संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक
२७ भदौ २०७८
•
२ मिनेट पाठ
संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको सामूहिक हत्याको आरोपमा एक जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै मादी हत्याकाण्डका आरोपीलाई सार्वजनिक गरेको हो। भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।    




लोकबहादुर एक भाइका सन्तान हुन् भने मृतक अर्काका सन्तान भएकोसमेत खुलेको छ। छिमेकी तथा नातामा नाति भतिज पर्ने लोकबहादुरले ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्की, ५५ वर्षीय तेजबहादुर, तेजबहादुरकी श्रीमती कमला भन्ने मनमाया, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपिन भनिने दीपेन र ५ वर्षीया गोमा कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ।  

उक्त हत्याकाण्डमा घरमा मुख्य व्यक्ति ९० वर्षीय बौद्धबहादुर भने जीवित रहेका छन्। उनी कान कम सुन्ने भएको र घटना हुँदा घरभित्र रहेकाले कोही बोलेको सुन्न सकेनन्। प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले घटनामा संलग्न भएका कार्कीलाई छैटौं दिनमा पक्राउ गर्न सफल भएको हो। ‘पक्राउ परेका कार्की वैदेशिक रोजगारीको सिलसिलामा पटकपटक विदेश गए पनि स्वास्थ्यमा समस्या आएपछि फर्केर घरमा बसेका रहेछन्,’ डिआइजी बिसीले भने, ‘विदेश गए पनि केही कमाउन नसकेकोप्रति हिनताबोध भई समयसमयमा विक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोशमा आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’  

पक्राउ परेका कार्कीलाई काकासमेत रहेका मृतक तेजबहादुरले समयसमयमा सम्झाउने बुझाउने गर्ने गरेको प्रहरीले जनाएको छ। घटना भएको दिन बिहान मृतक तेजबहादुर आरोपीको घरमा खेताला भन्न गएका थिए।

त्यहाँबाट फर्कंदा आरोपीले विगतमा आफूलाई तेजबहादुरले सम्झाउँदा भनेका शब्दलाई गाली–गलौजको रूपमा लिई आवेशमा आएर नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडि प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलको डिआइजी बिसीले भने।  

मृतक तेजबहादुरलाई चिर्पटले प्रहार गर्न थालेपछि हारगुहार गर्दा श्रीमती र बुहारीसमेत घटनास्थलमा पुगेका थिए। दुईजना त्यहाँ पुगेपछि आरोपीले उनीहरुलाई समेत चिर्पट प्रहार गरी हत्या गरेका थिए। त्यसपछि घर नजिक बाटोको डिलमा रहेका दुईजना नाबालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरेपछि उसले घरमा रहेकी वृद्धा पार्वताको कपाल समातेर भित्तामा टाउको ठोकाएर हत्या गरेका प्रहरीले जनाएको छ।

‘घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुलेको छ,’ डिआइजी बिसीले भने, ‘लोकबहादुरले तेजबहादुरको हत्या गरेको घर–परिवारका अन्य सदस्यले देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारका सबैको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ।’  पक्राउ परेका कार्कीविरुद्ध कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
अर्को समाचार
संखुवासभा हत्या प्रकरणः नाति पर्ने एक जना पक्राउ
२६ भदौ २०७८
•
३ मिनेट पाठ
संखुवासभा हत्या प्रकरणः नाति पर्ने एक जना पक्राउ
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  




बौदमान कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा नाति नाता पर्ने एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानबाट एक जनाको संलग्नता भएको हुन सक्ने आशंकामा पक्राउ गरेको छ। 

‘घटनाको अनुसन्धानमा भएको प्रगतिबारे आइतबार (भोलि)सम्ममा विस्तृत विवरण दिन्छौं,’ डिएसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा स्थानीय एक जना युवालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। घटनाका सबै प्रमाण जुटाउने क्रममा रहेको हुँदा अहिले पक्राउ परेका व्यक्तिको नाम भन्न सक्दैनौं।’    

हत्या आरोपमा बौदमानका जेठा दाजुका नाती २५ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार बिहान पक्राउ गरी अनुसन्धान थालेको प्रहरी स्रोतले बताएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट लोकबहादुरकै संलग्नतामा सामूहिक हत्या भएको देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘उनकै संलग्नता रहेको फेला परेका केही प्रमाणले पुष्टि गरे पनि हत्या गर्नुको मुख्य कारण खुलिसकेको छैन। अन्य २/३ जनासमेत पक्राउ परेका छन्।’ पक्राउ परेका उनीहरु सहयोगी हुनसक्ने आशंका भएकाले नियन्त्रणमा लिएर अनुसन्धान थाले प्रहरी स्रोतले भन्यो।  

घटनास्थल र पक्राउ परेका नातीको घर करिब डेढ सय मिटर टाढा रहेको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरानसहित संखुवासभाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको भेटिएको छ। कपडा परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको छ। हत्यामा ती व्यक्तिले प्रयोग गरेको रडसमेत फेला परेको प्रहरीको भनाइ छ। त्यही रडले पछाडिबाट टाउकामा प्रहार गरेर सबैको हत्या गरेको प्रहरी स्रोतले भन्यो।  

८५ वर्षीय बौदमान कार्कीको परिवारका ६ जनाको हत्या गरेर फालेको अवस्थामा गत सोमबार बिहान शव भेटिएको थियो। घरमा रहेका ७ जनामध्ये ६ जनाको हत्या हुँदा बौदमान मात्रै जीवित भेटिएका हुन्। बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो।

झापामा ८० लाख रुपैयाँमा जग्गा पास गराउने तयारी गरिरहेका बेला बौदमानको परिवारै सखाप हुने गरिएको हत्या लुटपाटका लागि भएको आशंका स्थानीय र प्रहरीको पनि सुरुआती चरणमा गरेका थिए। तर, घरभित्रै नगद र गरगहना सुरक्षित फेला परेपछि हत्या आर्थिक पाटोसँग नजोडिएको पाइएको थियो। लगभग ४ लाख ७० हजारभन्दा बढी नगद र सुन एवं चाँदीका गहना घरभित्रै भेटिएकाले स्थानीय र प्रहरीको प्रारम्भिक अनुसन्धानबीच मेल नखाएको प्रहरी स्रोतले बतायो।  

दुर्गम एवं विकट ठाउँमा घटनास्थल भएकाले प्रहरी टोली पुग्न समय लाग्दा घटनाको अनुसन्धान नै २४ घण्टापछि सुरु भयो। सोमबार बिहान शवहरु भेटिए पनि मंगलबार बिहानबाट मात्रै अनुसन्धान थालिएको थियो। त्यहाँमाथि निरन्तरको वर्षाले अनुसन्धानमा अवरोध पुग्यो। प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो। हत्या गरिएकामध्ये पाँच जनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ। पछाडिबाट टाउकामा हानेर हत्या गरिएको घटना र शवको प्रकृति हेर्दा देखिएको छ। ६ जनाको हत्या हुँदा पनि धारिलो हतियार प्रयोग गरेको पाइँदैन।  

पार्वता कार्कीको शव घरभित्रै थियो। तर बेलाबेला बेहोस हुने समस्या रहेकी उनलाई घरबाहिर लडिरहेको देखेपछि स्थानीयले उठाएर भित्र ल्याएको पाइएको छ। गम्बुट लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटिएको थियो। कमला र रञ्जनाको शव घर नजिकको खोलामा तथा दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस