कोरोना कहर : पशुपति क्षेत्रमा घट्न थाले भक्तजन
२५ साउन २०७८
•
२ मिनेट पाठ
कोरोना कहर : पशुपति क्षेत्रमा घट्न थाले भक्तजन
साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्।




तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो। पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि आज भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताउँछन्।

यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो। साउन ३२ गते अन्तिम सोमबार परेको छ। साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए। राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो। साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम भने साउन महिना र सोमबार छिटो खुसी हुने भगवान् शिवको महिना भएकाले महिला, पुरुष दुवैले व्रत लिने शास्त्रीय विधान रहेको बताउँछन्। साउनमा महिनामा भगवान् शिवलाई जलधारामात्र चढाएमा पनि प्रसन्न हुने शास्त्रीय वचन छ। यसैले यस महिनामा बोल बम यात्रा गरी भगवान् शिवका मन्दिरमा जल चढाउने परम्परा बसेको हो।

कोरोनाका कारण यस वर्ष वाग्मतीको शिरोभाग सुन्दरीजलबाट पशुपतिसम्म हुने बोल बम यात्रा पनि हुन सकेको छैन। केही भक्तजनमात्र सवारी साधन प्रयोग गरेर बोल बम यात्रा गरिरहेको भेटिन्छन्। कोरोनाअघि साउन महिना २० लाखसम्म भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउँथे।

देशका अन्य शिव मन्दिरमा पनि आज भक्तजनले स्वास्थ्य सुरक्षाका विधि अपनाएर बाहिरबाट भएपनि दर्शन गरेका छन्। खुलेका मन्दिरमा भक्तजन भौतिक दूरी कायम गरी लाममा बसेका थिए। नखुलेका मन्दिरमा भने बाहिरबाट पूजा, आराधना गरी हिँडेका देखिन्थे। यसैगरी राजधानीका गोकर्णेश्वर, डोलेश्वरलगायत मन्दिर प्रवेश गर्ने स्थलभन्दा वरदेखि नै प्रहरीले मन्दिर बन्द रहेकाले दर्शन गर्ने व्यवस्था नभएको भन्दै फर्कन आग्रह गरेको देखिन्थ्यो। रासस
अर्को समाचार
पशुपतिनाथको सम्पत्ति: नगद अढाई अर्ब, जग्गा ५१ सय रोपनी
२५ फागुन २०८०
•
२ मिनेट पाठ
पशुपतिनाथको सम्पत्ति: नगद अढाई अर्ब, जग्गा ५१ सय रोपनी
पशुपतिनाथ मन्दिरका नाममा विभिन्न बैंकमा दुई अर्ब ६५ करोड रुपैयाँ छ। यसैगरी पशुपतिनाथ मन्दिरका नाममा पाँच हजार एक सय ७२ रोपनी जग्गा रहेको पाइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु खत्रीका अनुसार पशुपतिनाथ मन्दिरमा भेटीबापत दैनिक २ लाखदेखि साढे दुई लाख रुपैयाँसम्म जम्मा हुन्छ।  




पशुपतिनाथ मन्दिरमा शिवरात्रिका बेला विशेष पूजा गर्नेले एसबिआई बैंकमा १५ हजार एक सय रुपैयाँ जम्मा गरेको भौचर जम्मा गर्नुपर्छ। अरू बेला विशेष पूजा गर्नका लागि दुई हजार एक सय रुपैयाँ जम्मा गरेको भौचर कोषलाई बुझाउनुपर्ने व्यवस्था रहेको सदस्य सचिव खत्रीले बताए। 

उनका अनुसार भेटी तथा विशेष पूजाबापत जम्मा भएको रकम विभिन्न वाणिज्य बैंकमा जम्मा गरिएको छ। कोषका अनुसार पशुपतिनाथ मन्दिरको जग्गा भाडामा लगाएबापत वार्षिक नौ करोड रुपैयाँ उठ्छ। तारागाउँ विकास समितिले पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको ६ रोपनी जग्गा प्रयोग गर्दै आएको छ। उक्त जग्गा प्रयोग गरेबापत तारागाउँले वार्षिक ४९ हजार रुपैयाँ बुझाउँदै आएको छ। 

पशुपतिनाथ मन्दिरका नाममा रहेको जग्गा अतिक्रमण गर्ने क्रम पनि बढेको छ। अतिक्रमणमा परेको मन्दिरको जग्गा खोज्न बेलाबेलामा समिति बनाइँदै आएको छ। कोषका एक पदाधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको स्वामित्वमा अहिले पाँच हजार एक सय ७२ रोपनी, चार आना तीन पैसा जग्गा भएको पाइएको छ। 

यसमध्ये एक हजार पाँच सय पाँच रोपनी जग्गा अतिक्रमणकारीबाट मन्दिरका नाममा ल्याइएको ती पदाधिकारीले बताए। पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको भनिएको दुई सय ३१ रोपनी १० आना जग्गा पहिचान गर्न बाँकी रहेको कोषका पदाधिकारीको भनाइ छ।  

कोषका अनुसार पशुपतिनाथ मन्दिरको एक हजार १६१ रोपनी चार आना तीन पैसा जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गरिरहेको छ। यसैगरी तारागाउँ विकास समिति मोही रहेको १७ रोपनी जग्गा भेटिएको छ। विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरको नाममा रहेका नौवटा पोखरीमध्ये ६ वटाको अस्तिŒव अहिले छैन। 

करिब सय वर्षअघि बनाइएको अनुमान गरिएका ती पोखरी लोप भएपछि कोष खोजीमा जुटेको छ।कोषका अनुसार नौवटा पोखरी करिब ३/३ आनामा बनेको अभिलेख छ। तीमध्ये धर्मशाला पोखरी, राजराजेश्वरी पोखरी, हंशमण्डप पोखरी, वनकाली पोखरी र भण्डारखाल पोखरी पशुपति क्षेत्रभित्रै रहेको अभिलेख छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस