उदयपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। सोमबार गस्तीमा रहेको इलाका प्रहरी कार्यालय कटारीको टोलीले स्थानीय बैजनाथ र तावा खोला दोभानमा बोरामा बेवारिसे गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरी नायव निरीक्षक (सई) कमाण्डको गस्ती टोली खोला दोभानमा पुग्दा लडिरहेको भरी बोरा भेटाएर खोली हेर्दा गाँजा भरिएको अवस्थामा भेटेर बरामद गरेको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
बरामद गाँजा इप्रका कटारीमा ल्याएर राखिएको छ।२४ किलो तौल गाँजा त्यहाँ कस्ले ल्याएर छाडेको भन्ने यकिन अहिलेसम्म भईनसकेको प्रहरीले जनाएको छ। अवैध गाँजा कारोबारी समूहले ओसारपसार गर्ने क्रममा मुलबाटो छलेर चोरबाटो लाँदै गर्दा प्रहरी देखेपछि फ्याँकेर भागेको अनुमान प्रहरीको छ। कटारी र सिराहाबीचको चुरे जंगल भएर चोरबाटो हुँदै यसअघि पनि गाँजा ओसारपसार हुने गरेको अवस्थामा बेलाबेला तस्कर पक्राउ पर्ने गरेको प्रहरी भनाई छ।