अघिल्लो विहान ट्याक्टर दुर्घटनामा परेर घाईते भएका चालकको पनि निधन भएको छ। घाईते चालक त्रियुगा नगरपालिका १० करमचाछीका ३० वर्षीय दिवस सार्कीको उपचारको क्रममा निधन भएको हो।
बिहीबार विहान मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा पर्ने उदयपुृरगढी गाउँपालिका ६ दनुवारबेँसीस्थित बैजनाथ खोलको पक्की पुल एप्रोचमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको थियो भने चालक सार्कीसहित ३ जना गम्भीर घाईते भएका थिए।
घाईतेहरु सबैलाई सदरमुकाम उदयपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो। चालक सार्कीको न्युरो अस्पताल विराटनगरमा उपचारकैे क्रममा बिहीबार साँझ निधन भएको प्रहरीले जनाएको छ। गाईघाटबाट रुपाटारतर्फ जाँदै गरेकोे प्रदेश नं. २–०१–०० १ त १०८३ नं. को ट्याक्टर बिहीबार विहान ८ः३० बजे दुर्घटनामा पर्दा त्रियुगा नगरपालिका ९ गहिरुनका ४० वर्षीय बौकाई सदाको विहानै ज्यान गएको थियो।
ट्याक्टरमा सवार अन्य १९ जना घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर भएपछि जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक सदाकै श्रीमति ४० वर्षीया नारायणवति सदा र सोही ठाउँकी १६ वर्षीया सुकुन सदाको विराटनगरमै उपचार भइरहेको र स्वास्थ्य सुधार भइरहेको छ।
ताप्ली गाउँपालिकाको निर्माणाधीन भवनको दोस्रो तला ढलान गर्न आवश्यक कामदार जनशक्ति लिएर जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो। दुईवटा ट्याक्टरमा झण्डै ६० कामदार लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेपछि भवनको काम भने रोकिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए।