कुहियो पराल, पशु आहारामा कमी
१० कार्तिक २०७८
•
२ मिनेट पाठ
कुहियो पराल, पशु आहारामा कमी
गत असोज ३१ गतेदेखि तीन दिन परेको अविरल वर्षाका कारण खेतमा धान भिजेको र बगेको चिन्ता भइरहेका बेला किसानलाई पराल कुहिएको चिन्ता पनि थपिएको छ।




अन्नजन्य उप–पदार्थबाट निस्कने पराल कुहिँदा बस्तुभाउ पालन गर्ने किसानलाई चिन्ता थपिएको हो। ‘धान त भिज्यो, त्योसँगै पराल पनि भिजेर कुहिएको छ,’ धनगढी–६, जालीगाउँका  किसान गजैसिंह देउवाले भने, ‘पराल भिजेपछि अब पशुबस्तुलाई के खुवाउने भन्ने पिरलो परेको छ।’ कात्तिकमा जोहो गरेको पराल पशुबस्तुलाई वैशाखसम्म खुवाउने गरेको बताउँदै उनले भने, ‘धानबाट निस्केको पराल वैशाखसम्म खुवाउँथ्यौ, अब भने गाई बस्तुलाई के खुवाउने भन्ने चिन्ता थपिएको छ।’ 

पराल कुहिनुका साथै ढुसी लाग्ने गरेको बताउँदै उनले भने, ‘यस्तो ढुसी लागेको पराल गाईबस्तुले खाँदैनन्, खाए पनि बिरामी पर्ने गरेका छन्।’

वर्षाले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए। उनले भने, ‘अहिले किसानको बारीमै पराल कुहिएको छ, यसले सुदूरपश्चिममा यसपालि पराल अभाव हुने भएको छ।’

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी उत्पादन हुने पराल कुहिएको हो। कैलाली र कञ्चनपुरमा  मात्रै ५० मेट्रिक टन पराल उत्पादन हुने गरेको वरिष्ठ पशु विकास अधिकृत अवस्थीले बताए। उनले भने, ‘यहाँ उत्पादन हुने ५० मेट्रिक टन मध्ये ९० प्रतिशत बढी कुहिएको छ र बचेको पराल पनि पानीमा भिज्दा ढुसी परेको छ ।’ कुहिएको पराल बाहेकको भिजेको परालमा ढुसी पर्दा पशु आहाराका लागि खुवाउन योग्य नहुने उनले बताए।

‘पानीमा भिजेको परालमा ढुसी परिसकेको हुन्छ,’ उनले भने, ‘त्यस्तो पराल पशुलाई खुवाउँदा पशुलाई विभिन्न रोग लाग्ने गर्दछ।’ भिजेको परालमा ‘फ्युसारियम’ र ‘एस्परजिलर्स’ नामक खतरानाक ढुसी लाग्ने भएकोले यस्तो पराल पशुलाई खुवाउँदा पाचन प्रणाली कमजोर हुने, छाला तथा खुर लगायत बाह्य भागमा पनि असर पर्नुका साथै पुच्छर झर्ने रोग लाग्ने गरेको उनले बताए।

ढुसीजन्य रोगका कारण सबैभन्दा बढी थुनेलो रोग लाग्नुका साथै पशुबस्तु तुहिने सम्भावना बढी हुने गरेको बताउँदै उनले भने, ‘यस्तो भिजेको पराल पशुबस्तुलाई किसानले भुलेर पनि खुवाउनु हुँदैन, बरु यसको साटो अन्य घाँसपात तथा ‘साइलेज’ (बर्खा याममा बढी भएको घाँसलाई गुन्द्रुक बनाएर राखिएको) खुवाउनु पर्दछ।’

सुदूरपश्चिममा गाई १६ लाख ४६ हजार २ सय ७८ र भैँसी ५ लाख ९९ हजार ३५ रहेका छन्। जसको ४५ प्रतिशत आहारा भनेकै पराल हो। पराल नहुँदा पशुबस्तुलाई यस वर्ष भोकमरीको समस्या थपिने उनको भनाइ छ।

पशुवस्तुलाई खुवाउने पराल कुहिएर अभाव भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले घाँसका बीउविजनका साथै घाँस खेतीमा विशेष कार्यक्रम ल्याइने बताइएको छ। ‘हामीले पशुपालक किसानका लागि आवश्यक पर्ने घाँसखेतीलाई जोड विशेष जोड दिने सोच बनाएका छौँ,’ डा. अवस्थीले भने, ‘हामीले ६० दिनमै तयार हुने खालका घाँसका बीउ लगाउन किसानलाई सल्लाह दिन्छौँ, र आगामी दिनमा डालेघाँससहित अन्य घाँसलाई पनि प्राथमिकताका साथ उत्पादनका लागि सहुलियत दिने सोच बनाएका छौँ।’  
अर्को समाचार
दोलखामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता
२८ साउन २०८०
•
१ मिनेट पाठ
दोलखामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता
आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।




प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले विगु ७ मा गएको पहिरोले गाउँको तिनपाटे पाखामा निङ्ग्रो टिप्न गएका दुई जनालाई बगाएर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराइरहेको खबर प्रशासनलाई आएको  बताए।

'केही बेर अघिको घटना हो' उनले भने, 'गाउँबाट खबर आउनेबितिकै सुरक्षाकर्मीको टोली परिचालन भइसकेको छु।' 

वडा कार्यालयका सहायक राजन बस्नेतले घटनामा परी निङ्ग्रो टिप्न गएका स्थानीय निमदोर्जे शेर्पा र उनका अन्दाजी ८ वर्षका छोरा हराएको बताए।

निङ्ग्रो टिप्दै गर्दा पहिरोले सोरेर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराएको बस्नतले सुनाए। नजिकका गाउँलेले देखे पछि घटनाबारे थाहा भएको र आफूहरु त्यस तर्फ गइरहेको उनले बताए।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस