तिहारको मुखमा थिमिमा मिठाइ पसल अनुगमन, पसलेहरुद्वारा लापरबाही
१७ कार्तिक २०७८
•
३ मिनेट पाठ
तिहारको मुखमा थिमिमा मिठाइ पसल अनुगमन, पसलेहरुद्वारा लापरबाही
मध्यपुर थिमि नगरपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन गरेको छ। नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक अन्जना देबी मधिकर्मीको नेतृत्वमा मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्रका वडा न ४ र वडा न ६ का विभिन्न मिठाई पसलहरुको अनुगमन गरिएको हो। 




अनुगमनका क्रममा टोलीले मध्यपुर थिमि ४ शंखधर चोकस्थित विभिन्न मिठाई पसलहरू तथा बाहखा बजारस्थित केही मिठाई पसलहरूमा अनुगमन गरेको थियो। टोलीले शंखधर चोकस्थित कोलकत्ता स्वीट्स, लक्ष्मी स्वीट्स एण्ड चाट हाउस, बैष्णबी स्विटस एण्ड चाट हाउस, शिव मिठाई भण्डार, भवानी स्वीट्स , धनुषा एण्ड धनुषा मिठाई भण्डार, शंखधर मिठाई पसल र केही फुटपाठमा सन्चालित तिहार बिशेष पसलहरूमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा अधिकांश मिठाई पसलहरुमा गुणस्तरहिन रंग प्रयोग गरेको र बढी मात्रामा प्रयोग गरीएको, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिईकन प्याकिङ सामान बिक्री गरिएको, सरसफाइमा लापरबाही गरिएको, खाद्य पदार्थमा नापतौल मिश्रण र मूल्यसूचीविना बिक्री गरिएको पाइएको थियो।

शंखधर चोकस्थित कोलकत्ता स्वीट्सलाई व्यवसाय दर्ता गर्नु पर्ने, भान्छाको सरसफाईमा जोड दिनुपर्ने, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएर मात्रै प्याकिङ सामान बिक्री गर्न निर्देशन दिइएको छ। वडा न ६ स्थित लक्ष्मी स्वीट्स एण्ड चाट हाउस बाट अखाद्य रङग प्रयोग गरिएको ३ किलो ६ सय ग्राम रातो पुरी नष्ट गरी अखाद्य रङको प्रयोग नगर्न, मिठाई छोपेर राख्न, व्यवसाय दर्ता गर्न र बाटो छेउमा मिठाई नपकाउन निर्देशन दिइएको छ।

६ वडा स्थित श्री सिद्धि बिनायक स्वीट्स एण्ड चाट हाउसबाट बिग्रिएको ३ किलो मिठाई नष्ट गरीएको र अखाद्य रङग प्रयोग नगर्न र बाटो छेउमा मिठाई नपकाउन निर्देशन दिइएको छ।

बहाखा बजारस्थित भवानी स्वीट्सलाई अखाद्य रङग प्रयोग नगर्न, मिठाईमा लेबल खुलाएर राख्न र नियमित सरसफाई गर्न निर्देशन दिइएको छ।

वडा न ६ स्थित बैष्णबी स्वीट्स एण्ड चाट हाउसलाई नापतौल मेशिन नवीकरण गर्न र सरसफाइमा ध्यान दिन जोड दिइएको छ। वडा न ४ स्थित तिहारको सामाग्री बेच्न राखिएको फुटफाट पसलका सन्चालक नन्दन कुमार जैशवाल बाट ३ बोरा भाई मसला जफत गरिएको छ। कुहिएको र ढुसी परेको मसला जफत गरी निजकै सामुन्ने नष्ट पनि गरिएको थियो। त्यस्तै वडा न ४ स्थित न्यु धनुषा एण्ड धनुषा मिठाई भण्डार बाट लेबल बिनाको मिल्क केक पाँच र्‍याकेट जफत गरी नष्ट गरिएको छ।

शंखधर मिठाई पसलका सन्चालक लाई सरसफाईमा बिशेष ध्यान दिन तथा अनुज्ञापत्र लिई व्यवसाय गर्न कडा निर्देशन दिइएको छ।

नगरपालिका र सरोकारवाला निकायहरुबाट तिहारको मुखमा भएको मिठाई पसल अनुगमन कार्यलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।

अनुगमन टोलीमा वडासदस्य सुजन पौडेल, वडा सदस्य तथा अनुगमन समिति सदस्य दिपेन धेके, सामुदायिक विकास अधिकृत तुल्सी भक्त तको, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि लुमा श्रेष्ठ, खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारी, घरेलु तथा साना उद्योगका सहायक हरिदत्त जोशी, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष मनोज थापा , बाणिज्य संघ ईकाई अध्यक्ष राज भक्त जोशी, पत्रकार जगत प्रजापति तथा बिज्ञान श्रेष्ठको उपस्थिति थियो।
अर्को समाचार
कामपाका ११८ औषधि पसल मापदण्डविपरीत
१८ फागुन २०८०
•
२ मिनेट पाठ
कामपाका ११८ औषधि पसल मापदण्डविपरीत
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ।




कामपा स्वास्थ्य विभागले गत असोज २१ देखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त संख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको विभागले जनाएको छ।

वडा नं १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो। यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।

अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपा उपप्रमुख एवं अनुगमन समिति संयोजक सुनिता डङ्गोलले बताइन्। ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो। जनस्वास्थ्यका दृष्टिले यो चरम गल्ती हो’, उनले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन।’

औषधि पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्र छ। पसलमा अर्कै व्यक्ति बसेको पनि भेटिएको डङ्गोलले जानकारी दिइन्। उनका अनुसार केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको छ।

कामपाले गत मङ्सिरमा आफ्नो क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो। सूचनाको व्यवस्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो।

उक्त अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ अनुसार कारबाही गरिने जनाइएको छ। औषधि पसल सञ्चालनका लागि पहलो कामपामा अनुमति लिनुपर्ने हुन्छ। फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्न पाउने कानुनी मान्यता छ। हाल कामपामा दुई हजार ६ सय औषधि पसल सञ्चालनमा रहेका छन्।  

औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याइने कामपाको भनाइ छ। –रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस