सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ
२९ साउन २०७८
•
१ मिनेट पाठ
सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ
प्रसिद्ध धार्मिक तीर्थस्थल सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ गरिएको छ। बाँकेको नरैनापुरमा रहेको उक्त मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्या पछिल्लो समयमा एक्कासी बढेको छ। नेपालगन्जबाट पुर्वी–दक्षिणमा पर्ने उक्त मन्दिर पहाडको चुचुरोमा अवस्थित छ।




मन्दिर दर्शन गर्न जाने पर्यटकले प्लाष्टिकजन्य फोहोर फ्याक्दा मन्दिर क्षेत्र दुर्गन्धित बन्न पुगेको थियो। नमुना युवा क्लब नरैनापुरको अगुवाईमा मन्दिर क्षेत्रको सरसफाइ गरिएको हो।  

सन्तानेश्वरको प्रवेशद्वारदेखि मन्दिर परिसरसम्मको क्षेत्रमा सरसफाइ गरिएको क्लबको अगुवाई गरेका स्थानीय युवा अरुण यादवले बताए। ‘प्रवेशद्वारदेखि पहाडको चुचुरोमा मन्दिर परिसरसम्म सरसफाइ गरेका छौं,’ उनले भने ‘चर्चित धार्मिक क्षेत्रमा फोहोर हुन नदिन र सरसफाई गर्न हामी सदैव तयार हुनेछौं।’  

धार्मिक पर्यटकको संख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाले त्यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ। गोरेटो बाटो र अग्लो पहाड भएका कारण धार्मिक पर्यटकहरु मन्दिरसम्म सहज रुपमा पुग्न कठिनाई छ। तरपनि मन्दिर दर्शन गर्नका लागि मानिसहरु नियमित रुपमा पुग्ने गरेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह बताउँछन्।

गाउँपालिकाले उक्त क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न चाहेको उनको भनाइ छ। ‘यो ठाउँलाई गाउँपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहेको छ,’ उनले भने ‘हाम्रो आन्तरिक बजेटले भ्याएसम्म हामी विकास गर्छौ, हाम्रो बजेटले नभ्याए प्रदेश र केन्द्रलाई पनि आग्रह गर्नेछौं।’
अर्को समाचार
छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ
०५ कार्तिक २०७९
•
१ मिनेट पाठ
छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ
छठको तयारीका लागि भूवनेश्वरी मन्दिर तथा त्यस आसपास क्षेत्रमा आज सरसफाइ गरिएको छ। सामुदायिक सेवा केन्द्र कुलेश्वरले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो। मन्दिर वरपर रहेका फोहर, नदी क्षेत्रमा जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो। करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन्।




काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मठमन्दिर तथा सम्पदास्थललाई सफा बनाउन स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुलुकमा विद्यमान सबै जाति समुदायका फरकफरक संस्कृति तथा पर्वले एकापसमा सद्भाव वृद्धि गरी राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताए। सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजकुमार विष्टले विभिन्न समयमा भूवनेश्वरी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । शिक्षिका सुनिता श्रेष्ठले छठलाई दृष्टिगत गर्दै सुरक्षाकर्मीको सहयोगमा गरिएको सफाइको सराहना गरे। रासस
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस