पोखरा–बागलुङ सडक खुलाउनै सकस
२१ भदौ २०७८
•
३ मिनेट पाठ
पोखरा–बागलुङ सडक खुलाउनै सकस
पहिरोले अवरुद्ध पारेको पोखरा–बागलुङको पर्वत खण्डमा जोखिमपूर्ण तरिकाले पहिरो पार गर्दै स्थानीय । तस्बिर सौजन्यः अशोक पौडेल
गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत  पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ । केही खण्डमा एकतर्फी रुपमा सवारी संचालन गर्न मिल्ने गरि सडकमा थुप्रिएको ढुंगामुढा हटाईसकेपनि सबै खण्डमा गाडी चल्न सक्ने अवस्था छैन ।  




राजमार्गमा गाडी गुड्न अझै केहीदिन लाग्ने सडकका प्राविधिकको भनाई छ । विहीबार रातीको भीषण वर्षापछिको पहिरोले घर बगाउँदा पवर्तमै ११ जनाको ज्यान पनि गएको थियो । मध्यपहाडी आयोजनाका इन्जिनियर उज्जवल शर्माका अनुसार पातीचौरदेखि सदरकमुकाम कुश्मासम्मको आठकिलोमिटर दूरीभित्र २० ठाउँमा पहिरो झरेका छन । ती मध्ये केही खण्ड त पुरै बगेको छ । सडकमा माथिबाट झरेको पहिरो थुप्रिने र बग्ने मात्र नभई बढेमानका ढुंगा झर्दा सडक खुलाउन झनै सकस भएको उनले बताए ।  

‘सडक खुलाउन सहज छैन र तत्कालै खुल्ने अवस्था पनि छैन, सक्दो प्रयास भईरहेको छ,’ शर्माले भने, ‘एकतर्फी खुल्न पनि अझै केहीदिन लाग्ने देखिएको छ ।’ उनका अनुसार अहिले सडक खुलाउन विभिन्न ठाउँमा ६ वटा उपकरण परिचालन गरिएको छ । कुश्मादेखि दोबिल्लासम्मको करिब चारकिलोमिटर खण्डमा एकतर्फी रुपमा सफा गरेको भएपनि जटिल खण्डसम्म पुग्नै सकिएको छैन । सडक खुलाउन सबैभन्दा सकस पातीचौरको झयाप्लेखोलाको पहिरोमा छ । झ्याप्लेखोलामा पहिरोसँगै बगेर आएको बढेमानको ढुंगा फुटाउन निकै नै सकस रहेको उनले बताए ।  

‘बढेमानको ढुंगा आएर सडकमा अडिएको छ । ब्रेकर लगाएर फुटाउँदा कम्तिमा १० दिन लाग्छ,’ उनले भने, ‘त्यो ढुंगा नहटाई राजमार्ग खुलाउन सकिन्न ।’ ब्रेकर लगाएर ढुंगा फुटाउने हो भने सडक खुलाउन धेरै दिन लाग्ने भएपनि विष्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाउने तयारी भएको छ । त्यसका लागि म्याग्दीबाट विष्फोटक पदार्थ ल्याइएको छ । स्थानीय प्रशासनको सहयोगमा विष्फोटक पदार्थ ल्याएको उनले बताए ।
‘ढुंगा फुटाउन ब्लास्टिङ नगरी सुखै छैन । ब्रेकरको भरमा गर्दा झनै ढिला हुन्छ,’ उनले भने । मंगलबारसम्म ढुंगा फुटाउन सकियो भने बुधबारदेखि एकतर्फी भएपनि सडक खुलाउन सकिने उनको विश्वास छ । त्यसबाहेक दोबिल्लामा करिब एकसय मिटर सडक पुरै बगेको भएपनि एकतर्फी सवारी चलाउन सकिने गरि बनाउन सकिने उनले बताए । ‘एकसय मिटरजति त तलैदेखि उठाउनुपर्छ । तर, अहिले एकतर्फी सवारी चलाउन भने मर्मतसम्भारको भरमा चल्छ,’ शर्माले भने ।

पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले राजमार्ग खुलाउन भरमग्दुर प्रयास गरिरहेको बताईन । उनका अनुसार अहिले सडक खुलाउन गह्रौ उपकरण प्रयोग गरिएका छन । ‘कम्तिमा २० ठाउँमा पहिरो झरेको छ । सडक नै पुरै बगेको छ । बढेमानका ढुंगा सडकमा खसेर अपरोध पु¥याएको छ,’ खत्रीले भनिन, ‘सडकमा खसेका ढुंगा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नका लागि ड्रिल गर्ने तयारी भएको छ ।’ उनका अनुसार अव वर्षा नभई सहज भएमा दुईदिनभित्र राजमार्ग एकतर्फी रुपमा भएपनि खुल्नेछ । २० ठाउँको पहिरो हटाउन उत्ति सहज नभएको उनले बताईन ।  

पर्वतमा पहिरोले क्षति गर्दा सडकसँगै विद्युत र संचार पनि अवरोध भएकोमा अहिले विद्युत र संचार केही सहज भएको छ । त्यसबाहेक सवारी नचल्दा धवलागिरी अञ्चलका चारवटा जिल्ला (पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ) मा पेट्रोलियम पदार्थ अभाव हु्ने अवस्था आएको उनले बताईन । ग्यास र पेट्रोलियम पदार्थमा कालोबजारी हुन नदिन अनुगमन गरिरहेको उनले बताईन । स्याङजाको बाटो हुँदै आउजाउको विकल्प भएपनि ठुला सवारी गुडुन सक्ने अवस्था छैन । त्यसबाहेक पोखरासम्मको आउजाउमा पनि यात्रुले करिब तीनघण्टा लगाएर पैदलै पहिरो खण्ड पार गर्ने गरेका छन ।

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा गत विहीबारदेखि धवलागिरी अञ्चालका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) सम्मको यातायात सम्पर्क टुटेको थियो । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको छ । यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ । धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो । तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ । 
अर्को समाचार
पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध
१५ असार २०७८
•
१ मिनेट पाठ
पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध
सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो।  




उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ। सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए। उक्त स्थानमा विगतदेखिनै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ। कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन्।  

सडक अवरुद्ध हुँदा साविक धौवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारीसाधन पनि गन्तब्यमा पुग्न सकेका छैनन्। रासस
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस