महाधिवेशनको महासागरमा 'बन्द आँखाको व्यापार'
२४ मंसिर २०७८
•
४ मिनेट पाठ
महाधिवेशनको महासागरमा 'बन्द आँखाको व्यापार'
मंसिरले विदाई मागिरहँदा पुस महिनाले आफ्नो प्रभुत्व जमाउँदै गएको छ। काठमाडौंमा जाडोले कब्जा गर्दै गर्दा कांग्रेसको चुनावी सरगमीले ५० डिग्री छुनै लागेको छ। कांग्रेसको नेतृत्व तहमा पदाधिकारीका लागि तछाडमछाड भइरहँदा आफ्ना नेतालाई माथि पार्न कार्यकर्ता तहमा समेत ठूलाठूला गफ सुनिन्छन्।




देशैभरबाट निर्वाचन प्रतिनिधि एवं कार्यकर्ता काठमाडौंमा जम्मा छन्। यस बीचमा विभिन्न नेताका कार्यक्रम तथा भाषणमा तिनको उपस्थिति बाक्लो देखिन्छ। महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कांग्रेस नेता गगन थापाको एक कार्यक्रममा नेता तथा कार्यक्रकर्ताको बाक्लो उपस्थिति रहेको थियो। एक घण्टा अगाडिदेखि नै युवा नेताको बुलन्द भाषण सुन्न कार्यक्रताहरू विभिन्न झुण्डमा विभाजित थिए।

यही भीडको बीचमा एक फरक दृश्य देखिरहेको थियो। अलिकति डर, अलिकति उत्साह र साहसका साथ आफ्नो सामानको व्यापारमा जुटेको। ‘मेरो सामान किनिदिनु न’ भन्दै झुण्डझुण्डमा गएर हातमा केही थान अगरबत्ती लिइ आफ्नो सामानको व्याख्या गरिरहेकी थिइन् एक महिला। एक हातमा सेतो छडीसँगै एक थान अगरबत्ती र अर्को हातमा केही थान अगरबत्ती अनि काँधमा झोला लिएर आफ्नो सामानको व्यापारमा जुटेकी थिइन् उनी।

नजिकै गएर परिचय लिँदा उनी थिइन् पार्वती श्रेष्ठ। दश वर्षदेखि अपाङ्ग दृष्टिविहीन संस्थामा आबद्ध भई जीविकोपार्जन गर्दै आएकी पार्वती भिडभित्रको आवाजले तान्दै कमलादिको प्रज्ञा प्रतिष्ठानभित्र पुगेकी थिइन्। यही भिडमा बिक्री गर्दै थिइन् आफ्नै उत्पादन अगरबत्ती।

बिहान ६/७ बजे घरबाट निस्केर राति ८/९ बजे घरमा पुग्नु उनको नियमित दिनचर्या हो। उनी भन्छिन्, ‘दैनिक सातदेखि नौ सयसम्मको आम्दानी हुन्छ।’ यसमै थप्छिन्, ‘गाह्रो छ आजभोलि। व्यापार नै हुँदैन।’ कोरोनाको कहरपछि व्यापार गर्न गाह्रो भएको उनले सुनाइन्।

उनको हातमा दुई खाले अगरबत्ती रहेछन्। एउटाको मूल्य सय र अर्कोको एक सय पचास। उक्त भीडमा आधा घण्टामा दुई थान बिक्री गरेको उनले बताइन्।

थोरै आशालाग्दो अनुहारले मलाई सोध्दै थिइन्, ‘कसरी बेच्ने होला अगरबत्ती? कन्भिन्स गर्नै गाह्रो छ। कसैले घरमै छ भन्नुहुन्छ। कसैले कार्यक्रम सकिएपछि किनौला भन्नुहुन्छ।’

धुपी, सल्ला, कोइला र कपुर लगायतका सामग्री प्रयोग गरी उनको समूहले अगरबत्ती उत्पादन गर्ने गर्दछ। ‘नौ जनाको हाम्रो समूहमा मिलेर काम गर्छौ। सबै दृष्टिविहीन मात्रै छौ।’ उनले थपिन्, ‘हामीलाई अन्य मानिसले समेत केही सहयोग गरेका छन्। तर,  अहिलेसम्म स्थानीय सरकार वा संघसंस्थाले कुनै किसिमको सहयोग गरेको छैन। सरकारबाट महिनाको दुई हजार भत्ता मात्रै पाएका छौ।’

अगरबत्ती बेचेर जीवन निर्वाह गर्न कठिन रहेको उनले दुखेसो पोखिन्। ‘अगरबत्ती बेचेर खान एकदमै गाह्रो छ। हामी दृष्टिविहीनहरूलाई।’

‘बालबच्चा छन्। दैनिक व्यवहार चलाउनुपर्छ। उनीहरूलाई पढाउनुपर्छ।’ दिक्दार भएर उनी भन्छिन् ‘उफ्, काठमाडौंको महँगी!’

अन्य समय अफिस तथा घरमा गएर बिक्री गरेको अनुभव उनले सुनाइन्। ‘हाम्रो ढोकाढोकामा किन आउँछौ भनेर कतिले गाली गर्नुहुन्छ। पसलपसलमा एक्लै गएर  खासै बिक्री हुँदैन। अफिसमा पालेले छिर्न दिँदैनन्।’ उनी भन्छिन्, ‘केही लगानी गर्ने पुँजी पाए योभन्दा अरू कुनै काम गर्न सकिन्थ्यो कि?’

दैलेख जिल्ला गुराँस गाउँपालिका घर भएकी पार्वतीको माइत तनहुँ हो। स्कुलका साथीको सहयोगमा दश वर्षअघि उनी सानो ठिमी भक्तपुरमा अहिलेको समूहमा आबद्ध भई काम गर्न थालेकी हुन्।

‘यसभन्दा अगाडि खासै केही काम गर्दैनथे। यता स्कुल पढ्दाको साथी हुनुहुन्थ्यो। साथीहरूमार्फत यहाँ आएँ।’ यसभन्दा अगाडि केही दिन माग्दै गुजारा चलाएको उनले लजाईलजाई सुनाइन्। ‘हामीसित माग्नुको विकल्प थिएन। माग्न अप्ठेरो लाग्यो कहिले नगरेको काम अनि एकदुई दिनमै छोडिदिएँ।’

अहिले गरिरहेको काम गर्न समेत सुरुवातमा असहज लागेको उनले बताइन्। ‘सुरुसुरुमा यो काम गर्न पनि अप्ठेरो लाग्थ्यो। सबै साथीले यो माग्ने काम होइन, गरिखाने काम हो, लजाएर हुँदैन भन्नुभयो अनि बिस्तारै बानी बस्दै गयो।’

उनी सडकछेउ गीत गाएर बस्ने र मागेर बस्नेलाई सुझाव समेत दिन्छिन्। ‘हामी भनेको अलिअलि पढेर आएका छौ। सडक छेउमा गीत गाएर बसेका मान्छेहरू प्रायः नपढेको हुनुहुन्छ। सकेसम्म आफ्नै केही काम गरे राम्रो’, आत्मविश्वासका साथ उनी भन्छिन्, ‘दृष्टिविहीन भए पनि केही गर्न त सकिन्छ नि। केही तालिम लिएर हुन्छ वा हामीजस्तै अगरबत्ती मार्केट गरेर पनि हुन्छ। माग्नु ठिक भएन माग्नु त ठिक हुँदै भएन।’

‘सहारा पाएँ हामी जे पनि गर्न सक्छौ। हामी आँखाको मात्रै कमजोर हौं।’ सरकारी वा गैरसरकारी संस्थाले सीपमूलक तालिम दिए वा केहीमा लगानी गरिदिए केही गर्न सकिन्थ्यो।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस