मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर
०९ असोज २०७८
•
४ मिनेट पाठ
मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर
भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ।  




यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन्। यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ। दुई जिल्ला जोड्ने मुख्य राजमार्गका रुपमा रहेको यो सडकखण्ड वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा वर्षौंदेखि यस क्षेत्रका मानिसले सास्ती भोगिरहेका छन्।  

भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ। तर धनकुटाको लेगुवा–हिले सडकखण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, सङ्खुवासभाका र धनकुटाका विभिन्न स्थानीयतहका स्थानीयवासी मारमा परेका छन्।  

वर्षात् सुरु भएपछि यस सडकखण्डमा छ घण्टासम्म सवारी तथा ढुवानीका साधन फस्ने गरेका छन्। सवारीका साधनलाई गन्तव्यसम्म पुर्‍याउन दुई वटासम्म ट्र्याक्टरले तान्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन्। आकस्मिक दुर्घटना तथा जिल्ला अस्पतालमा उपचार हुन नसकेर रेफर गरिएका बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई झनै समस्या भएको छ। कतिपयले यस सडकका कारण अकालमा ज्यानसमेत गुमाएका छन्।

'धरान, विराटनगर, काठमाडाैँ जाने मुख्य सडक नै यही हो। दैनिक हजारौँको सङ्ख्यामा यही सडक भएर सवारी तथा ढुवानीका साधन चल्छन्। बाटोको अवस्था बेहाल छ', उनले भने। उनका अनुसार छ/सात घण्टासम्म हिलोमा सवारी साधन फस्छन्। यता सरोकारवाला पक्ष रमिता हेरर बस्छन्। भोजपुरमा उपचार हुन नसकेको बिरामीलाई बाहिर लैजाने मुख्य मार्ग यही हो। अरु मानिस घण्टौँ बाटोमा अपलत्र परेर पनि गन्तव्यमा पुग्लान्। तर हिलाम्य बाटोका कारण अकालमा ज्यान गुमाएकाको जिम्मा कस्ले लिन्छ यो कस्तो लापरवाही हो उनको प्रश्न छ ?' 

भोजपुर र सङ्खुवासभाका लागि खाद्यान्न ढुवानी गर्ने मुख्य मार्ग पनि यही हो। चाडबाड नजिकिएसँगै खाद्यान्न ढुवानीमासमेत समस्या भएको व्यापारी बताउँछन्। हिलो सडकमा ठूला साधन फसेपछि अन्य सवारीका साधन दिनभरजसो बाटोमा अलपत्र पर्ने गरेका छन्।

विभिन्न काम विशेषले यात्रा गर्ने यस सडकखण्डमा पुगेसँगै गन्तव्यविहीन हुने गरेका छन्। यस सडक खण्डबाट दैनिक हजारौँको सङ्ख्यामा यात्रुबाहक तथा ढुवानीको साधन आवतजावत गर्छन्। यति धेरै सवारी साधनको चाप हुँदा पनि सरोकारवाला पक्षले कुनै पहल कदमी नगरेको चालकको गुनासो छ ।

पाख्रीबास नगरपालिकामा रहेको करिब एक किलोमिटर सडक हिलाम्य छ। यहाँबाट हजारौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सवारी चालक उज्ज्वल श्रेष्ठले भने, 'दैनिक यही बाटो भएर यात्रा गर्नुपर्छ। बाटोमा लामो समयसम्म गाडी हिलोमा फस्छ। 

झनै एउटा मालबाहक ट्रक फस्यो भने त्यो निकाल्न कोसिस गर्दा गर्दै दिनरात यही बित्छ। ट्र्याक्टर लाएर सवारी साधनलाई तान्नुपर्छ। समयमा गन्तव्यमा पुग्न सकिँदैन। समयमा खान पाइँदैन। यात्रुको झनै बिजोग हुन्छ। यस्तो अवस्था देख्दा पनि यहाँका जनप्रतिनिधिसँगै सरोकारवाला पक्ष मौन छन्।'

बाटोमा सवारीसाधन घण्टौँसम्ममा रोकिदा विशेष कामले यात्रामा निस्केका मानिसलाई झनै समस्या भएको छ। यो क्षेत्रको सडक विस्तारको काम नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ। सवारी तथा ढुवानीका साधनलाई दुई वटासम्म ट्र्याक्टरले तानेर गन्तव्यसम्म पुर्‍याउनुपर्ने अवस्था छ। तर सरोकारवाला पक्ष भने मौन छन्।  

ठेकेदार कम्पनीले सडक निर्माणमा  ढिलाइ गर्र्दा यात्रुबाहक तथा ढुवानीका साधन यहाँ घण्टाैँसम्म हिलोमा फस्ने गरेका छन्। विगतका दिनमा यो सडकमा ग्राभेल गरिएको थियो। सडक निर्माण गर्न भन्दै यहाँ लगाएको ग्राभेल भत्काइयो तर काम भएन। भोजपुर क्षेत्रको सडक कालोपत्र भए पनि सो क्षेत्रमा सडक निर्माणमा बेवस्ता गरिदा यहाँका जनताले मार भोग्दै आएका छन्। भोजपुरबाट छदेखि सात घण्टामा धरान पुग्दै आएका यात्रु अहिले १० देखि १२ घण्टामा मात्र धरान पुग्ने गरेका छन्।

बाटो हिलाम्य भएर यातायात सञ्चालनमा समस्या हुँदा सङ्खुवासभाबाट अन्य अस्पताल रिफर गरिएका कतिपय बिरामीको बाटोमा ज्यान जाने गरेको सङ्खुवासभाका सवारी चालक दिपक राईले बताए।

मानवीय समवेदनासँग जोडिएको सडक निर्माणको काममा ढिला हुँदा पनि यसलाई बेवास्ता गरिएको उनको भनाइ छ। चालक राईले भने, 'यो सङ्खुवासभाका नागरिकको दैनिकीसँगै जोडिएको छ। यहाँ चाहिने खाद्यान्न तथा सवारीका साधन यात्रा गर्ने मुख्य सडक यही हो। तर सडक निर्माणमा गरिएको बेवास्ताले धनकुटाकाभन्दा पनि हाम्रो ठाउँका मानिस प्रत्यक्ष मारमा छन्। सायद यही कारण होला सडकको यो अवस्था हुनु। बाटोका कारण मानिसको अकालमा ज्यान गइरहेको छ। बिरामी बोकेका एम्बुलेन्स घण्टाैँ घण्टा हिलोमा फस्छन्। हामीलाई पनि यात्रुलाई गन्तव्यसम्म लैजान त्यस्तै सास्ती छ।'

पाख्रीबास नगरपालिकाले भने सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । निर्माण व्यवसायीलाई चाँडो काम गर्नका लागि ताकेका गरिररहेको नगर उपप्रमुख देवकला पौडेल तिमल्सेनाले जानकारी दिए। उनले भने, 'यो सडकका कारण धेरै नै समस्या छ। हामीले निर्माण कम्पनीलाई समयमा काम गर्न भनिरहेका छौँ।' विगतमा निर्माण कम्पनीकोतर्फबाट काममा ढिला भएको हो। 

दुई वटा भागमा काम भइरहेको छ। ठेक्का लागेको सडक भएकाले हामीले बजेट विनियोजन गरेर काम गर्ने अवस्था छैन। तर पनि हामीले बेलाबेलामा आफ्नै एक्साभेटर प्रयोग गरेर सडकलाई मर्मत गरिरहेको उनको भनाइ छ।  

सडकलाई सहजरुपमा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विभिन्न बाहना बनाएर सडक निर्माणको काममा ढिलाइ भएको उनीहरुको अरोप छ।
अर्को समाचार
आगो ताप्न चोक चोकमा बालियो धुनी
२७ पौष २०८०
•
१ मिनेट पाठ
आगो ताप्न चोक चोकमा बालियो धुनी
अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपछि रौतहट सदरमुकाम गौरको चोक चोकमा धुनी बालिएको छ । गौर नगरपालिकाको व्यवस्थापनमा सदरमुकामको मुख्य सबै चोकमा आज शुक्रबारदेखि दाउरा बालिएको हो।




लगातार जाडो बढेपछि जनजीवन अत्यन्त कष्टकर बनेको हो।आज शुक्रबार दिनभर अत्यन्त जाडो भएको छ। पश्चिमबाट अत्यन्त चिसो हावा चलेर जनजीवनलाई अत्यन्त प्रभावित बनाएको हो।बाक्लो कुहिरो दिनभर चलेको हावा तथा घाम नलागेको कारण यो वर्ष दिउँसोमा सबैभन्दा बढी जाडो आज शुक्रबार महसुस गरिएको हो।शुक्रबार बिहान रौतहटमा सात डिग्री सेल्सियस तापक्रम रहेको थियो।  

अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाट बाहिर निस्कन डराइरहेका छन् । सबैभन्दा कठिन बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र सुत्केरीलाई भएको देखिएको छ । पशुपालक किसानलाई पनि जाडोले निकै अप्ठेरो पारेको देखिएको छ।

अत्यधिक जाडोले चहपहल नै कम हुन थालेको र सर्वसाधारणलाई हिँडडुल गर्न कठिन भएकोले गौर नगरपालिकाको मुख्य चोक तथा बजारमा दाउराको व्यवस्था गरिएको नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन्।गौरका सर्वसाधारण तथा नियमित डिउटी गर्नुपर्ने सुरक्षाकर्मीलाई पनि केही सजिलोको लागि दाउरा व्यवस्थापन गरी जाडोबाट राहत दिन खोजिएको नगर प्रमुख साहको भनाइ छ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस