सिडिओले गरे सीमा अनुगमन
१० असोज २०७८
•
२ मिनेट पाठ
सिडिओले गरे सीमा अनुगमन
मोरङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ। नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो। मोरङमा भारतसँग ६३ दशमलव चार किलोमिटर खुला सीमा जोडिएको छ।  




मोरङमा केही दिनअघि मात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काशीराज दाहालको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो। दाहालले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ। शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमि खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो।  

रंगेली, धनपालथान, विराटनगरको दरैयावस्तीलगायत भारतसँग सीमा जोडिएका ग्रामीण नाकाको अनुगमन गरिएको छ। दुवै देशको क्षेत्रबाट हुनसक्ने चोरी तथा तस्करी नियन्त्रण गर्न र सीमा क्षेत्रको वास्तविक थाहा पाउनका लागि अनुगमन सुरु गरिएको प्रजिअ दाहालले बताए। उनले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रण लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिए। ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ दाहालले भने, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ।’

उनले नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना जतिसक्दो चाँडो हटाउन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ। चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका गैरकानुनी गतिविधिलाई विशेष ध्यानमा राख्दै सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको दाहालले बताए।  

सुरक्षा निकायसमेतको समन्वयमा चाडपर्व लक्षित सुरक्षा कार्य योजना बनाएर लागु गर्ने तयारी भइरहेको जानकारी दिए। ‘सीमा नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै दलहरूबाट सहयोगको प्रतिबद्धता आएको छ,’ दाहालले भने, ‘चोरी–तस्करी नियन्त्रण, सीमा व्यवस्थापन, कोरोनासम्बन्धी सचेतना र बजार अनुगमन प्रशासनको प्राथमिकतामा छन्।’ उनका अनुसार चाडपर्वमा हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन।
अर्को समाचार
सिडिओले गरे सीमाको अनुगमन, दशगजामा बनेका संरचना हटाउन प्रहरीलाई निर्देशन
०९ असोज २०७८
•
२ मिनेट पाठ
सिडिओले गरे सीमाको अनुगमन, दशगजामा बनेका संरचना हटाउन प्रहरीलाई निर्देशन
मोरङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ। नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो। मोरङमा भारतसँग ६३ दशमलब ४ किलोमिटर खुला सीमा जोडिएको छ।  




मोरङमा केहीदिन अघिमात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काशीराज दाहालको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो। दाहालले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ। शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमिका खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो।  

रंगेली, धनपालथान, विराटनगरको दरैयाबस्तीलगायत भारतसँग सीमा जोडिएका ग्रामीण नाकाको अनुगमन गरिएको छ। दुवै देशको क्षेत्रबाट हुनसक्ने चोरी तथा तस्करी नियन्त्रण गर्न र सीमा क्षेत्रको वास्तविक थाहा पाउनका लागि अनुगमन सुरु गरिएको प्रजिअ दाहालले बताए। उनले अनुगमनका क्रममा गैह्रकानुनी गतिविधिलाई नियन्त्रण लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिए । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ दाहालले भने, ‘छोटी भन्सारहरु नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजश्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ।’

उनले नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना जतिसक्दो चाँडो हटाउन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ। चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका गैह्र कानुनी गतिविधिलाई विशेष ध्यानमा राख्दै सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको दाहालले बताए। सुरक्षा निकायसमेतको समन्वयमा चाडपर्व लक्षित सुरक्षा कार्य योजना बनाएर लागू गर्ने तयारी भइरहेको जानकारी दिए। ‘सीमा नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै दलहरुबाट सहयोगको प्रतिवद्धता आएको छ,’ दाहालले भने, ‘चोरी–तस्करी नियन्त्रण, सीमा व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना र बजार अनुगमन प्रशासनको प्राथमिकतामा छन्।’ उनका अनुसार चाडपर्वमा हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन ।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस