सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही
२४ कार्तिक २०७८
•
२ मिनेट पाठ
सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही
सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ।




वाग्मती प्रदेश सरकारले दसैँअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएको थियो। बढेको भाडा अनुसार अहिले न्यूनतम् भाडा १८ रुपैँया तोकिए पनि २० भाडा लिएको पाइएको महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिए।

२३ रुपैँया भाडा तोकिएका स्थानमा खुद्रा छैन भन्दै सार्वजनिक यातयातका परिचालकले २५ भाडा लिने गरेका छन्। प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेपनि सार्वजनिक यातायात चार किमी दूरिमै २५ भाडा लिने गरेको यात्रुको गुनासो छ। चार किमीमा १८ भाडा सरकारले तोकेको छ।

बढी भाडा लिएको पुष्टि हुने भएपछि पहिल्यैदेखि स्थानीय मार्गमा सार्वजनिक यातायातले टिकट दिँदैनन्। जबकि साझा यातायात काठमाडौँ उपत्यकाभित्र पनि टिकट दिएर यात्रा गराउने गर्छ। भाडा बढेपछि बढी भाडा लिएको गुनासो बढ्ने गरेपनि सरकारी तहबाट अनुगमन हुनसकेको छैन। यातायात व्यवस्था विभागमा अनुगमनका लागि छुट्टै गाडी र कर्मचारीको व्यवस्था गरिए पनि व्यवसायीसँगको मिलेमतोमा केही नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।

पछिल्लो पटक वाग्मती र प्रदेश नं १ सरकारले ढल्ने निश्चित् भएपछि यातायात व्यवसायीको प्रभावमा भाडा वृद्धि गरेर यात्रुलाई दुःख दिने काम गरेको उनको भनाइ छ। यो निर्णय नयाँ बनेको सरकारले सच्याउनुपर्नेमा जनचासोका विषयमा ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन्।  

सङ्घीय सरकारले पनि ढल्ने निश्चित भएपछि असार २७ गते एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने लामो दूरीका सवारीको भाडा वृद्धि गरेको थियो। यो निर्णय पनि असार २९ गते नै बनेको पाँच दलीय गठबन्धनको सरकारले नसच्याएर जनताका समस्यामा ध्यान नदिएको यात्रु रविना मल्लले बताए।

महाशाखाले भने तोकिए भन्दा बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको जनाएको छ। सुरुमा दैनिक २० देखि २५ र हाल १० देखि १५ वटा सार्वजनिक यातायातलाई बढी भाडा लिएकामा महाशाखाले कारबाही गरिरहेको छ। बढी भाडा लिने सवारीको नम्बर महाशाखाको टोल फ्रि नं १०३ मा टिपाए उपत्यकाभर जुनसुकै स्थानमा भए पनि ती सवारीलाई कारबाही हुने गरेको सहायक प्रवक्ता रोक्काले बताए।
अर्को समाचार
फरक क्षमताकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’
०६ असोज २०८०
•
३ मिनेट पाठ
फरक क्षमताकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’
पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको फरक क्षमता भएका व्यक्तीहरुले गुनासो गरेका छन्। संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ।




ऋपांगता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा पोखरामा आयोजित ‘सबैका लागि पहुँचयुक्त यातायात’ सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले अपांगता भएका, दृष्टिविहीन, सुन्ने शक्ती कम भएका लगायतले सार्वजनिक यातायात चढेर यात्रा गर्ने वातावरण नभएको गुनासो गरे।

उनीहरुले संविधान र कानुन अनुसार सार्वजनिक यातायात सबैको पहुँच युक्त बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले अपांगता भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्दा हरेक सेकेण्ड चुनौतिको सामना गर्न बाध्य हुने बताए।

उनले भने, ‘देशमा संविधान छ, कानुन छ, नियमावली छ तर हामी अपाङ्गता भएकाहरु त्यही संविधान, कानुन र नियमावली कार्यान्वयन नहुँदा सडकमा सुरक्षित हिँड्न र सार्वजनिक यातायातमा सुरक्षित रुपमा यात्रा गर्न नसक्ने अवस्था छ।’ उनले यातायात अहिले पनि व्यक्तिगत स्वतन्त्रता हनन गर्ने खालका भएको बताए।

उनले अपांगता भएकालाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट हुने प्रावधान भएपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको बताए। ‘हामी जहाजमा चढ्ने हो भने तपाईँले यति छुट पाउनुहुन्छ भनेर पहिल्यै छुट दिन्छन्, तर गाडीमा चढ्दा त्यसरी सूचना दिएर छुट दिनुको सट्टा माग्दा पनि छुट नदिने गरेको यथार्थ औँल्याए।

जिफण्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले अपाङ्गमैत्री पूर्वाधार निर्माण नहुँदा अपाङ्गता भएकाहरु सेवाबाट वञ्चित हुनुपरेको बताए। ‘सरकारले नै पूर्वाधार निर्माण गरेको छैन, हामीले कसरी सेवा दिन सकिन्छ’, उनले थपे, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् हामी कार्यान्वयन गर्न तयार छौं ।’ आईएनएफ नेपाल हरियो खर्क अस्पतालका प्रमुख ताराहाङ तावाले अवरोधमुक्त सडक पेटीसँगै सार्वजनिक यातायातलाई ह्वीलचेयर चढाउन मिल्ने, दृष्टिविहीनले समेत प्रयोग गर्न सक्ने बनाउनुपर्ने बताए।

अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा) नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले अपांगतामैत्री पूर्वाधार बनाउनु राज्यको दायित्व भएको बताए। साथै सार्वजनिक यातायात अपाङ्गमैत्री भए मात्रै सञ्चालन अनुमति दिने व्यवस्था हुनुपर्ने उनले बताए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले संविधानले ग्यारेन्टी गरेको अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने बताए।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए। ‘हिजो अपाङ्गमात्र होइन सपांगको पनि अधिकार खोसिएको थियो,’ उनले भने, ‘तर हामीले लडेर नयाँ व्यवस्था ल्याएका छौं। यो व्यवस्थामा सबैको पहुँचयुक्त पूर्वाधार, यातायात बनाउन हामी प्रतिबद्ध छौं।’

प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले पूर्वाधार निर्माण भएमा सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउने व्यवहारिक पाटो आफूहरुले कार्यान्वयन गर्न दबाब दिने बताए। कार्यक्रममा डिडा नेपालका महासचिव गिरधारी सुवेदी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष प्रकाश तिवारीलगायतलेपनि सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउनका लागि सबै जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस