तीन जना प्रतक्षदर्शीले भारतिय एस एस वी ले तुईन फुकालेको देखेका थिए
१६ साउन २०७८
•
७ मिनेट पाठ
तीन जना प्रतक्षदर्शीले भारतिय एस एस वी  ले तुईन फुकालेको देखेका थिए
दार्चुला व्यास गाउँपालिका वडा नं २ का ३३ बर्षिय जय सिंह धामीले घरमा वसेर परिवार पाल्न समस्या भएकाले दुई बर्ष अघि नै बैदेशिक रोजगारीमा जाने सोच बनाए । सेक्रुयुटी गार्डमा राम्रो काम लगाइदिने भन्दै एक जना बिचौलियाले उनलाई दुवै पठायो । दुवै पुगेर २, ३ महिना सम्म पनि काम नपाएर बिचल्ली भएपछि घरवाट खर्च मगाएर उनी घर फर्के । घरमा वसेर परिवार पाल्न समस्या भएपछि उनी राम्रो रोजगारी पाइने देशको वारेमा बुझ्न काठमाण्डौ जाने सोच बनाए । शुक्रवार बिहानै गाउँका दुई जना सँग उनी काठमाण्डौ जान हिडे । सदरमुकाम पुग्न महाकाली तरेर भारतको बाटो भएर जानुको विकल्प थिएन । गाउँवाट करिव २० मिनेट जती ओरालो हिडेर महाकाली नदीको छेउमा पुगे । बर्षातमा उर्लदो भेल महाकाली नदीमा बगिरहेको थियो । गाउँका गौर सिंह धामी,अमर सिंह धामी,बहादुर सिंह धामी र मनिराम धामी गरेर ४ जना तुईन तरेर नदी पार गरीसकेका थिए । त्यतीवेला पारी पट्टी भारतिय एस एस वी जवान आई नसकेको प्रत्यक्षदर्शी कल्याण सिंह धामीले बताए । जय सिंह धामी, बिक्रम रंगोली र अमिता धामी तीन जना महाकाली छेउमा पुगे । जयसिंह धामी तुईन तर्न थाले । उनी तुईनमा झुण्डिएर तरिरहेका वेला पारीपट्टी दुई जना एस एस वी जवान आए । नेपालतिर वारी ठूलो ढुंगाको सर्पोट लिएर गाडीको एउटा काठको खम्वामा तुईनको तार वाधिएको थियो । भने पारी पट्टी टुडीको रुख थियो, त्यहि रुखमा तार वाँधिएको थियो । ‘जयसिंह धामी पारि पुग्न करिव एक मिटर मात्रै वाँकी थियो । पोशाखमा रहेका एस एस वि को जवानले रुखमा वाँधेको तार फुकाल्न थाल्यो, मैले तार फुकाल्न लागेको देखेपछि नफुकाल्न भनेर चिच्याए’उनले भने,‘फुकालेपछि तुईनको तार बिच नदीमा पर्यो, पारी किनारमा पुग्नै लागेको जयसिहं धामी पनि तार सँगै हुत्तिएर उर्लदो नदीको भेलमा खसेर बगे ।’ तुईन फुकालेर नदीमा युवक बगेपछि दुईजना एस एस वी भागेर गएको उनले बताए । कल्याङ सिंह २१ बर्षदेखि यो घाटमा तुईन तराउने गर्दै आएको बताउछन । उनी बिहान देखि साँझ सम्म यो घाटमा वसेर तुईन मार्फत स्थानियलाई महकाली नदी तराउने काम गर्छन ।




उनी तुईन तरिरहेका वेला एस एस वी जवानले तुईन फुकालेको वारीपट्टी रहेका कल्याण सहित तीन जना प्रतक्ष्य दर्शीले देखेको वडा नम्वर २ का वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले बताए ।‘महाकालीको छेउमा नेपाल तर्फ रहेका ३ जना प्रतक्ष्यदर्शीले भारतिय एस एस वी का जवानले तुईन फुकालेर जय सिंह नदीमा खसेर बगेको देखेका छन’उनले भने ।

धामीको घरमा पत्नी, ८ बर्षको छोरा र ३ बर्षको छोरी छन । सानो परिवारको सुन्दर भविश्यको सपना वोकेर उनी राम्रो आम्दानी हुने बैदेशिक रोजगारमा जान चाहान्थे ।  ।‘पहिले दुवै जाँदा दलालवाट ठगिए,घरमा वसेर परिवार पाल्न सकिदैन’उनका भाई नरेन्द्र सिंह धामीले भने,‘दाजु काठमाण्डौ गएर राम्रो रोजगारी पाइने देशका लागी भिसा अप्लाई गर्न सोधखोज गर्न जान लाग्नु भएको  थियो ।’  

नदीमा उनी सँगै उनका परिवारका सपना पनि महाकाली नदीको भेलमा बगेका छन ।‘भाउजु हिजो देखि मुर्छित भएकि छन, अहिले सम्म वोल्न सकिरहनु भएको छैन । पटक पटक बेहोश हुने भैरहेकी छन’उनले भने,‘दाजु सँगै सवै सपना बगेकाले धेरै पिडा भएको छ ,भाउजुको अवस्था त हेर्न नै नसकिने भएको छ ।’ जय सिंह शुरुमा नेपाली सेनाको जवानमा कार्यरत थिए । केही बर्ष पछि उनले नेपाली सेनाको जागिर छोडे । शुक्रवार बिहान नदीमा खसेको उनी शनिवार सम्म फेला परेका छैनन् । भारतिय एस एस वी का जवानले तुईन फुकालेर दाजुलाई नदीमा बगाएको उनले बताए । तीन जना प्रतक्ष्यदर्शीले तुईन फुकालेर दाजुलाई नदीमा खसाएको देखेको उनी बताउछन ।

‘तुईन काटेर दाजुलाई नदीमा बगाउने माथी कारवाही हुनुपर्छ’

तुईन फुकालेर जयसिह धामीलाई जिउदै नदीमा बगाउने भारतिय एस एस वी का जवानलाई कारवाही हुनुपर्ने माग आफन्त तथा स्थानियले राखेका छन ।‘तुईन फुकालेर मेरो दाजुलाई नदीमा खसाल्ने प्रहरी जवानलाई कारवाही हुनुपर्छ’भाई नरेन्द्रले भने,‘भारतिय एस एस वी जवानलाई कारवाही नहुन्जेल हामी परिवारको पिडा कम हुदैन ।’

यसैगरि जयसिंहका ७२ बर्षिय बृद्ध वुवा दिलिप सिंह धामीले छोरालाई तुईन फुकालेर नदीमा बगाउनेलाई कारवाही हुनुपर्ने बताएका छन ।‘ मेरो छोरालाई नदीमा बगाएर बुहारी र नाती नातिनाको बिचल्ली बनाईदियो’उनले भने,‘दोषीलाई कारवाही गरियोस ।’ उनका ४ भाई छोरा मध्य जयसिंह माईलो हुन ।  

आफन्त तथा स्थानियले शुक्रवार नै जिल्ला प्रशासन दार्चुलामा कारवाहीका लागी निवेदन दर्ता गराएका थिए । भारतिय पाङलान थानामा पनि कारवाहीका लागी स्थानियले निवेदन दिएको बताएका छन ।

सदरमुकाम जान भारतको बाटो

भारतले नेपाली भुभाग अतिक्रमण गरेको कालापानी क्षेत्रमा पर्ने व्यास गाउँपालिकाका वासिन्दालाई जिल्ला सदरमुकाम  भारत भएर ओहोरदोहोर गर्नुपर्छ । ६ वडा रहेको व्यास गाउँपालिकाका वासिन्दाले तुईन तरेर महाकाली नदी पार गरि भारतको वाटो भएर सदरमुकाम ओहोरदोहोर गर्ने गरेका छन । नेपालको वाटो पैदल हिडेर सदरमुकाम पुग्न डेढ दिन जती लाग्छ । ‘महाकाली तरेर १५, २० मिटेर उकालो उक्लेपछि पारीपट्टी भारतको पिथरागड जिल्लाको पाङला भन्ने ठाउँमा राम्रो सडक छ , सजिलै सवारीसाधन पाईन्छ ।धार्चुला हुदै दार्चुला डेढ घण्टामै पुग्न सकिन्छ’वडा अध्यक्ष बुढाथोकीले भने ।

महाकाली तर्न ८ ठाउँमा तुईन रहेको वडा नं २ का अध्यक्ष बुढाथोकीले बताए । मलघाट, मालघाट,डुम्लिङ,वर्सिबगर,मलघट्टे, डोकट, बिन्डला र बयालीमा तुईन मार्फत व्यास गाउँपालिकाका वासिन्दा महाकाली तरेर भारतको वाटो हुदै सदरमुकाम खलंगा ओहोरदोहोर गर्ने गरेको उनी बताउछन ।

तुईन विस्थापित गर्न ४ ठाउँमा झोलुंगे पुलको निर्माणको ठेक्का सम्झौता भएको थियो । मालघाटमा पनि तीन बर्ष अघि नै झोलुंगे पुल निर्माणको सम्झौता भएपनि निर्माण व्यवसायीको लापरवाहीले निर्माको काम अलपत्र परेको छ ।

व्यास गाउँपालिका वडा नं २ मा मात्र ०४९ साल यता १८ जनाको तुईन खसेर ज्यान गएको वडा नं २ का अध्यक्ष बुढाथोकीले बताए । कालापानी क्षेत्रको विवाद बढेपछि पछिल्ला दिनमा भारतपक्षले कालापानी क्षेत्रका वासिन्दालाई भारतको बाटो हिडडुल गर्दा दुव्र्यवहार गर्न थालेको स्थानिय बताउछन ।  

एस एस वी का जवानÞद्वारा सधै दुव्यर्वहार

भारतको बाटो भएर ओहोरदोहोर गर्दा एस एस वि का जवानले कुटपिट र दुव्र्यवहार गर्ने गरेको स्थानिय बताउछन ।‘५, ६ दिन अघि म पनि तुईन तरेर भारतको वाटो भएर खंलगाँ जाने क्रममा एस एस विका जवानले दुव्यर्वहार गरेका थिए’नरेन्द्रले भने । भारतको वाटो आहोर दोहोर गर्नुपर्ने वाध्यता छ । ‘हामी सिमाका वासिन्दाको पिडा कसलाई भन्ने , आफ्नो जिल्ला सदरमुकाम जान पनि बाटो छैन, नुन तेल किन्न भारतकै वाटो जानु पर्छ’उनले भने,‘भारतिय एस एस वी को दादागिरी र ज्यादती हामीले कति सहने ?।’ समानहरु खोसेर नदीमा फालिदिने, कुटपिट गर्ने, दव्यर्वहार गर्ने गरेको स्थानिय बताउछन ।

एस एस वि का जवानले पटक पटक तुईन काट्ने र फुकाल्ने गरेका छन । पछिल्लो दुई साता यता बढी दुःख दिन लागेको कल्याण सिंह धामीले बताए ।  

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले शनिवार एक बिज्ञप्ती जारी गरि भारतिय एस एस वी का जवानले तुईन काटेकाले जयसिहं धामी नदीमा खसेर वेपत्ता भएको भन्ने कुरा पुष्टी नभैसकेको बताएका छन । उक्त घटनाको तथ्य सत्य जानकारी गराई कारवाही अगाढी बढाउन भारतिय पक्षका समकक्षीलाई पत्राचार गरेको उनले बताएकी छन ।  भारतिय एस एस वी का जवानले तुईन खोल्दा जयसिंह धामी नदीमा बगेको भन्ने कुरा बुझिन आएकोले सत्य तथ्य बुझेर कारवाही अगाढी बढाउन अनुरोध गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीले शुक्रवार पिथौरागढका डिएमलाई ईमेल मार्फत पत्राचार गरेका थिए । ‘भारतिय समकक्षीलाई पत्राचार गरिसकेको र सो घटना छानविन अनुसन्धानकै क्रममा रहेकोले सत्य तथ्य पुष्टि नभैसकेको अवस्थामा दुई देशको सम्वन्धमा खलल पुग्ने किसिमका सुचना समाचार प्रकाशन नगरिदिन अनुरोध छ ।’बिज्ञप्तीमा उनले भनेकी छन ।

शसस्त्र प्रहरी वल नेपाल नं ४४, गण,दार्चुला जिल्ला प्रहरी कार्यालय,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलावाट टोली घटनास्थलमा अनुसन्धानको लागी खटिएको उनले बताइन् ।

एस एस वी का जवानले तुईन काटेको घटनाको चौतर्फी बिरोध

एस एस वि का जवानले तुईन फुकालेर युवक नदीमा खसेको घटनाको चौतर्फी बिरोध भएको छ । बिभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज र सर्वसधारणले चर्को बिरोध जनाएका छन । समाजिक सन्जालमा घटनामा संलग्न एस एस वि जवानलाई कारवाही र पिडित परिवारलाई क्षतीपुर्ती दिइनु पर्ने माग राखेका छन ।
अर्को समाचार
तुइन नभएपछि मालगाउँमा हाहाकार
२८ साउन २०७८
•
४ मिनेट पाठ
तुइन नभएपछि मालगाउँमा हाहाकार
दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ मालगाउँका बासिन्दालाई महाकाली नदीको मालघाटमा ओहोरदोहोर बन्द हुँदा समस्या भएको छ। भारतीय एसएसबीका जवानले तुइनको तार फुकालेर ३३ वर्षीय जयसिंह धामी नदीमा खसी बेपत्ता भएपछि मालघाटमा ओहोरदोहोर बन्द छ। जसका कारण मालगाउँमा दैनिक उपभोग्य वस्तुको अभावले हाहाकार भएको छ। २१ वर्षदेखि सञ्चालित तुइनको तार भारतीय पक्षले खोलिदिएपछि मालगाउँवासीलाई आपत् आइपरेको हो।




स्थानीयले महाकालीपारिको गस्कोबाट तुइन तारेर उपभोग्य सामान ल्याउँथे। अलि धेरै नै सामान ल्याउनुपरे भारतको बाटो हुँदै धार्चुला अथवा सदरमुकाम खलंगा पुगेर ल्याउँथे। मालगाउँबाट सदरमुकाम पुग्न सडक छैन। वर्षाका बेला ढुंगा खस्ने, पहिरो जाने गरेकाले गोरेटो बाटो पनि जोखिमयुक्त छ। यो बाटो हिँडेर सदरमुकाम पुगी सामान किनेर घर फर्कन ३ दिन लाग्ने गर्छ।

धामीको १५औं दिनको पुण्यतिथिको कर्मका लागि चाहिने सामान लिन उनका भाइ नरेन्द्र सिंह धामीसहित तीनजना सोमबार झिसमिसेमै घरबाट सदरमुकाम खलंगाका लागि हिँडे। उनीहरू बुधबार साँझसम्म पनि घर पुगेका छैनन्, बाटोमै छन्। ‘मालघाटमा महाकाली तरेर भारतको बाटो भएर सदरमुकाम पुग्न र फर्किन चार घण्टामात्रै लाग्थ्यो। सामान किनेर साँझ सजिलै घर फर्कन सकिन्थ्यो’, नरेन्द्रले भने, ‘ओहोरदोहोर बन्द भएपछि पैदल हिँडेर सदरमुकाम पुग्नुपर्‍यो, कति दुःख भएको छ, भनी साध्य छैन।’

स्थानीयलाई चाडपर्व मनाउने चिन्ता

उपभोग्य सामान ल्याउन कठिनाइ भएपछि स्थानीय नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्तामा छन्। तीन दिन पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था सबैको नभएको स्थानीय राकेश धामी बताउँछन्। ‘सामान सकिनेबित्तिकै महाकालीपारिको पसलमा गई ल्याउँथ्यौं। यस्तो घटना होला र यो अवस्था आउला भनेर कल्पना पनि गरेका थिएनौं’,उनले भने, ‘हामीलाई नुन, तेल, खाद्यान्न सकिएर समस्या भएको छ। तीन दिन लगाएर सदरमुकामबाट सामान ल्याउन पनि गाह्रो छ।’ गौरापर्वलगायतका चाडपर्व नजिकिँदै गरेका बेला नुन, तेल, खाद्यान्नलगायतको समस्या भएको उनले बताए। ‘नुनतेलको अभावमा चाडपर्व मनाउन पनि गाह्रो छ’, उनले भने, ‘गाउँपालिकाका जनप्रतिनिधिसँग हेलिकोप्टरबाट भए पनि नुनतेलको व्यवस्थाका लागि आग्रह गरिरहेका छौं।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता नरेन्द्र चन्द मालगाउँका बासिन्दालाई नेपालको बाटो भएर सदरमुकाम आउन धेरै गाह्रो भएको बताउँछन्। ‘सामानसहित पैदल हिँडेर सदरमुकामबाट गाउँ पुग्न दुई दिन लाग्छ’, उनले भने, ‘वर्षाको यो समयमा बाटो पनि धेरै अप्ठ्यारो छ।’

सामान आपूर्ति हुन नसकेपछि गाउँका पसल रित्तिइसकेका छन्। यी पसलमा पनि मालघाटको तुइनबाट सामान आपूर्ति हुन्थ्यो। ‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। पसलमा नुन, तेल, साबुन, बिस्कटु सबै सकियो। रित्तो पसल कुरिरहेको छु’, मल्लो मालगाउँका पसले बहादुर सिंह धामीले भने,‘भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। 

हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’ महाकालीपारि एसएसबीको पहराका कारण स्थानीयले नयाँ तुइन सञ्चालन गर्न नसकेको मालगाउँका ४३ वर्षीय कल्याण सिंह धामीले बताए। भारतीय पक्षले तार नखुस्काइदिँदासम्म उनी तुइनबाट मानिस तथा सरसामान वारपार गराउने काम गर्थे। ‘२१ वर्षदेखि मैले तुइन राखेर स्थानीयलाई ओहोरदोहोर गराएँ। एसएसबीले पहिले पनि कहिलेकाहीँ तुइन काट्ने गर्थे’, उनले भने, ‘मान्छे तुइनमा झुन्डिएर तरिरहेका बेला तार काटिदिएर नदीमा बेपत्ता भएको भने यो पहिलो पटक हो।’

अझै फेला परेनन् जय सिंह

एसएबीले तुइन फुकालिदिँदा साउन १५ गते महाकालीमा खसेर बेपत्ता भएका जय सिंह धामी अझै फेला परेका छैनन् । उनी फेला नपरेपछि आफन्तले कुशको शव बनाएर हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिसकेका छन्। यो घटनाबारे नेपाल सरकार केही नबोलेको गुनासो स्थानीयको छ। छानबिन समितिको टोलीसँग प्रत्यक्षदर्शीले एसएसबीले तुइनको तार फुकाल्दा जय सिंह बगेको बयान दिएका छन्।

भारतीय पक्षले धामीको खोजी कार्यमा पनि अवरोध गरेको छ। जय सिंहको खोजी गर्न प्रहरी प्रधान कार्यालयबाट प्राविधिकद्वय प्रहरी नायब निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोली ड्रोनसहित घटनास्थल पुगेको छ। मंगलबार सर्भे गरेको टोलीले बुधबार ड्रोनबाट खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता चन्दले बताएका छन्। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्रोन उडाउन अनुमति माग्दा भारीतय डिएम प्रशासनले नदिएको चन्दले बताए। ‘भारतीय पक्षले अनुमति नदिएकाले उचाइमा उडाउन सकिएको छैन। तलतल नदीको छेउमा नेपालतर्फ ड्रोन उडाएर खोजी कार्य भइरहेको छ’, उनले भने। तुइन फुकालेर जय सिंहलाई नदीमा खसाउने एसएसबी जवानलाई कारबाही गरेर पीडितलाई न्याय दिनुको सट्टा भारते एसएसबीले तुइन नफुकालेको जिकिर गर्दै आएको स्थानीयको गुनासो छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस