अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती
१६ कार्तिक २०७८
•
३ मिनेट पाठ
अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती
सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ। 




अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ। तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ। यहाँसम्म कि सोमबार र बुधबार सफ्टवेयर करिब बन्द जस्तै हुने, बन्द नभए पनि निकै सुस्त हुने सेवाग्राहीको गुनासो छ।

भूमि व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी जग्गाको काराबारो सोमबार र बुधबार हुन्छ। सोमबार र बुधबार शुभ दिन मानिएकाले यस दिन जग्गाको कारोबारो बढी हुने लेखापढी व्यावसायीहरू बताउँछन्। ‘जुन दिन जग्गाको कारोबारो बन्द हुन्छ। त्यसै दिन सफ्टवेयर सुस्त हुन्छ या बन्द नै,’ मालपोत कार्यालय कलंकीमा १५ वर्षदेखि लेखापढी व्यावसाय गर्दै आएका नेत्र पोखरेलले भने, ‘दिनभर एउटा लिखित पास हुँदैन। यसबाट सेवाग्राहीहरूले झनै सास्ती भोगेका छन्।’ उपत्यकाका मालपोत कार्यालयहरूमा सफ्टवेयरमा झनै समस्या आउने गरेको छ। ‘सफ्टवेयर राम्रोसँग चल्यो भने आश्चर्य मान्नुपर्छ,’ भक्तपुर मालपोत कार्यालयका एक सेवाग्राही भन्छन्।

सफ्टवेयरमा समस्या आउँदा एक दिनमा हुने काम दुईतीन दिन लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। भूमि व्यवस्थापन विभागले दुई वर्षदेखि अनलाइन सेवा प्रारम्भ गरेको हो। विभागका अनुसार मालपोत कार्यालय बाहिर भूसेवा केन्द्रमार्फत लेखापढी व्यावसायीहरूका लागि एलआरआइएमएस (ल्यान्ड रिकर्ड इनफरमेसन मेनेजमेन्ट सिस्टम) तथा कार्यालयका कर्मचारीहरूका लागि पाम (पब्लिक ऐक्सेस मोडेल) लागु गरेको छ।

हाल एलआरआइएमएस १ सय २६ कार्यालयमा तथा पाम ६९ कार्यालयमा लागु गरिएको छ। जग्गासम्बन्धी कारोबारोका लागि निवेदन तथा लिखत एलआरआइएमएसबाट भर्नुपर्ने र यसरी भरिएको निवेदन कार्यालयको अर्को सफ्टवेयर पाममा हस्तान्तरण हुने व्यवस्था गरिएको छ।

पाममा हस्तान्तरण भएको लिखतलाई कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै प्रक्रिया अघि बढाएर पास गर्ने गरिएको छ। अनलाइन सेवा सुरु भएपछि एक दिन देशभर कति संख्यामा जग्ग्गा खरिदबिक्री तथा कारोबारो भयो, कति राजस्व उठ्यो, एउटा व्यक्तिको जग्गा देशभर कति छ, कहाँकहाँ छ, यसको सबै रेकर्ड काठमाडौंमै बसेर सजिलैसँग थाहा पाउन सकिन्छ।

त्यसैले यो प्रणाली निकै उपयोगी मानिएको छ। तर, सफ्टवेयरमा समस्या आउँदा यो सेवा उद्देश्यअनुसार प्रभावकारी हुन नसककेको स्वयं मालपोतका कर्मचारीहरू बताउँछन्। ‘पाम सफ्टवेयर यसको क्षमताभन्दा धेरै कार्यालयहरूमा प्रयोग गरिएकाले यस्तो समस्या आएको हो,’विभागका एक कर्मचारी भन्छन्, ‘अहिले ६९ कार्यालयमा यो सफ्टवेयर चलाइएको छ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि अनलाइन प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको स्वीकार गरे। यसका लागि अनलाइन सेवालाई अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिए। यसबारे छलफल गर्न मन्त्रालयले बैठक बेलाएको उनले बताए। मालपोत कार्यालय कलकींका नापी प्रमुख पूर्णबहादुर केसीले केन्द्रबाट सञ्चालन गरिएको अनलाइन प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको, कुनै दिन दिनभरजसो बन्द हुने गरेको बताए।

नापी विभागले पनि अनलाइनबाट आफ्नो सेवा प्रारम्भ गरेको छ। विभागले २०७८ वैशाख २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मीनभवनस्थित विभागको कार्यालयमा बोलाएर मेरो कित्ता तथा नेलिस (नेपाल ल्यान्ड इनफरमेसन सिस्टम) कार्यक्रम उद्घाटन गर्न लगाएको थियो। नापीको अनलाइन सेवामा मालपोतको झै समस्या नेदेखिए पनि कहिलेकाँही यो सेवा पनि ढिलो हुने गरेको सेवाग्राहीहरू बताउँछन्।

तर विभागका महानिर्देशक प्रकाश जोशीले भने नापीको अनलाइन सेवामा अहिलेसम्म कुनै समस्या नआएको, कुनै समस्या देखिए तत्काल सम्बोधन गर्न एउटा टिमलाई चौबिसै घन्टा तयार राखिएको बताए। नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले भने केन्द्रबाट चलाइएको अनलाइन सेवा कहिलेकाहीँ ढिलो हुने गरेको बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस