भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।
उनलाई छ साताभित्रमा ५ लाख (नेपाली ८ लाख)रुपैयाँ क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले बुधबार यस्तो आदेश दिएको हो।
पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसाद (दीपक जैसी)लाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो। जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाइ नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो।
मानसिक समस्या रहेका दुर्गाप्रसादलाई चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए। हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो।
दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले अदालतको पछिल्लो आदेशले अब यो मुद्दामा न्याय पाउने आशा गरेको बताए। ‘अहिले तत्कालका लागि मात्र क्षतिपूर्तिको आदेश भएको भन्ने सुनेका छौं,’ उनले नागरिकन्यूजसँग भने, ‘अदालतबाट ठूलो बुबाले न्याय पाउनुहुन्छ भन्ने आशा जीवितै छ।’ उनले हाइकोर्टको यो आदेशले परिवार खुसी भएको पनि बताए।
कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक फर्किएका थिए। उनले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहेका छन्।
घर फर्केपछि मानसिक स्वास्थ्यमा थप समस्या देखिएपछि तिम्सिनालाई करिब अढाई महिनायता विराटनगरस्थित मानवसेवा आश्रममा राखिएको छ। ‘उहाँको स्वास्थ्य अवस्था धेरै त सुध्रिएको छैन तर सुधारोन्मुख छ भन्ने जानकारी आएको छ,’ गोपालले भने, ‘हामी पनि कहिलेकाहीं त्यहाँ गएर भेटघाट गर्छौं।’
घरमा रहेका बेला दुर्गाप्रसादको पारिवारिक सामाजिकीकरणमा समस्या भएको थियो। लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो। १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको गोपालले बताए। उनको उपचारका लागि १ नम्बर प्रदेश सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन्।
२०३७ साल माघमा २० वर्षे उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए। त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका)मा थियो तर पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको हो। घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा उनी जेल परेका थिए। २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेको थियो।
१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्काे मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए। त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए।
यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो। जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो।
घर छाडेर हिँड्दा उनको नागरिकतासमेत बनाइएको थिएन। जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको छ।