विश्व हात्ती दिवस: वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती
२८ साउन २०७८
•
३ मिनेट पाठ
विश्व हात्ती दिवस: वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती
पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो। 




त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे। नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ। राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ।

नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ। देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गरेका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउँछन्। यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो।  

यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहेका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउँछन्। पर्साको चारकोशे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उनले भने, 'रामायण र महाभारत जस्ता ग्रन्थहरुमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ।' हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ।

यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ। पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउँछन्।

यादवले भने, 'हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे।' निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन्। तीमध्ये १६ वटामा हात्ती रहेका छन्। प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउँछन्। वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ। अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतकाकार्य हात्तीले गर्दै आएका छन्।

वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन्। तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन्। यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन्। हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउँछन्। निजीसहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन्। सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन्। कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०÷१० वटा हात्ती रहेका छन्।

सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ। सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ। सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ। निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउँछन्।  

हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उहाँको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ। वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो। यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ। 
अर्को समाचार
सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर
२८ साउन २०८०
•
४ मिनेट पाठ
सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर
पर्यटकीय नगरी सौराहा हात्ती सफारीका लागि परिचित छ। यहाँ हात्ती चढ्नकै लागि पर्यटकहरू आउने गर्दथे। आजभोलि विगत जस्तो छैन। हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको छ।




कोभिड-१९ महामारीपछि सौराहा आउने ३० प्रतिशत पर्यटक मात्र हात्ती सफारी गर्ने गरेको रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरीले बताए।

‘विगतमा हात्ती चढ्नकै लागि पर्यटक सौराहा आउँथे। ९० प्रतिशत विदेशी पर्यटकले हात्ती सफारी गर्दथे। हिजोआज सौराहा आएकामध्ये २५ प्रतिशत मात्र हात्ती चढ्छन्। स्वदेशी पर्यटक पनि घट्दै छन्।

विगतमा ८० प्रतिशतले हात्तीमा चढेर जंगल सफारी गर्दथे, अहिले ३० प्रतिशतमा झरेको छ’, गिरीले हात्ती सफारीको भविष्य सुनाउँदै भने, ‘विश्वमा पशु अधिकारका कुरा पनि उठेकाले यसको असर सौराहामा देखिएको छ।’

हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको संख्या पनि गिरीले घटाएका छन्। उनका २ हात्ती थिए। एउटा हात्ती भारतमा फिर्ता गरिसकेका छन्।

सौराहाका व्यवसायीले व्यापार हुन छाडेपछि हात्ती घटाउँदै लगेका छन्। नगेन्द्र चापागाईले हात्ती पाल्न नसकेपछि तीनवटाबाट एउटामा झारेको बताए। ‘गाडी राखेपछि पेट्रोल लाग्दैन तर हात्ती पालेपछि व्यापार नभए पनि खुवाउनै पर्‍यो’, हात्ती पाल्दाका समस्या सुनाउँदै उनले भने, ‘मासिक खर्च धान्न नसकेपछि भारतबाट ल्याइएका २ वटा हात्ती फिर्ता गरें।’

उनका अनुसार एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि २ लाखसम्म खर्च हुन्छ। एउटा हात्तीका लागि २ जना कामदार राख्नुपर्छ तर आम्दानी भने १ लाख पनि नहुने बताए।

तीन वर्ष अघिसम्म यहाँ हात्ती पनि थुप्रै देखिन्थे, तर पछिल्लो समयमा सौराहामा विगत जस्तो हात्तीको चाप छैन। २०७७ सालसम्म निजी हात्ती सयभन्दा बढी रहेकोमा अहिले ५० वटामा सीमित छ।

‘सौराहाबाट हात्ती विस्थापित हुने चर्चा भइरहेको छ’, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, ‘प्रत्येक वर्ष यहाँ हात्ती घटिरहेका छन्।’

कोरोनापछि हात्तीको संख्या ह्वात्तै घटेको उनी बताउँछन्। चितवनमा सरकारी र निजी हात्ती गरी १ सय १० हात्ती छन्। त्यसमध्ये जिल्लामा सरकारी ६० वटा हात्ती छन्। युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा ८, ओम रिजालका ८ र विदेशी नागरिकका ४ हात्ती रहेको खतिवडाले बताए, तर सन् २०२० सम्म युनाइटेड सहकारीको मात्रै ५६ हात्ती थिए। त्यसयता २७ हात्ती भारत फिर्ता भएको उनले बताए।

व्यवसायीले भारतमा बिक्री गरे पनि कानुनले नपाइने हुँदा फिर्ता गरेको भन्ने गर्दछन्। हात्तीको चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’ कोभिडपछि यहाँका व्यवसायीले हात्ती थपेका छैनन्।

हात्ती सफारीबाट सामुदायिक वनहरूले आम्दानी गरेका थिए। यहाँका व्यवसायीलाई फाइदा पुगेको थियो। हात्तीलाई दैनिक ३ क्विन्टलको हाराहारीमा खाद्यान्न आवश्यक पर्छ।

त्यसैगरी २ सय लिटर पानी खान्छ। हात्तीको लागत घटाउन निकुञ्जले घाँस ल्याउन दिनुपर्ने व्यवसायीले बताउँदै आएका छन्।

हात्ती लोपोन्मुख जनावर हो। सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ। यद्यपि व्यवसायी ८० देखि १ करोडसम्ममा यसको किनबेच गर्दछन्। पर्यटन क्षेत्रको विकासका लागि हात्तीको धेरै महत्व छ। विस्थापित हुन लागेका हात्तीको संरक्षण गर्न राज्यसँग उनले आग्रह गरे। ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७६ समेत आइसकेको छ। यसले हात्ती ओसारपसार र बिक्रीमा रोक लगाइदिएको छ’, उनले भने, ‘निजी हात्तीको संरक्षणमा राज्यले पनि सहयोग गर्नुपर्छ।’

उनले हात्ती दर्ता प्रक्रियामा लैजानुपर्ने बताए। चितवनमा २०३६ सालदेखि व्यावसायिक रूपमा हात्ती सफारी हुँदै आएको थियो। त्यतिखेर यहाँका व्यवयासीले भारतबाट हात्ती भाडामा लिएर सफारी गर्दै आएका थिए। पछि विस्तारै व्यवसायीले हात्ती नै खरिद गरेका थिए, तर पछिल्लो समय सौराहामा पर्यटन गतिविधि कम हुँदा हात्तीको संख्या कम हुँदै गएको हो।

यहाँका व्यवसायीले पाल्न नसकेपछि भारतमा लगेर हात्ती बेच्ने काम समेत गरे। तीनवटा हात्ती भारत बेच्दै गर्दा सरकारले फिर्ता समेत गरेको थियो। नेपालमा जंगली र घर पालुवा गरेर ७ सयको हाराहारीमा हात्ती रहेको अनुमान छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन हात्ती संरक्षणमा चुनौती रहेको बताउँछन्। मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको उनी बताउँछन्। अहिले नेपालमा हात्ती दर्ता गरेर पाल्ने चलन छैन। उनीहरूलाई दर्ता गरेर सञ्चालन गर्ने वातावरण मिलाउन लागेको उनले बताए।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस