अवकाश लिने कर्मचारी घटे
०९ साउन २०७८
•
३ मिनेट पाठ
अवकाश लिने कर्मचारी घटे
पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। 




निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारी संख्या करिब २ हजार ४ सय थियो। तर दुई वर्षअघिसम्म अनिवार्य अवकाश पाउनेको संख्या एक वर्षमै ३ हजारको हाराहारीमा रहेको निजामती किताबखानाका निर्देशक सूदन श्रेष्ठले बताए। उनका अनुसार तीन वर्षअघि करिब ३ हजार ५ सय कर्मचारीले एक वर्षमा अनिवार्य अवकाश लिएका थिए।  

पेन्सन सुविधामा केही थप हुने भएपछि करिब ७ सय कर्मचारीले दुई वर्षअघि ५८ वर्ष उमेर नपुग्दै राजीनामा गरेका थिए। आव २०७५/७६ र २०७६/७७ मा ५८ वर्ष उमेर हद नपुगेरै केही कर्मचारीले राजीनामा गरेकाले यस वर्ष अनिवार्य अवकाश पाउने कर्मचारीको संख्या तुलनात्मक रूपमा कमी भएको श्रेष्ठले बताए। ‘यस वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारीहरूले दुई/तीन वर्षपहिले नै राजीनामा गरेकाले पछिल्ला दुई वर्ष अनिवार्य अवकाश पाउने कर्मचारी संख्यामा कमी आएको हो,’ श्रेष्ठले भने।  

निजामती किताबखानाका अनुसार चालु साउन महिनामै चारजना सचिवले अनिवार्य अवकाश लिँदैछन्। तीमध्ये सञ्चार सचिव हरि बस्यालले साउन ६ गते अवकाश लिइसकेका छन्। कृषि सचिव योगेन्द्र कार्कीले साउन १८ बाट अवकाश लिँदैछन्। यसैगरी वाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द पौडेलले साउन २६ बाट अवकाश लिँदैछन्। राजस्व सचिव रामशरण पुडासैनीले साउन २४ बाट अवकाश लिँदैछन्। अवकाश लिनुअघि नै उनले राजनीतिक नियुक्ति पाएका छन्। केपी ओली नेतत्व सरकारले उनलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरेको छ।  

आगामी असोजमा नेपाल ट्रस्टका सचिव राजेन्द्रप्रसाद खनालले पनि अवकाश लिने भएका छन्। केही दिनअघि मात्र उनी सहसचिवबाट सचिव पदमा बढुवा भएका थिए। सहसचिवबाट सचिवमा बढुवाका लागि सिफारिस समितिले खनाललाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो। तत्कालीन सरकारले पालो मिचेर दोस्रो नम्बरमा सिफारिस गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो।  

यसैगरी असोज १२ गते केदार न्यौपानेले अवकाश लिने भएका छन्। बाबुराम गौतम, ईश्वर नेपाल तथा बेगेन्द्रराज शर्माले पनि यस वर्ष अनिवार्य अवकाश पाउने भएका छन्। सहसचिवबाट सचिवमा बढुवा भएपछि शर्माले मन्त्रालयमा काम गर्न पाएका छैनन्। मन्त्रालयमा सचिव भएको अनुभव गर्न नपाएरै शर्माले अवकाश लिँदैछन्। शर्मा हाल प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत छन्। यसैगरी यस वर्ष शिशिरकुमार ढुंगानाले पनि यस वर्ष अवकाश लिने भएका छन्। उनी लामो समयसम्म अर्थमै बसेका छन् । यस वर्ष देवेन्द्र कार्की, यामकुमारी खतिवडा तथा महेन्द्र गुरागाईंले पनि अवकाश लिने भएका छन्। गुरागाईं लोकसेवा आयोगमा कार्यरत छन्।  

किताबखानाले सार्वजनिक गरेको सूचीमा यस वर्ष अनिवार्य अवकाश पाउने सहसचिवसरहका कर्मचारीहरूमा ताराप्रसाद पोखरेल, ऋषिराज भण्डारी, प्रदीपकुमार मुडभरी, दिलीपकुमार सडौला, प्रकाश लम्साल, रामप्रसाद बिडारी, कृष्णप्रसाद दवाडी, विमलकुमार निर्मललगायत कर्मचारी छन्। निर्मल सहसचिवबाट सचिवमा बढुवा हुने लाइनमा छन्। यसैगरी अनिलभद्र खनाल, अरूणकुमार सिम्खडा, परमेश्वर पराजुली, देवीप्रसाद ज्ञवाली, गोपालप्रसाद रेग्मी, उपेन्द्र राय, कृष्णप्रसाद आचार्य, सरोजचन्द्र पण्डित, हरिराम श्रेष्ठ, सुरेन्द्र सुवेदी, नवीन गिरी, श्यामकिशोर सिंह, सूर्यप्रसाद रिजाल, रमेशप्रसाद शिवाकोटी, खडानन्द गौतम, प्रदीपराज कँणेल, शिवहरि कोइरालाले यस वर्ष अनिवार्य अवकाश पाउन लागेको सूची निजामती किताबखानाले सार्वजनिक गरेको छ।
अर्को समाचार
के भइरहेछ नेपाल प्रहरीमा ?
०५ वैशाख २०८१
•
३ मिनेट पाठ
के भइरहेछ नेपाल प्रहरीमा ?
यसै साता नेपाल प्रहरीका दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) उमेर हदका कारण अवकाशमा जाँदैछन्। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका एआइजीद्वय सन्दीप भण्डारी र मीरा चौधरी अनिवार्य अवकाशमा जान लागेका हुन्। भण्डारीले बुधबार र चौधरीले शुक्रबार अवकाश पाउनेछन्।  




प्रहरी नियमावली, २०७१ अनुसार ३० वर्षे सेवावधि, पदावधि र उमेर हदबाट अनिवार्य अवकाशमा जाने प्रावधान छ। डिआइजी र एआइजीका हकमा उमेर हद ५६ वर्ष कायम गरिएको छ। ३० वर्षे सेवावधि अझै एक वर्ष रहँदा पनि उमेर हद सामुन्ने आएपछि भण्डारी र चौधरीको सेवाकालमा पूर्णविराम लाग्न थालेको हो।

भण्डारी र चौधरीको अवकाशपछि रिक्त हुने एआइजी पदपूर्तिका लागि गृह मन्त्रालयको पदपूर्ति समितिले काम थालिसकेको छ। समितिको सोमबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा सिफारिस गरेको छ। उजुरी नपरे दुवैजना अर्को साता एआइजीमा बढुवा हुनेछन्।

जोशी र ढकाल पनि आइजिपी कुँवरकै ब्याचमेट अधिकृत हुन्। उनीहरू पनि यसै वर्ष उमेर हदका कारण अवकाशमा जाँदैछन्। जोशीले असार १९ र ढकालले असोजमा अवकाश पाउँदैछन्।

आगामी शुक्रबार एआइजी चौधरीसँगै डिआइजी विकासराज खनाल पनि उमेर हदकै कारण अवकाश जानेछन् भने जेठ १० डिआइजी सुरेन्द्र मैनालीको पनि अवकाश मिति हो। यस्तै असार २१ मा डिआइजी पोषराज पोखरेल र एआइजी श्यामलाल ज्ञवालीले भदौ तथा एआइजी किरण बज्राचार्यले कात्तिकमा अवकाश पाउनेछन्।

डिआइजी बढुवाकै प्रोटोकलमा एआइजी  

यसपटक रिक्त हुन लागेका दुई एआइजी दरबन्दीमा डिआइजी बढुवा हुने बेलाका वरिष्ठतम अधिकृतहरूलाई मौका दिइएको छ। २०७९ असार ९ गते बढुवा सिफारिस भई अनुमोदन भएको वरीयताक्रम अनुसार जोशी र ढकाल वरिष्ठतम डिआइजी थिए।

उतिबेलाको बढुवामा पहिलो नम्बरमा रहेका कुँवर आइजिपी हुँदा दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई, चौथोमा रहेका दीपक थापा, पाँचौंमा रहेका श्यामलाल ज्ञवाली, छैटौंमा रहेकी किरण बज्राचार्य, सातौंमा रहेका सन्दीप भण्डारी, आठौंमा रहेका सुदीप गिरी, नवौंमा रहेकी मीरा चौधरी र १०औंमा रहेका टेकबहादुर तामाङ एआइजी छन्।

दोस्रोमा रहेका अशोक सिंह भने जन्ममितिको विवादमा एआइजी बढुवा हुनुअगावै राजीनामा दिएर बाहिरिइसकेका थिए। त्यसपछि अहिले बढुवा सिफारिस भएका जोशी ११औं र ढकाल १२औं नम्बरमा थिए।

अबको आइजिपी को ?

आइजिपी कुँवर नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि नहटे आगामी चैतमा सेवावधिका कारण अवकाशमा जानेछन्। उक्त प्रावधान हटाउने चर्चा पनि छ। प्रहरी संरचनालाई व्यवस्थित गर्न तयार भइरहेको नयाँ प्रहरी विधेयकमा उक्त व्यवस्था हटाउन सरोकारवाला सहमत छन्।

यद्यपि ५८ वर्षे उमेर हद भने आइजिपी कुँवरको हकमा लागु हुने देखिँदैन। उनको जन्ममिति २०२६ चैत १५ गते हो। जसअनुसार उनको कार्यकाल २०८४ सम्म कायम हुन आउँछ।

प्रहरीमा अनिवार्य अवकाशको अर्को मापदण्ड पदावधिको पनि छ। हालको नियमावलीले आइजिपीको हकमा चार वर्षको पदावधि कायम गरेको छ। आइजिपी कुँवर २०७९ चैत ११ गते आइजिपी नियुक्त भएका हुन्।

३० वर्षे सेवावधि हटेर सोही मापदण्ड लागु भए उनी २०८३ चैतसम्म जिम्मेवारीमा हुनेछन्। यद्यपि प्रस्तावित पदावधि आइजिपीको हकमा तीन वर्षको राख्ने चर्चा पनि छ। उक्त प्रावधान लागु भए उनी २०८२ चैतसम्म कार्यरत रहनेछन्।

नयाँ व्यवस्था लागु हुँदा र नहुँदा आगामी आइजिपीको सम्भावनामा भने असर गर्ने देखिन्छ। आइजिपी कुँवर ३० वर्षे सेवावधिकै कारण हट्ने अवस्था भए बहालवाला एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङलाई फाइदा पुग्ने देखिन्छ।

उनीहरूले २०५१ भदौ २१ गतेबाट सेवा प्रवेश गरेका थिए। त्यतिन्जेल आइजिपी कुँवरका सबैजसो ब्याचमेट अवकाशमा गइसकेका हुनेछन्। आइजिपी कुँवरको कार्यकाल लम्बिने अवस्थामा भने अन्य प्रतिस्पर्धी पनि आउन सक्ने देखिन्छ। प्रहरीको बढुवामा राजनीतिक दाउपेच चल्ने गरेको इतिहासले यसै भन्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन्।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस