इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती
०३ असोज २०७८
•
२ मिनेट पाठ
इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ।




गत वर्ष कोरोना जोखिमका कारण इन्द्रजात्रा स्थगित गरिएको थियो। यस वर्ष शनिबार बिहान ६ः५१ को साइतमा इन्द्रध्वजोत्थान गरेसँगै महाकालीलगायत विभिन्न नाच प्रदर्शन भइरहेको छ। भक्तपुरबाट आएका विभिन्न नाचका कारण पनि भीडभाड बढेको छ। स्वास्थ्य मापदण्ड कायम गरेर जात्रा सम्पन्न गर्ने भनिए पनि त्यो सम्भव भएको छैन।  

जात्राका अवसरमा शनिबारदेखि नै घण्टाकिसी, ख्याक, कवचा, घिन्ताङ किसी, नवदुर्गा, रामचन्द्र, पुलुकिसी, देप्याख, सवाभक्कु, लाखे, दशअवतारलगायत नाचले हनुमानढोका दरबार क्षेत्रको माहोल जात्रामय बनेको छ। गत वर्ष जात्रामा सहभागी हुन नपाएका युवा युवती रमाइलोका साथ उपस्थित भएका छन्। धेरैको मुखमा मास्क भए पनि दूरी कायम भएको छैन।  

असनबाट जात्रामा सहभागी हुन आएका युवा रवीन्द्रलाल खोखाली स्वास्थ्य मापदण्ड पूरा हुनसक्ने अवस्था नभएको स्वीकार्छन्। अधिकांश सहभागीले कोरोनाको खोप लगाइसकेकाले समस्या नहुने उनको विश्वास छ। इन्द्रध्वजोत्थान गरेसँगै शनिबार बेलुकी महानगरका भित्री सहरवासीले एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा उपाकु गरेका छन्। धूप, बत्ती बालेर तोकिएको मार्ग घुमेर ठाउँ ठाउँमा बत्ती बाल्ने कर्मलाई उपाकु भनिने ठहिँटीका जयराम महर्जनले बताए। घरबाट निस्केर उपाकु कर्म गर्ने मार्ग हुँदै वसन्तपुर दरबार क्षेत्र जाने गरिन्छ।

जात्राको मुख्य दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। जात्राका क्रममा तीनै रथलाई आज तल्लो टोल र भोलि माथिल्लो टोल घुमाउने गरिन्छ। इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ। 'भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ,‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार बिहान स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ। रासस
अर्को समाचार
इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)
२४ भदौ २०७९
•
१ मिनेट पाठ
इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)
उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा हरेक दिन बेलुका श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गरिन्छ। जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ।




बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो। श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।

ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस