आईतबार बिहान बाढीले बगाएर बेपत्ता बालिका मृत फेला परेकी छिन्। ७ बजे बिहान स्थानीय भालुखोलामा एक्कासी आएको बाढीले अटो रिक्सासहित बगाएर बेपत्ता भएकी त्रियुगा नगरपालिका ७ चुहाडेकी १३ वर्षीया याशिका राईलाई प्रहरीले भर्खरै मृत अवस्थामा फेला पारेको जनाएको छ।
स्थानीय यमकुमार राईकी छोरी यशिका खोलाछेउमा फसेको १ नं. प्रदेश ०५–००१ ह ०१२७ नं. को अटो झिक्न भनेर घर परिवारका सदस्यसँगै गएकी थिईन्। अटो झिक्दै गर्दा एक्कासी उर्लेर आएको बाढीले अटोसहित उनलाई बगाएको थियो। बाढीले परिवारका ३ जना सदस्यलाई अटोसहित एकैचोटी बगाएकोमा दुईजना निस्कन सफल भएका थिए भने अटो ५ सय मिटर तल फेला परेको थियो। उनी भने बेपत्ता भएकाले प्रहरीले खोजी कार्य थालेको थियो।
खोजीका लागि परिचालित जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी कमाण्डको टोलीले साढे ८ बजे उनलाई मृत अवस्थामा फेला पारेको जनाएको छ। घट्नास्थलभन्दा ८ किलोमिट दक्षिण त्रियुगा नगरपालिका ९ गहिरुनस्थित त्रियुगा खोलामा जमेको पानीमा उनको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले शव आफन्तलाई जिम्मा दिइसकेको जनाएको छ।