सयौ बिगा जग्गा दुरुपयोग प्रकरणः अख्तियारको टोलीद्वारा २ सय भन्दा बढी सँग बयान
१० असोज २०७८
•
५ मिनेट पाठ
सयौ बिगा जग्गा दुरुपयोग प्रकरणः
अख्तियारको टोलीद्वारा २ सय भन्दा बढी सँग बयान
कंचनपुरको भीमदत्त नगरपालिकामा सयौ बिगाह जमिन गैरकानुनी रुपमा बिक्री बितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सय भन्दा बढी जना सँग बयान लिएको छ । तीन साता देखि महेन्द्रनगर आएर छानबिन गरिरहेको  बिशेष टोलीले स्थलगत अध्ययन, प्रमाण संकलन र जग्गाको दुरुपयोगमा जोडिएका व्यक्ती सँग बयान लिने काम अझै सकेको छैन ।  बर्षौ देखि स्थानियले बिरोध गदै आएको सयौ बिगाह जमिनमा भएको अनियमिता सम्बन्धी उजुरी परेपनि आर्थिक र राजनीतिक चलखेलमा सरकारी जग्गामा भएको कव्जा हटाउने र यसमा संलग्नलाई कारवाही गर्न पहल हुन सकेको थिएन ।  अख्तियार अनुसन्धान आयोगको उपसचिव ओम प्रकाश बरालको नेतृत्वको टोलीले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट आएका ३ जना, अख्तियार दुरुपयोग अनुसन्धान महेन्द्रनगर कार्यालयका एक जना उपसचिव र नापी अधिकृत सहित ५ सदस्यिय टोलीले बिस्तृत रुपमा छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रवक्ता हरिश चन्द जोशीले बताएका छन ।




पटक पटक परेका उजुृरीका आधारमा टोलीले स्थलगत रुपमा बिस्तृत छानबिन गरिरहेको उनले बताए । ‘अहिले सम्म जग्गा खरिद,बिक्री बितरण, लिज दिने, लिने प्रक्रियामा जोडिएका २ सय भन्दा बढी सँग बयान लिईसकेको छ ’उनले भने,‘अझै केहि व्यक्ती सँग बयान लिने क्रम जारी छ,।’ बयान लिनुपर्ने केहि व्यक्ती जिल्ला बाहिर भएकाले सम्पर्क हुन नसकेको पनि उनले बताए ।  बिभिन्न समयका नगरविकास समितीका अध्यक्ष, कर्मचारी, जमिन बिक्री र खरिद गर्ने, लिजमा दिने र लिने, अवैध संरचना बनाउने लगायत प्रत्यक्ष अप्रत्यक्ष जग्गाको अनियमिततामा जोडिएका सवै सँग अख्तियारको टोलीले बयान लिईरहेको उनले बताए।  

यसै गरि बिभिन्न समयमा नगरविकास समितीले गरेका निर्णयहरु, नापी र मालपोतका श्रेस्ता  लगायतका बिवरण तथा अन्य प्रमाण पनि संकलन गर्ने काम भैरहेको उनले बताए ।

नगरविकास समितीका बिभिन्न कार्यकालका अध्यक्ष,कर्मचारी, भूमाफिया, राजनितिक दलका ठूला नेता लगायतको मिलोमतोमा भीम दत्त पन्त नगरपालिकाको जमिनमा कव्जा गरेर गैरकानुनी रुपमा संरचना निर्माण गरिएका छन ।  

कयौ उजुरी परेर पटक पटक छानबिन भएपनि राजनितिक आड र ठूलो आर्थिक चलखेलमा सरकारी जमिन कव्जा गरिएकोमा अहिले सम्म  हटाउन पहल भएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिस्तृत छानबिन गर्न थालेकोले सरकारी जग्गा फिर्ता हुने र संलग्न दोषीलाई कारवाही हुने स्थानियले आशा गरेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिनका क्रममा अहिले सम्म बिभिन्न व्यक्ती सँग लिएको बयान, उपलब्ध प्रमाण र अध्ययन अनुसार नगरविकासको जग्गामा ठूलो अनियमितता भएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिश्वस्त श्रोतले बताएको छ ।

‘अख्तियारको यो छानबिन टोलीले डिटेल छानबिन गरेर यो मुद्धाको वारपार लगाउने छ’उनले भने,‘जति समय लागेपनि यो बिशेष टोलीले छानबिन गरेर जग्गा बिक्री, लिजमा दिएको र अवैध संरचना बनाएको बिषय वारपार गर्ने छ ।’  

टोलीले छानबिन गरेर सरकारी जमिन गैरकानुनी रुपमा बिक्री गर्ने, लिजमा दिने, अतिक्रमण गर्ने र संरचना बनाउने लगायत संलग्न सवैलाई कारवाहीका सिफारिस गर्ने सुचना अधिकारी जोशीले बताए ।  

नगरविकास समितीको अनियमित ढंगले जमिन लिज दिएको बिषयमा यस अघि दुई समितीले छानबिन गरिसकेका छन । शहरी विकास मन्त्रालयको सहसचिवको नेतृत्वको टोलीले छानबिन गरेको थियो भने रण बहादुर महराको संयोजकत्वको स्थानिय राजनीतिक दलिय समितीले पनि छानबिन गरेको थियो । दुवै छानबिन समितीका प्रतिबेदन कार्यान्वयन भएका छैनन् । प्रतिबेदेन कार्यान्वयन भएको भए जग्गाको यो विवाद समाधान हुने राजनीतिक दलिय छानबिन समितीका संयोजक रण बहादुर महरा बताउछन ।

नगरविकास समितीको वोर्डले निर्णय नगरि तोकाधिकारका आधारमा जमिन बिक्री भएको उनले बताए । कानुनी प्रावधान अनुसार नगरविकास समितीको बोर्डले निर्णय गरेर जमिन बिक्री गर्ने र लिजमा दिन सक्ने भएपनि प्रक्रिया विपरित तोक आदेशका भरमा बिक्री र लिजमा दिइएको उनले बताए ।

‘कानुन विपरित नगरविकास समितीको वोर्डले निर्णय नगरि  तोक आदेशका भरमा जमिन बिक्री गरेर लालपुर्जा बनाइएको पाइएको छ’उनले भने,‘ न्युन मुल्यमा लिजमा दिएर र केहि ठाउँमा अतिक्रमण गरेर संरचना बनाइको छ ।’ बनखेत क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने भनेर जमिन दिइएको र त्याहाँ एक पनि उद्योग निर्माण नभई व्यक्तीले घर बनाएको पाइएको उनले बताए ।

यसैगरि ओपेरा र पुरानो वसपार्क क्षेत्रमा अवैध रुपमा लिजमा दिइएका जमिनमा संरचना बनेको र सालघाडी क्षेत्रमा जमिन अतिक्रमण गरिएको उनी बताउछन ।

महेन्द्रनगर बजारको सिटी हल आसपासको क्षेत्रमा निर्माणाधिन अवस्थाका दर्जनौ संरचना निर्माणाका लागी पिल्लर ठड्याइएका छन । कसैले छड मात्रै ठड्याएका छन । राजनितिक दल र बिद्यार्थी संगठनको बिरोधले यि निर्माण कार्य रोकिएको थियो ।

५ सय बढी बिगाह जमिन यसरी वाडियो

तीसको दशकमा महेन्द्रनगर नगरपालिका सँगै व्यवस्थित वसोवासको गुरुयोजना सहित नगरविकास समिती गठन गरियो । ०३५ साल जेठ २० मा गठन भएको तत्कालीन महेन्द्रनगर नगर विकास समिति अहिले भीमदत्तनगर पालिका मातहत राखिएको छ । कुल ६ सय ३८ बिघा ६ कठ्ठा ८ धुर जग्गा नगर विकास समितिको स्वामित्वमा रहेको थियो । अहिले नगरविकास समितीले सँग करिव ६० बिगाह जमिन पनि वाँकी छैन ।

नगरविकास समितीको वोर्ड बैठकले निर्णय गरेर प्रक्रियाका आधारमा जमिन बिक्री गर्ने र लिजमा दिने कानुनी प्रावधान रहेको छ । २०६४ सालपछि नगरविकास समितीमा राजनीतिक दलका प्रतिनिधी चयन हुन थालेपछि नगरविकास समितीको जमिन मनपरी ढंगले बिक्री बितरण र लिजमा दिन शुरु भएको स्थानिय बताउछन । नगरविकास समितीका अध्यक्षले तोकाधिकारका आधारमा मन परेका व्यक्तीलाई करोडौ रकम पर्ने जमिन न्युन मुल्यमा बिक्री गरे । भने तोकाधिकारकै आधारमा न्युन मुल्यमा लिजमा दिए ।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३० मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस