अघिल्लाे राति सवारी दुर्घटनामा परी घाइते भएका स्थानीय एक वृद्धको बुधबार निधन भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ पुरानो गाईघाट (पिजी)चोकमा राति ८ः०० बजे मोटरसाईकलको ठक्करबाट घाइते भएका गाईघाट प्रगतिटोलका ७१ वर्षीय कर्ण सुन्दासको निधन भएको हो।
बेलटार–गाईघाट खण्डमा असारीदेखि गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नं. को मोटरसाईलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुन्दासको बुधबार विहान उपचारकै क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अुनसार अनुहार र दाहिने हातमा गहिरो चोट लागेर घाइते सुन्दासलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि बिराटनगर रिफर गरिएको थियो।
त्यहाँ उपचार गर्दागर्दै सुन्दासको निधन भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए। सुन्दासको शव पोष्टमार्टमपछि सदगदका लागि आफन्तलाई जिल्ला दिइसकिएको प्रहरीले जनाएको छ। मोटरसाईकल र मोटरसाईकल चालक त्रियुगा नगरपालिका १३ राईचोकका २९ वर्षीय वीरेन राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको गौतमले बताए।