तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ। केही दिन यता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो। साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन्।
चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ। 'तीन चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर चितुवाले बाच्छीलाई आक्रमण गरेर मार्यो', उनले भनिन्।
यसबारेमा आफूले डिभिजन वन कार्यालय तनहुँमा जानकारी गराएको उनले बताइएन् । गाईको बाच्छी चितुवाले आक्रमण गरेपछि वन कार्यालयले ३० हजार रुपैंया राहत दिने भएको छ। गत असोज अन्तिम साता बन्दीपुर –५ बाहुन भञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो । यसपछि बन्दीपुरमा चितुवाको त्रास बढेको भन्दै सो कार्यालयले सतर्कता अपनाउन आग्रह समेत गरेको छ।
वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिलेको प्रजननको समय भएकाले चितुवाले मानिस र अन्य जीव जनावरलाई आक्रमण गर्नसक्ने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताएका छन्। 'केही चितुवा बच्चा जन्माएपछि आहाराको खोजीमा हिँड्ने भएकाले यो समयमा चितुवासँग सतर्क रहनुपर्छ', उनले भने।
जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ। 'तनहुँमा विशेष गरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ”, उनले भने, 'चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ।'
वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको उनले बताएका छन् ।
कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका विषयलाई ध्यान दिनुपर्ने कुराहरु उपभोक्तालाई सचेत गराउँदै आएको छ । 'वनजङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ', उनले भने, 'त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ।'
मृग वन कुखुरा लगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा आहाराको अभाव भई चितुवाले मानिसको सिकार गर्ने गरेको काफ्लेले बताउए। वन्यजन्तुको चोरी सिकार गर्नेलाई पक्राउ गर्न सबैले सहयोग गर्नुपर्छ, उनले बताए।
विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

.jpg)