निजामतीका ४२ हजार दरबन्दी रिक्तः सेवा प्रवाहमा समस्या र चुनौती
१० भदौ २०७८
•
३ मिनेट पाठ
निजामतीका ४२ हजार दरबन्दी रिक्तः सेवा प्रवाहमा समस्या र चुनौती
संघीय निजामती सेवा ऐन लागु नहुँदा संघ, प्रदेश र स्थानीय तहमा ४२ हजार कर्मचारी दरबन्दी रिक्त छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा दरबन्दी रिक्त हुनुमा संघीय निजामती सेवा ऐन नआउनु प्रमुख कारण रहेको जनाएको छ।  




केन्द्रमा स्वीकृत ४९ हजार १ सय १२ दरबन्दी छन्। तीमध्ये ३७ हजार ९ सय ४४ वटा समायोजनमा परेका छन्। बाँकी ११ हजार १ सय ७८ दरबन्दी रिक्त छन्। यसैगरी, सात प्रदेशमा स्वीकृत दरबन्दी २२ हजार २ सय ९७ छ। जसमध्ये १४ हजार ८ सय ३३ दरबन्दी समायोजनमा परे। बाँकी ७ हजार ४ सय ३४ दरबन्दी रिक्त छन्। यसैगरी ७ सय ५३ स्थानीय तहमा ६७ हजार ७ सय १९ दरबन्दी स्वीकृत भएका छन्। जसमध्ये ४४ हजार ३ सय २१ दरबन्दीमा पदपूर्ति हुन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुल स्वीकृत दरबन्दीमध्ये संघमा २२.७६, प्रदेशमा ३३.३४ तथा स्थानीय तहमा ३४.५५ प्रतिशत रिक्त छन्। समग्रमा संघ, प्रदेश र स्थानीय तहमा कुल ४२ हजार १० दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव एकनारायण अर्यालले संघीय निजामती सेवा ऐन नबन्दा ठूलो संख्यामा कर्मचारीको अभाव भएको बताए।  

‘केन्द्रमा संघीय निजामती सेवा ऐन नआउँदा प्रदेशमा पनि निजामती सेवा ऐन आएन,’ उनले भने, ‘प्रदेशमा निजामती सेवा ऐन नआउँदा स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छ।’ केन्द्रमा लागु भएको संघीय निजामती सेवा ऐन प्रदेश निजामती सेवा ऐन तथा स्थानीय प्रशासन सेवा ऐनका लागि मार्गदर्शक हुने संविधानमा उल्लेख छ। त्यसैले संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश तथा स्थानीय तहमा कर्मचारी प्रशासन ऐन लागु हुन नसकेको हो।  

एकातिर यो अवस्था छ भने अर्कातिर प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि सर्वोच्च अदालतको आदेशबाट पुनः संघमै फर्कन थालेका छन्। भदौ ४ गते मात्र स्थानीय तहमा समायोजन गरिएको १ सय २९ कर्मचारीलाई पुनः संघमै समायोजन गर्न सर्वोच्चले आदेश दिएको छ। स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चले गरेको यो आदेश पहिलोपटक होइन। यसअघि पनि पटकपटक यस्तो आदेश दिइसकिएको छ। तीन वर्षअघि सरकारले कर्मचारी समायोजन गर्दा प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीमध्ये केहीले आफू अन्याय परेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चमा रिट दायर गरेको कर्मचारीका हकमा अदालतले समायोजन उल्ट्याउने गरेको छ।  

सर्वोच्चले समायोजन उल्ट्याइएका ३४ कर्मचारीले हाल संघमा जिम्मेवारीसमेत पाइसकेका छन्। यसैगरी, फरकफरक मितिमा ९ र ११ कर्मचारीका हकमा पनि सव्र्वोच्चले समायोजन उल्ट्याएको छ। संघीय मन्त्रालयले समायोजनसम्बन्धी सबै काम पूरा भइसकेको जनाए पनि फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्न सकेको छैन। संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नसकी फाजिलमा रहेका २ हजार ४ सय ४३ कर्मचारीको व्यवस्थापन अझै हुन सकेको छैन। महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहमा ४२ हजार कर्मचारी रिक्त रहेको जनाउँदै ठूलो संख्यामा कर्मचारी रिक्त हुँदा सेवा प्रवाहमा समस्या तथा चुनौती देखिएको जनाइएको छ। 

सबै प्रदेशमा करिब एक तिहाइभन्दा बढी कर्मचारीको अभाव छ। प्रदेश १ मा ३ हजार ८ सय ८२ दरबन्दी रहेकोमा ४५ प्रतिशत तरबन्दी रिक्त रहेको त्यहाँका मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। अन्य प्रदेशमा पनि यस्तै अवस्था छ। प्रदेश २ मा प्रशासन सेवाका २८ उपसचिवको दरबन्दी हुँदा दुईजना उपसचिव मात्र कार्यरत रहेको जनाइएको छ। प्रदेश २, सुदूरपश्चिम र कर्णाली प्रदेशमा कर्मचारी सकेसम्म नजाने प्रवृत्ति छ।  संघीय निजामती सेवा ऐनको विधेयक तीन वर्षदेखि संसद्मै अड्किएको छ। बेलाबेलामा अध्यादेशबाट प्रशासन कानुन ल्याउने चर्चा भए पनि आउन सकेको छैन। २०४९ सालमा मुलुक केन्द्रीकृत शासन प्रणालीमा थियो। त्यतिबेला केन्दीकृत प्रणालीको अवधारणाबाट ल्याइएको निजामती सेवा ऐन, २०४९ बाट अहिले पनि मुलुकको प्रशासन सेवा निर्देशित छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस