दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकोप्टर
१९ भदौ २०७८
•
४ मिनेट पाठ
दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकोप्टर
दार्चुलाको आकाशमा देखिएको भारतीय हेलिकोप्टर । तस्बिरः नागरिक
भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ। 




भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो। अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाएका थिए।

‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने। गृह मन्त्रालयमा समेत भारतीय हेलिकोप्टर उडेको जानकारी गराएको उनले बताए। अनुमतिबिना नेपाली भूभागमाथि हेलिकोप्टर उडाउन नपाइने उनले बताए। ‘ हेलिकोप्टरमा सदरमुकाममाथि उडाएर के निगरानी गर्न खोजेको हो ? उडाउन नपाउने ठाउँमा हेलिकोप्टर उडाइएको छ,’ प्रजिअ जोशीले भने, ‘अनुमति नमागी हाम्रो भूमिमा हेलिकोप्टर उडाउन पाइँदैन।’

नेपाली सेनाको गुल्मले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो। भारतको धार्चुलाबाट भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर सुरक्षा निकाय, सरकारी कार्यालय रहेको सदरमुकाममाथि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न पहल गर्ने निर्णय गरेको थियो। 

बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्काल रोक्न भनेको हो। हेलिकोप्टर गैरसैनिक भए पनि भारतको कुन निकायले उडाएको भन्ने खुल्न बाँकी रहेको दार्चुला प्रशासनले जनाएको छ। नेपालको बाढी प्रभावित दुहुँ गाउँपालिका क्षेत्रमा नेपाली हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्नुपर्ने भएकाले दुवै देशबीच समन्वय नभई यसरी भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडाइँदा दुर्घटनाको समेत जोखिम हुने गर्छ।

प्रजिअ जोशीले बिहीबार पत्र पठाएर आपत्ति जनाएपछि पनि भारतीय हेलिकोप्टर दार्चुलामा आकाशमा उडाउन रोकिएको छैन। शुक्रबार दिउँसो पनि भारतीय हेलिकोप्टर व्यास गाउँपालिका–२ डुम्लिङको आकाशमा उडेको स्थानीयले बताएका छन्। ‘अस्तिदेखि लगातार भारतीय हेलिकोप्टर हाम्रो ठाउँमाथि आकाशमा उड्ने गरेको छ,’ व्यास–२ का अध्यक्ष धिरेन बुढाथोकीले भने। भारतीय हेलिकोप्टर पटकपटक नेपालतर्फ आएर आकाशमा उड्ने गरेको उनले बताए। ‘बेलाबेलामा भारतीय हेलिकोप्टर नेपालतर्फको आकाशमा उडाउने गरिएको छ,’ उनले भने। सैनिक र गैरसैनिक दुवै प्रकारका हेलिकोप्टर बेलाबेलामा नेपालको अकाशमा उडिराख्ने उनले बताए।

भारतीय एसएसबीले तुइन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको खोजीका लागि भारत पक्षले महाकालीको किनारमा समेत ड्रोन उडाउन अनुमति नदिएर असहयोग गरेको थियो। दार्चुला जिल्ला प्रशासनले भारतको पिथौरागढ डिएम प्रशासनलाई जयसिंहको खोजीका लागि ड्रोन उडाउने सहमतिका लागि पत्राचार गरेको थियो तर डिएम प्रशासनले जवाफ फर्काएन। भारतीय पक्षले सहमति नदिएपछि प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको प्राविधिकद्वय प्रहरी नायब निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोलीले नेपाल तर्फको भूभागमा मात्र ड्रोन उडाएर उनको खोजी गरेको थियो। उनी अझै फेला परेका छैनन्। 

तुइन फुकालेर जय सिंह महाकाली नदीमा बगाएको पीडा ताजै रहेका बेला भारतीय हेलिकोप्टर सदरमुकामकै आकाशमा उडाइनुलाई स्थानीयले भारतको हेपाहा प्रवृत्ति भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अनुमतिबिना हाम्रो सदरमुकामको अकाशमा भारतले हेलिकोप्टर उडाउनु हेपाहा प्रवृत्ति हो, यस्तो दादागिरी रोकिनुपर्छ,’ महाकाली नगरपालिका–४ का वडा अध्यक्ष पुष्करराज जोशीले भने। जयसिंहको खोजी महाकाली नदीमाथि ड्रोन उडाउन नदिने भारतले अनुमतिबिना सदरमुकाममाथि नै हेलिकोप्टर उडाएर दादागिरी शैली प्रस्तुत गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।  

एसएसबीले तुइन फुकालेर जय सिंहलाई नदीमा बगाएको घटनालगत्तै भारतले बिनाअनुमति सदरमुकामको अकाशमा हेलिकोप्टर उडाएको स्थानीयले विरोध जनाएका छन्। सरकारले कूटनीतिक रूपमा गर्नुपर्ने पहल गर्न नसकेको स्थानीयको भनाइ छ। ‘सरकार भारतसँग डराएको जस्तो कमजोर देखिएको छ, कूटनीतिक रूपमा भारतलाई सामान्य चिठी लेख्न पनि सरकारले सकेको देखिएन,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले भने, ‘परराष्ट्र नीति एकदम कमजोर देखियो यो सरकारको असफलता हो।’

भारतसँग सामान्य आफ्नो दाबी राख्ने अर्थात् के भएको हो भनेर कूटनीतिक रूपमा पहल गर्न सरकारले सक्नुपर्ने उनको भनाइ छ। एसएसबीले तुइन फुकालेर जयसिंह नदीमा बगाइएको घटना र नेपाली आकाशमा अनुमतिबिना हेलिकोप्टर नउडाउने विषयमा नेपाल सरकारले कूटनीतिक रूपमा भारतसँग कुनै पहल नगरेको स्थानीयको गुनासो छ।
अर्को समाचार
सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली
१० चैत्र २०८०
•
२ मिनेट पाठ
सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली
असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।




कैलाली र कञ्चनपुरका रानाथारू समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ गरी आउनेको होली भिन्न छ। पछिल्लो समय पहाडी जिल्ला बैतडी, अछाम, दार्चुला र डडेल्धुराबाट तराईमा बसाइँ सरेर आउनेले पनि आ–आफ्नो ढङ्गले होली मनाउन थालेका छन्।

यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेल्धुराको रुपाली होली भिन्न छ। त्यसैगरी, दार्चुला र बैतडीबाट बसाइँ सरी आएकाले होली भिन्न तरिकारले मनाउने गरेका छन्।

हाल कञ्चनपुरमा अछामी होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न भिन्न तरिकाले मनाउने गरिएको छ। अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाइएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुपबहादुर रावलले जानकारी दिए।

‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ’, उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँ सरी जो जहाँ छौँ, त्यही होली मनाउने गरेका छौँ।’

त्यसैगरी, डडेल्धुराको रुपालबाट बसाइँ सरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकारले होली मनाउने गरेका छन्। ‘रुपालवासीको होली गाउने खेल्ने तरिका अन्य समुदायको भन्दा भिन्न छ’ ,स्थानीय डम्बरदत्त भट्टले भने, ‘अहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ।’

दार्चुलाबाट कञ्चनपुर बसाइँ सरी आएकाको पनि भिन्न होली छ। पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने गरेको मालिकार्जुन सेवा समितिका सचिव ओमकारप्रसाद विष्टले बताए।

‘हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ, हाम्रो होलीमा रङ्ग दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन गर्छौं।’ उनले दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरमा आएदेखि नै यहाँ मौलिक रुपमा होली पर्व मनाउन थालेको बताए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस