क्लाइम्बिङ सुरु भएको हो। रक क्लाइम्बिङको प्रशिक्षणस्थल समेत रहेको पहरो भत्काइएको खण्डमा अहिले भईरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने स्थानीयको चिन्ता छ।

स्थानीयले कुनैपनि हालतमा चुनपहरो भत्काउन नहुने बताईरहेका छन। हिमाल आरोहणका स्वदेशी र विदेशी आरोहीले त्यही चुनपहरोमा अभ्यास गर्ने भएकोले कुनैपनि हालतमा पहरो भत्काउन नहुने स्थानीयले बताएका छन्। राजमार्गको नजिकै भएर बग्ने मस्र्याङदी नदीको धार परिवर्तन गरेर भएपनि पहरो बचाउनुपर्ने उनीहरुको भनाई छ। विकल्प हुँदाहुँदै पनि पहरो भत्काउने प्रयास भएको स्थानीयको चिन्ता छ। पहरोबाट ठुलो परिमाणमा ढुंगा निस्कने भएकोले पनि त्यसैमा आँखा लागेको हुनसक्ने उनीहरुको आशंका छ।

पहरो बचाउँ अभियानका संयोजक लालकुमार श्रेष्ठका अनुसार पृथ्वी राजमार्ग फराकिलो बनाउने काम अघि बढेपछि आफुहरु खुसी भएपनि चुनपहरा कटान आफुहरुका लागि चिन्ताको विषय भएको बताए। गाउँलेले चुनपहरा कुनैपनि हालतमा बचाउनुपर्ने चाहना राखेको उनले बताए। ‘चुनपहरा हाम्रो गहना हो। यो पहरा काटियो भने यसले पर्यटनमा समेत असर पर्छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा पहराको ढुंगा कटान भन्ने देखिन सक्छ। तर यसले पर्यटनमा दिएको योगदान कम्तिको छैन।’ पहरो बचाउनकै लागि केन्द्रसम्म ध्यानाकर्षण गराएको उनले बताए।

‘चुनपहरामा रक क्लाइम्बिङ हुन थालेको धेरै वर्ष भयो। साहसिक पर्यटकीय गतिविधिका लागि यो पहरोको ठुलो महत्व रहेको छ,’ उनले भने, ‘राजमार्ग बिस्तारको क्रममा पहरो नै विस्फोट गरेर फुटाइयो भने यहाँका गतिविधि रोकिनेछन। त्यसले पर्वतारोहीलाई समेत असर पार्नेछ। किनकी पर्वतारोही प्रशिक्षणका लागि यही पहरोमा आउँछन।’ हिमाल आरोहीले यही पहरोमा प्रशिक्षण लिने भएकोले पनि पहरोको महत्व रहेको उनले बताए।

अन्नपूर्ण क्षेत्र प्रवेशको नाकामा पर्ने भएकोले पनि यो पहरोले पर्यटनमा विशेष अर्थ राख्ने उनले बताए। ‘सबैको पहुँचमा यो पहरो रहेको छ। राजमार्गबाट नजिक पर्ने र आउजाउका लागि सहज भएकोले पनि यहाँ साहसिक गतिविधि गर्न उपयुक्त छ। पोखरा आउजाउकै क्रममा यहाँ रक क्लाइम्बिङ हुने गरेको छ,’ उनले भने, ‘पहरो नै फुटाइयो भने पर्यटनको साहसिक गतिविधिमा मार पर्नेछ। यसले नेपालको पर्यटन क्षेत्रमै असर पार्छ।’ उनका अनुसार रक क्लाईम्बिङका लागि उपयुक्त पहरा अन्यत्र पनि छन, तर चुनपहरो जत्तिको सहज र पहुँचयुक्त पहरो अन्यत्र छैनन। त्यसले गर्दा पनि यो पहरो जोगाउनुपर्ने आवश्यक छ। यही पहरो नजिक सिद्ध गुफा पनि छ। त्यसबाहेक पर्यटकीय केन्द्र बन्दीपुर पनि यसैको सिरानमा पर्छ।

२०६४ का रक क्लाइम्बिङ सुरु भएको यो पहरोमा १६० वटा फलामे नटबोल्ट गाडिएका छन। त्यही नटबोल्टमा झुण्डिएर पर्यटक र आरोहीले रक क्लाइम्बिङ गर्छन। ७० मिटर उचाईको पहरोमा अहिले २७ वटा रुटमार्फत रक क्लाइम्बिङ गर्न मिल्छ। कोरोना संक्रमण सुरु हुनुअघि वर्षमा करिब ५ सय जना विदेशी पर्यटक रक क्लाइम्बिङ गर्नकै लागि आउँथे। केही स्वदेशी पनि हुने गर्दथे। ‘पहरो फुटाएर ढुंगा निकाल्न सक्ने हो भने पृथ्वी राजमार्गका लागि आवश्यक ढुंगा यही पहरोबाट पु¥याउन सकिने भएकोले पनि आँखा लागेको हुनसक्छ। हामी त्यो हुन दिन्नौ,’ उनले भने।
स्थानीय पहरोको विकल्प पनि दिएका छन्। पारिपट्टी गोरखा जिल्ला पर्ने र छोटो दुरीमा मस्र्याङदी नदीमाथि दुईवटा पक्कि पुल भएकोले अहिलेकै खण्डलाई एकतर्फी बनाउँदै अर्काे सडक गोरखा हुँदै जोड्न सकिन्छ। त्यसो गर्दा पहरो कटान गर्नुपर्दैन। गोरखा र तनहुँलाई मस्र्याङदी नदीले छुट्याएकोले गोरखाखण्डमा नदीको धार परिवर्तन गर्न सके तनहुँ खण्डमा पर्ने पहरो भत्काउनु आवश्यक पर्दैन। किनकी खोलाको धार अलिकति मात्र गोरखातिर लैजान सकेमा तनहुँ खण्डमा ठाउँ पर्याप्त हुने र त्यहाँ तलबाटै ढुंगाको पर्खाल उठाएर राजमार्ग बिस्तार गर्न सकिन्छ। ‘हामीले पर्याप्त विकल्प पनि दिएका छौ। पहरो फुठाउनु आवश्यक छैन,’ उनले भने। यो पहरोको लम्बाई झन्डै एकसयमिटरसम्म छ। अहिले पहरोकै कारण केही खण्ड साँघुरो पनि छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा पहरो उपयोगविहीन तरिकाले बचाउनका लागि मात्र नभई साहसिक पर्यटनका लागि महत्व रहेको बताए। ‘चुन पहरोको रक क्लाइम्बिङ कुनैपनि हालतमा बचाउन जरुरी छ, किनकी यो पहरो प्रकृतिले दिएको उपहार हो,’ अध्यक्ष थापाले भने, ‘पहरोमा साहसिक पर्यटकीय गतिविधि गरेर नेपालकै पर्यटन क्षेत्रले लाभ लिएको छ। यो स्थानीयको लाभको विषय मात्र होईन।’

अध्यक्ष थापाका अनुसार नेपालमा हिमाल आरोहणको अभ्यासमा जाने विदेशी र स्वदेशी आरोहीले चुचुरोमा डोरीमा झुन्डिएर कसरी आरोहण पुरा गर्ने भन्ने सिक्नका लागि यही पहरोमा आउँछन। ‘राष्ट्रिय रुपामा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि यो पहरोको महत्व छ। राजमार्ग र पहरोको दुरी टाढा छैन,’ उनले भने, ‘तर, इच्छाशक्ति भए जोगाउन सकिन्छ। राजमार्ग फराकिलो बनाउन पर्याप्त विकल्प छन। पहरो विस्फोटलाई मात्र ध्यान दिनु भएन, विकल्प पनि हेर्नुपर्छ।’ पहरो भत्काउनेको साटो मस्र्याङदीलाई धार परिवर्तन गराउने, टनेल बनाएर सडक बिस्तार गर्ने लगायतका धेरै विकल्प रहेको उनले बताए।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस