प्रशोधित खानेपानी (मिनिरल वाटर)को जारमा शुक्रबार मरेको भ्यागुता भेटिएको छ। सदरमुकाम गाईघाट बजारमा सिल गरिएको खानेपानी जारभित्र मरेको भ्यागुतो भेटिएपछि उपभोक्ताले पत्रकार र प्रशासन गुहारेका थिए।
बजारकै कृष्ण स्टेशनरी नजिकै रहेको काल्र्स फार्मेसी सञ्चालक प्रतिमा चौधरीले किनेको पानीको जारभित्र मरेको भ्यागुतो फेला परेको बताइन्। दिउँसो खाजा खाने बेला सिल गरिएको जार खोलेर हेर्दा मरेको भ्यागुतो भेटिएको उनको भनाई छ। ‘खाजा खान पानी झिक्न सिल तोडेर हेर्दा भित्र मरेको भ्यागुतो भेटिएपछि घिन लागेर छिमेकीलाई जानकारी दिएँ’ चौधरीले भनिन् ‘सिल गरिएको जारमा कुनै कम्पनीको लेबल भने टाँसिएको छैन। त्यसैले कुन कम्पनीको हो भन्ने जानकारी भएन।’
गाईघाटमा रौता कम्पनीको खानेपानी उत्पादन सञ्चालित छ। त्यसबाहेक जिल्लाबाहिरका विभिन्न प्रशोधित खानेपानीका डिलर राखेर बेच्ने गरिएको छ। भ्यागुतो भेटिएको खानेपानीको जारमा उत्पादक कम्पनीको लेबल नटाँसिएकाले रौताको हो वा अन्य कम्पनीको भन्ने चिन्न गाह्रो भएको बताइएको छ। जारमा कुनै लोगो पनि नभेटिएको चौधरीले बताएकी छिन्।
खानेपानीमा मरेको भ्यागुतो भेटिएपछि स्थानीयले तत्काल जिल्ला प्रशासन कार्यालयमा रिपोर्ट गरेका थिए। रिपोर्ट आएलगत्तै तत्काल कार्यालयका नायब सुब्बा दिलबहादुर धौलाकोटीको टोलीलाई घटनास्थल पठाएर अनुसन्धानमा खटाएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए। उनले घट्नास्थलबाट खानेपानीको मुचुल्का उठाएर गाईघाटको रौता खानेपानी उत्पादक कम्पनी सञ्चालकलाई सम्पर्क गरी बोलाएर सोधपुछ गरेका थिए । तर, उद्योग सञ्चालकले उक्त पानी आफ्नो कम्पनीको नभएको दाबी गरेको धौलाकोटीलाई उद्धृत गर्दै सहायक सिडिओ पोखरेलले बताए।
जिल्ला प्रशासनले घटनास्थलमा बोलाउँदा सञ्चालक आफू सदरमुकामबाहिर रहेको जानकारी दिएको बताइएको छ। प्रशासनले पानी उत्पादक र बिक्रेतालाई पत्राचार गरी कारबाही अघि बढाएको जनाएको छ।